२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् बढी व्यापार गर्ने पाँच नेपाली चलचित्र (सुचिसहित)

२०७४, २५ आश्विन बुधबार ०१:३१

असोज २५, काठमाडौं । चलचित्र ‘छक्का पञ्जा २’ अहिले आक्रामक व्यापारका साथ प्रदर्शन भइरहेको छ । 

दसैंअघि रिलिज भएको यो चलचित्रले सोमबारसम्ममा लगभग ११ करोड रुपैयाँको व्यापार गरिसकेको छ । यो आँकडाले छक्का पञ्जा २ नेपाली चलचित्रको इतिहासमा सर्वाधिक बढी व्यापार गर्ने दोस्रो चलचित्र बनिसकेको छ । दीपा श्री निरौला निर्देशित यस चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, प्रियंका कार्की, स्वस्तिमा खड्कालगायतले अभिनय गरेका छन् ।

सबभन्दा धेरै व्यापार गर्ने चलचित्रमा ‘छक्का पञ्जा’ नम्बर वानमा छ । यो चलचित्रले नेपालमा १६ करोड रुपैयाँको व्यापार गरेको थियो । यो आँकडा चुम्न छक्का पञ्जा २ ले अझै पाँच करोड रुपैयाँको व्यापार गर्नुपर्छ । ‘मोफसलमा त छक्का पञ्जाको रेकर्डलाई छक्का पञ्जा २ ले उछिनिसकेको छ’, निर्माता एवं कलाकार दीपकराज गिरी भन्छन्, ‘दर्शकको फिडब्याक राम्रो छ ।

व्यापारमा छक्का पञ्जालाई नउछिने पनि छेउछाउ पुग्ने अवस्था देखिएको छ ।’ दीपा श्री निरौलाले निर्देशन गरेको यस चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, बुद्धि तामाङ लगायतकै अभिनय छ । छक्का पञ्जा र यसको सिक्वेलको व्यावसायिक सफलताले दीपा श्री निरौलालाई पनि सर्वाधिक सफल निर्देशकका रूपमा उभ्याएको छ ।

छक्का पञ्जाभन्दा अघि धेरै व्यापार गर्ने चलचित्र ‘कोहिनुर’ थियो । १० करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको यो चलचित्र आकाश अधिकारीले निर्देशन गरेका हुन् । श्रीकृष्ण श्रेष्ठको लगानीमा बनेको उनी अभिनीत अन्तिम चलचित्र पनि हो । उनको दुःखद निधनपछि प्रदर्शनमा आएको यस चलचित्रमा श्रीकृष्णका साथमा श्वेता खड्काले स्क्रिन सेयर गरेकी थिइन् । त्यस बेला यो चलचित्रको व्यापारलाई ‘असामान्य’ मानिएको थियो । यो चलचित्रको व्यापारलाई उछिन्न वर्षौं लाग्ने तर्क गरिएका थिए । तर, अहिले यो चलचित्र तेस्रो स्थानमा झरीसकेको छ ।

पति श्रीकृष्ण श्रेष्ठको निधनपछि चलचित्र क्षेत्रबाट लामो समय टाढा रहेकी श्वेता खड्का आफ्नै लगानीमा चलचित्र ‘कान्छी’मार्फत कमब्याक गर्दैछिन् । यस चलचित्रमा उनलाई पर्दामा साथ दिएका छन् दयाहाङ राईले । आकाश अधिकारीको निर्देशनमा मुस्ताङमा छायांकन भइरहेको यो चलचित्र निर्माण घोषणादेखि नै चर्चामा छ । यसको मुख्य कारण हो, श्वेताको कमब्याक ।

बढी व्यापार गर्ने चलचित्रमा ‘लुट २’ तेस्रो नम्बरमा छ । निश्चल बस्नेत निर्देशित यो चलचित्रले आठ करोड रुपैयाँ माथिको व्यापार गरेको थियो । डेढ करोड रुपैयाँको लागतमा बनेको यो चलचित्रले प्रदर्शनअघि छक्का पञ्जाको रेकर्ड ब्रेक गर्ने आकलन गरिएको थियो । चलचित्रको टिजर र ‘ठमेल बजार’ बोलको गीतले युट्युबमा पाएको भिवर्सले त्यस्तो संकेत गरे पनि छक्का पञ्जालाई भेट्न सकेन । तापनि निर्मातालाई राम्रै मुनाफा दियो । यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, कर्मा, सिर्जना सुब्बा, ऋचा शर्मालगायतले अभिनय गरेका थिए ।


सर्वाधिक कमाउने चलचित्रको पाँचौं नम्बरमा ‘लुट’ले स्थान सुरक्षित गरेको छ । ३० लाख रुपैयाँको लागतमा बनेको यो चलचित्रले चार करोड रुपैयाँमाथिको व्यापार गरेको थियो । यो चलचित्रले व्यापारमा जति सफलता हासिल गर्‍यो, नेपाली चलचित्रको निर्माण शैलीलाई पनि युटर्न गराइदियो । त्यसयता यो धारका चलचित्र निर्माणले जति तिव्रता पाएको छ व्यावसायीक रूपमा पनि त्यतिकै सफल भएका छन् ।

नरेन्द्र महर्जन र माधव वाग्लेको लगानीमा बनेको यस चलचित्रबाट दयाहाङ राई, सौगात मल्ल, कर्मा स्टार साबित भए । त्यसयता खासगरी दयाहाङ र सौगातले पछाडि फर्केर हेर्नु परेको छैन । चलचित्रमा दयाहाङ, सौगात, कर्माका साथै ऋचा शर्मा, सिर्जना बस्नेत लगायतले अभिनय गरेका थिए।

कुनै नेपाली चलचित्रले एक करोड रुपैयाँको व्यापार गर्‍यो भने निर्माताको हातमा ३५ देखि ४० लाख रुपैयाँसम्म पर्छ । कर (१३ प्रतिशत भ्याट र २ देखि पाँच प्रतिशत स्नाथीय कर) कटाएर बाँकी रकममा हलवाला र निर्माताले प्रायः ५०/५० प्रतिशत हिस्सा लिन्छन् । निर्माताले आफ्नो हिस्साबाट वितरकलाई पाँचदेखि १५ प्रतिसतशम्म कमिसन दिन्छन् । अन्नपुर्ण पोष्ट दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने