By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    3 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    4 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    4 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    4 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    10 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    9 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: वाम एकतालाई बदनाम गर्ने कांग्रेसको रणनीति
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > वाम एकतालाई बदनाम गर्ने कांग्रेसको रणनीति
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

वाम एकतालाई बदनाम गर्ने कांग्रेसको रणनीति

साझासवाल
Last updated: October 9, 2017 1:34 am
साझासवाल
4 Min Read
Share

असोज २३, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले एमाले र माओवादीबीच भएको एकतालाई बदनाम गर्दै अगाडि बढ्ने रणनीति अख्तियार गर्ने भएको छ ।

प्रमुख विपक्षी एमालेले सतारुढ घटक माओवादीसँग पार्टी एकता नै गर्ने गरी चुनावी तालमेलको घोषणा गरेपछि कांग्रेसले त्यसलाई कसरी प्रतिवाद गर्ने भन्नेमा आन्तरिक विमर्श तीव्र पारेको छ । वाम गठबन्धन घोषणा भएलगत्तै लोकतान्त्रिक शक्तिबीच गठबन्धन बनाउन हतारिएको उसले त्यसको गृहकार्यसमेत तीव्र रूपमा अगाडि बढाइरहेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले वाम एकतालाई संविधान कार्यान्वयनका लागि ठूलो चुनौतीको रूपमा लिएको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए । ‘यो गठबन्धन चुनाव लड्नका लागि मात्रै बनेको हो भन्नेमा कांग्रेस विश्वास गर्दैन’, पौडेलले अन्नपूर्णसँग भने, ‘यो कम्युनिस्ट पार्टीको पद्धति हाबी गराउने उद्देश्यसाथ गरिएको हो भन्ने हाम्रो ठहर छ ।’

विपक्षी दलसँग औपचारिक गठबन्धनमा बसेपछि कांग्रेसले माओवादीका मन्त्रीलाई हटाउने तयारीसमेत अगाडि बढाएको छ । विपक्षी गठबन्धनमा गइसकेको माआवादीकै तर्फबाट वर्तमान सरकारमा गृहमन्त्रीसमेत छन् । 

कांग्रेसले विपक्षी खेमालाई गृहमन्त्रीजस्ता महत्वपूर्ण जिम्मेवारी दिएर निर्वाचनमा जान उपयुक्त नहुने निष्कर्ष निकालिसकेको छ । कांग्रेसले गठबन्धनका लागि विभिन्न दलसँग छलफल गरेपछि पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो रणनीति बनाउन आइतबार दिउँसोसमेत काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यलाई बालुवाटार डाकेर बैठक गरेको छ ।

कांग्रेसका रणनीति :

– विपक्षी खेमालाई गृहमन्त्रीजस्ता महत्वपूर्ण जिम्मेवारी दिएर निर्वाचनमा जान उपयुक्त नहुने ।

– माओवादी मन्त्रीलाई हटाएर राप्रपालाई महत्वपूर्ण मन्त्रालयसहित सरकारमा सामेल गर्ने ।

– एमाले-माओवादीले अविश्वास प्रस्ताव ल्याए त्यसैका आधारमा वाम गठबन्धनको बदनाम गर्ने ।

– वाम एकतालाई लोकतन्त्र सिध्याउने दाउदेखि संविधान कार्यान्वयन हुन नदिने चलखेलका रूपमा प्रचार गर्ने ।

बालुवाटारमा आइतबार साँझ भएको बैठकमा माओवादी मन्त्री हटाउनेदेखि राप्रपालगायत दललाई सरकारमा सहभागी गराउनेसम्मको रणनीतिबारे छलफल भएको थियो । कांग्रेस नेता मीनेन्द्र रिजालका अनुसार आइतबार बसेको बैठक शुक्रबारकै केन्द्रीय कार्यसमिति बैठकको फलोअप मिटिङ थियो ।

‘वाम गठबन्धन चुनाव लड्नका लागि मात्रै बनेको हो भन्नेमा कांग्रेस विश्वास गर्दैन । यो कम्युनिस्ट पार्टीको पद्धति हाबी गराउने उद्देश्यका साथ गरिएको हो ।’- प्रदीप पौडेल, कांग्रेस नेता

माओवादीले भने यसअघि नै प्रधानमन्त्री देउवालाई आफूहरू निर्वाचनसम्म सरकारमा रहिरहने जानकारी गराइसकेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन प्रभावित हुने गरी आफूहरू सरकार फेरबदलको काम नगर्ने बताएका थिए । 

यद्यपि कांग्रेससम्बद्ध स्रोतका अनुसार प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई बर्खास्त गरेर वामगठबन्धनको मनस्थिति बुझ्न खोजेका हुन् । कांग्रेसका एक नेता भन्छन्, ‘प्रधानमन्त्रीले माओवादीका मन्त्री हटाएपछि विपक्षी गठबन्धनले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउँछ कि ल्याउँदैन भन्ने हेर्न चाहेका छन् ।

कांग्रेसले वाम घटकहरू अहिले नै सरकार परिवर्तनको खेलमा लागे मंसिरमा हुने भनिएको निर्वाचन स्वतः असम्भव हुने विश्लेषण गरेका छन् । यद्यपि, विपक्षी गठबन्धनले त्यसो नगरे निर्वाचनमा जादा वाम एकतालाई सक्दो बदनाम गराउने नीति कांग्रेसले अख्तियार गर्न खोजेको देखिन्छ । 

कांग्रेसले वाम एकतालाई लोकतन्त्र सिध्याउने दाउदेखि संविधान कार्यान्वयन हुन नदिनेसम्मको चलखेलका रूपमा जनमानसमा लैजान लागेको उक्त पार्टीका नेताहरूको दाबी छ ।

स्थानीय तहको निर्वाचनदेखि संघीय र प्रदेश तहसम्मको निर्वाचन सँगै गराउन भनेर एक वर्षअगाडि माओवादी र कांग्रेसबीच गठबन्धन बनेको थियो । त्यही गठबन्धनको सहारामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल १० महिनासम्म प्रधानमन्त्रीसमेत भए । 

माओवादी र कांग्रेसबीच भएको सहमतिकै आधारमा दाहालपछि कांग्रेस सभापति शेरबहादुर देउवा वर्तमान सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री भएका थिए । तर, माओवादी र एमालेबीच भएको ताजा गठजोडले सरकार, संविधानदेखि आसन्न निर्वाचनसम्मको विषयमा विभिन्न अड्कलबाजी गर्न थालिएको छ । अन्नपुर्ण पोष्ट दैनिक 

Share This Article
Facebook Email Copy Link Print
Previous Article रोजगारीको लागि जोर्डनसँग श्रम सम्झौता हुँदै, न्युनतम तलब र सेवा/सुबिधा के-के ?
Next Article राप्रपालाई यसरी फकाउँदै देउवा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

आइएमईको दशैंमा बिस लाख योजना सार्वजनिक

57 years ago
काठमाडौँ - KTMसमाज

राजधानीमा भ्रष्टाचार विरोधी प्रदर्शन

57 years ago
काठमाडौँ - KTMसमाज

सेवाग्राहीलाई ‘टाइम कार्ड’ सुरु

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?