2026-09-22 10:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम एकतामा दिल्ली ‘सरप्राइज’

असोज २२, नयाँदिल्ली । नेपालमा एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच भएको वामपन्थी एकताको सैद्धान्तिक सहमतिले दिल्ली ‘सरप्राइज’ भएको छ । 

गत अगस्टमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक भेटघाटअघि नै प्रधानमन्त्री देउवासँग आफ्नो निवासमा भेटेर नेपाल र नेपाली जनतालाई ‘सरप्राइज’ दिएका थिए । 

नेपालको राजनीतिमा वाम दलको रोमाञ्चक ‘मुभ’ले दिल्लीलाई त्योभन्दा पनि ठूलो ‘सरप्राइज’ दिएको छ । नेपालको राजनीतिले फेरि एकपटक कोल्टे फेरेको छ । वाम एकतालाई लिएर नेपाली राजनीति तरंगित भएको छ ।

बदलिएको यो राजनीतिक ध्रुवीकरण भएपछि दिल्ली एक्कासि झस्कियो । यसको पछाडि दुई प्रमुख कारण रहेका छन् । पहिलो, एक्कासि भएको यो परिवर्तनमा चीनको हात रहेको आशंका भारतको छ । दोस्रो, आफ्नै सहयोग र समर्थनको सरकारमा संलग्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको वामपन्थी एकतातर्फको ‘मुभ’ले दिल्ली आश्चर्यचकित छ ।

हुनत दाहालको पछिल्लो क्रियाकलापबारे दिल्ली एकदमै अनभिज्ञ पनि होइन । अगस्टमा प्रोस्टेटको अपरेसनपछि आराम गरिरहेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको स्वास्थ्य स्थिति बुझ्न गएका दाहालले भेटेर बाहिरिएलगत्तै भट्टराईले आफूसँग सहकार्य गर्ने विश्वास व्यक्त गरेका थिए । त्यसैगरी, प्रधानमन्त्री देउवाले भारत आउँदा संविधान संशोधनसम्बन्धमा बोलेको विषयमा देउवासँग असन्तुष्ट दाहालले एमाले अध्यक्ष केपी ओलीसँग राजनीतिक छलफल तीव्र बनाएका थिए । दिल्लीले यसलाई नजिकबाट नियालिरहेको थियो ।

त्यसैले दिल्लीले दसैंलगत्तै दाहाललाई भारत डाक्ने तारतम्य मिलाउँदै थियो । तर, त्यसअघि नै एमाले, माओवादी तथा नयाँ शक्ति समेतको पार्टी एकताको सैद्धान्तिक सहमतिले दाहाललाई थुम्थुम्याउने दिल्लीको योजना विफल भयो ।

अर्को, दिल्लीले वास्ता गर्न छाडेपछि राजनीतिक भविष्य खोज्दै यो एकतामा सामेल भएका वाम एकताका तेस्रो नायक नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराईसँग भने दिल्लीको खासै गुनासो छैन ।

वाम एकताले झस्किएको दिल्लीले लगत्तै परिवर्तित राजनीतिक घटनाक्रमका कारण राहत महसुस गर्न थालिसकेको छ । कांग्रेसको राष्ट्रिय जनता पार्टी (राजपा) तथा अन्य राजनीतिक दलसँगको गठबन्धन गर्ने प्रयासले दिल्लीलाई राहत दिएको हो । बरु अब प्रदेश तथा संसदीय निर्वाचनमा सिटको हिसाबकिताबतर्फ दिल्लीको ध्यान केन्द्रित हुन थालेको छ ।

चीनले नेपालसँगको कूटनीतिक र आर्थिक सम्बन्ध आक्रामक रूपमा विस्तार गरिरहेको छ । यस्तो अवस्थामा भारतले नेपालमा आफ्नो प्रभाव रहेको छ भन्नु, भ्रम मात्र हो ।’ डा. निहार नायक, अनुसन्धानकर्ता, आईडीएसए

नेपालमा भएको वामपन्थी एकताबारे भारतीय राजनीतिज्ञ उत्साहित छैनन् । वामपन्थी एकतालाई नेपालको आन्तरिक मामिला भएको र यसले नेपाल-भारत सम्बन्धमा खासै फरक नपर्ने पुरानै भनाइ दोहोर्‍याइरहेका छन् । 

छिमेकीहरूसँग भारतको सम्बन्धबारे खरो टिप्पणी गर्ने कांग्रेस नेता मणिशंकर अड्ढयरले वामपन्थी एकता नेपालको आन्तरिक राजनीति भएको हुँदा भारतीय राजनीतिज्ञले त्यसमा हस्तक्षेप गर्न नहुने बताए । उनले भने, ‘बाह्य शक्तिले नेपालको सार्वभौमसत्ताको सम्मान गर्नुपर्छ, वाम एकता नेपालको इन्टे«स्टमा भएको हो । भारतले यसमा चासो राख्नु हुँदैन ।’

बामे सर्दै गरेको नेपालको लोकतान्त्रिक अभ्यासमा यस किसिमका रोमाञ्चक मुभ सामान्य मानिन्छ । तर, नेपालमा चीनको बढ्दो प्रभाव नजिकबाट नियालिरहेका भारतीय थिंक ट्यांकहरू भने नेपालको वामपन्थी एकतालाई नेपालप्रति भारतले लिएको कमजोर कूटनीतिको परिणामका रुपमा पनि अथ्र्याइरहेका छन् । उनीहरू भारतको प्रभावबाट नेपाल फुत्किसकेको टिप्पणी गरिरहेका छन् ।

इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिस (आईडीएसए)का अनुसन्धानकर्ता डा. निहार नायक भन्छन्, ‘पछिल्लो डेढ वर्षमा भारत माओवादी-कांग्रेसको गठबन्धन सरकार बनाउन सफल भएकोमा रमाएर बस्यो । सँगसँगै नेपालको विकास निर्माणका परियोजना कार्यान्वयन गर्न सकेन ।’ आफैंले सहयोग गरेको माओवादी पार्टीको वाम एकतातर्फको मुभ भारतका लागि झट्का भएको नायक बताउँछन् । तर, यसैबीच चीनको उच्च नेतृत्व तहको नेपाल भ्रमण र पछिल्लो समय चीनसँग विकास निर्माण परियोजनासम्बन्धी भएका सम्झौताहरू उल्लेख्य छन् ।

‘चीनले नेपालसँगको कूटनीतिक र आर्थिक सम्बन्ध आक्रामक रूपमा विस्तार गरिरहेको छ । यस्तो अवस्थामा भारतले नेपालमा आफ्नो प्रभाव रहेको छ भन्नु, भ्रम मात्र हो’, निहार भन्छन्, ‘नेपालसँग दिगो सम्बन्धका लागि भारतले दूरदृष्टि राख्नु आवश्यक छ । भारत-नेपाल सम्बन्धलाई नयाँ आयाम दिन आवश्यक भइसकेको छ ।’ अन्नपुर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो