२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिउँदमा लोडसेडिङ हुनसक्ने सङ्केत

२०७४, २० आश्विन शुक्रबार ०३:०२

असोज २०, काठमाडौं । धनुषास्थित ढल्केवरमा निर्माणाधीन अवस्थामा रहेको नेपाल विद्युत् प्राधिकरणको सव स्टेसन निर्धारित समयमा सम्पन्न नहुने भएपछि आउँदो हिउँदमा लोडसेडिङको तालिका आउने सङ्केत देखा परेको छ । 

ढल्केवर सव स्टेसन निर्माण सम्पन्न नभएपछि आगामी हिउँदको लोडसेडिङलाई दृष्टिगत गरी भारतबाट ल्याउने भनिएको थप ५५ मेगावाट बिजुली नेपाल भित्रिन नसक्ने अबस्थाले यस्तो सङ्केत देखा परेको हो । मुजफफपुर–ढल्केवर प्रशारण लाइनबाट नेपालले २०० मेगावाट बिजुली आयात गर्ने योजना बनाएको थियो ।

गतवर्षको हिउँदमा हाल यो प्रशारण लाइनबाट करिब १४५ मेगावाट बिजुली आयात गरिएको थियो । बिभिन्न नाका भएर गत वर्ष भारतबाट ३८५ मेगावाट जति आयात गरेको नेपालले ढल्केवरसहित यस वर्षको हिउँदमा यो वर्ष ४८० मेगावाट ल्याउने तयारी गरिरहेको थियो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार २२० केभी क्षमताको सव स्टेसन निर्माणका लागि ठेक्का सम्झौता भएको चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रीड (सीपीपीजी) ले सन्तोषजनक काम नगरेपछि उससँगको ठेक्का सम्झौता तोडिएको छ । अर्को ठेक्का प्रक्रिया गर्न लामो समय लाग्ने भएकाले प्राधिकरणलाई आगामी हिउँदको समयमा यस्तो चुनौती थपिएको हो ।

देशभरि नै विद्युत् माग बढिरहेका बेला भारतबाट बिजुली आयात गर्ने योजना सफल नहुँदा आउँदो हिउँदमा उपत्यकालगायतका लोडसेडिङमुक्त गरिएको स्थानमा विद्युत् आपूर्तिमा केही समस्या आउन सक्ने प्राधिकरणका अधिकारीले बताएका छन् ।

‘सो प्रशारण लाइनबाट यो वर्ष कम्तीमा २०० मेगावाट ल्याउने योजना हामीले बनाएका थियौँ तर ढल्केवर सवस्टेसे ठेक्का तोडिएपछि हाललाई यो सम्भव नहुने भयो’ उनले भने।

ढल्केवर सवस्टेसनमा ठेकेदार कम्पनीले प्रभावकारीरूपमा काम गरेको खण्डमा दुई महिनाभित्र सम्पन्न हुने थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो चिनियाँ कम्पनीसँगका ढल्केवर, इनरुवा र हेटौँडा गरी तीनवटा सव स्टेसनको ठेक्का तोडिएको जानकारी दिए। ठेक्का तोडिएपछि तीनवटा सव स्टेसनको काम अवरुद्ध भएको छ ।

ढल्केवर सव स्टेसन बन्न नसके पनि भारतबाट आयात गरिने भनिएको ५५ मेगावाट बिजुली टनकपुर प्रशारण लाइन मार्फत ल्याउने प्रयास गरिने प्राधिकरणले जनाएको छ तर टनकपुर नाकाबाट भित्रिएको बिजुली प्रशारण लाइनको अभावमा बुटवलदेखि पूर्वतर्फ ल्याउन नसकिने प्राविधिक समस्या पनि रहेको प्राधिकरणका अधिकारीले बताएका छन् । -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ