२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ टिकट वितरणमा वाम गठबन्धनको रणनीति

२०७४, २० आश्विन शुक्रबार ०४:१३

असोज २०, काठमाडौं । वाम गठबन्धनले वर्चस्वका आधारमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन क्षेत्र बाँडफाँट गर्ने भएको छ । 

निर्वाचन क्षेत्र निर्धारण गर्न गठित कार्यदलको बिहीबारको बैठकमा निर्वाचन क्षेत्र बाँडफाँटबारे छलफल भएको छ । ‘निर्वाचन क्षेत्र बाँडफाँट गर्दा कहाँ कसले निर्वाचन जित्न सक्छ, त्यसैलाई मुख्य आधार बनाएर जसरी पनि जित्ने गरी क्षेत्र निर्धारण गर्र्ने तयारी छ’, कार्यदल सदस्य तथा एमाले नेता सुरेन्द्र पाण्डेले भने ।

कुन क्षेत्रमा कुन पार्टीका उम्मेदवारले निर्वाचन जित्न सक्छन् भन्ने आधार खोजी गरी यही असोज २२ गतेभित्र निर्वाचन क्षेत्रको टुंगो लगाउने समझदारी कार्यदलमा भएको हो । 

नयाँ शक्तिलाई समझदारीमा आवश्यकताका आधारमा र बाँकी क्षेत्रमा एमालेका ६० र माओवादी केन्द्रका ४० प्रतिशत उम्मेदवार उठाउने सहमति गरेका ती दलले आफ्नो पकड रहेको निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार उठाउनेछन् । त्यसका लागि दोस्रो संविधानसभा र स्थानीय तह निर्वाचनमा पार्टीहरूले प्राप्त गरेको मत र जितेका क्षेत्रलाई आधार बनाएर भागबन्डा गर्ने तयारी छ ।

तीन दलको पार्टी एकता संयोजन समितिको बुधबार बसेको बैठकले गठन गरेको निर्वाचन क्षेत्र निर्धारण समिति र निर्वाचन घोषणापत्र मस्यौदा समितिको बिहीबारको संयुक्त बैठकमा शीर्ष नेताहरूले कार्यदललाई त्यस्तो म्यान्डेट दिएपछि कार्यदलले तयारी गरेको हो ।

‘कार्यदललाई प्राप्त म्यान्डेटका आधारमा हामी कुन पार्टीका उम्मेदवारले कुन जिल्लाको कुन निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चुनाव लड्ने भन्ने विषयको टुंगो तीन दिनभित्र लगाइसक्छौं’, निर्वाचन क्षेत्र निर्धारणका लागि गठित कार्यदलका संयोजक तथा एमाले महासचिव ईश्वर पोखरेलले भने, ‘हामीले पाएको म्यान्डेटका आधारमै निर्वाचन क्षेत्र निर्धारण टुंग्याउँछौं ।’

उनका अनुसार शीर्ष नेताहरूले २०७० सालको संविधानसभा निर्वाचन र स्थानीय तह निर्वाचनमा प्राप्त गरेको मतका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने म्यान्डेट कार्यदललाई दिएका हुन् । 

उक्त म्यान्डेटअनुरूप मापदण्ड बनाएर निर्वाचन क्षेत्र निर्धारणको काम थालेको संयोजक पोखरेलले जानकारी दिए ।

कार्यगत एकतामा रहेका तीनै दलका शीर्ष नेताहरू लड्ने निर्वाचन क्षेत्र, पकडको निर्वाचन क्षेत्र, स्थानीय निर्वाचन र दोस्रो संविधानसभा निर्वाचनमा प्राप्त गरेको मतलगायत आधारमा वर्गीकरण गरी उम्मेदवार चयन गर्ने कार्यदलको तयारी छ ।

एमालेले जिल्लागत रूपमा पार्टीले प्राप्त गरेको मत र एकल रूपमा जितेका स्थानीय तहमा सोहीअनुसार पार्टीका उम्मेदवार उठाउन प्रस्ताव गरेको छ । त्यसो गर्दा निर्वाचन जित्न सजिलो हुने एमालेको प्रस्ताव छ । माओवादीले भने जिल्लागत रूपमै प्रतिनिधित्व हुने गरी निर्वाचन क्षेत्र बाँडफाँट गरेर जाँदा उपयुक्त हुने बताएको छ ।

प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ १६५ र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्र छन् ।निर्वाचनकै लागि साझा घोषणापत्र तयार पार्न गठित घोषणापत्र मस्यौदा समितिले पनि सात दिनभित्र काम सक्ने जनाएको छ । समितिले बुधबार दिनभर एमाले नेता वामदेव गौतमको निवासमा मस्यौदामाथि छलफल गरेको थियो । घोषणापत्र मस्यौदाको नेतृत्व गौतमले गरिरहेका छन् ।

एमाले प्रस्ताव

जिल्लामा पार्टीले प्राप्त गरेको मत र स्थानीय तहमा जितेको आधारमा उम्मेदवार उठाउनुपर्ने ।

माओवादी प्रस्ताव

जिल्लागत रूपमै प्रतिनिधित्व हुने गरी निर्वाचन क्षेत्र बाँडफाँट गरेर जाँदा उपयुक्त ।

सात दिनभित्र साझा घोषणापत्र तयार गर्ने योजनामा घोषणापत्र मस्यौदा समिति । -अन्नपुर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ