2026-09-22 09:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिन्दि फिल्म ‘मुन्नाभाई एमबीबीएस’मा झैं चिट चोर्ने १४ जना पक्राउ

असोज २९, काठमाडौं । राजीवकुमार सिंह चिकित्साशास्त्र अध्ययन संस्थानले लिएको एमबीबीएस प्रवेश परीक्षा गज्जबको भएकोमा दंग थिए । जोरपाटीमा रहेको नामी कलेजमा उनको परीक्षा केन्द्र तोकिएको थियो ।

शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म चलेको परीक्षा सकाएर घर फर्कंदै गरेका उनले परिवारसँग खुसी बाँड्न भने पाएनन् । उनी तीनकुनेबाट सीधै टेकुमा रहेको महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालय पुर्याइए ।

बौद्धको अरुणिमा माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएका शीखा झा र राहुल झाको अवस्था पनि सिंहको जस्तै भयो । परीक्षा दिएर उनीहरु घर होइन, प्रहरी कार्यालय पुगे । उनीहरुसँगै अर्का परीक्षार्थी सक्षमराज भण्डारी पनि थपिए ।

केही बेरमै ज्ञानेन्द्र ठाकुर थपिए जो अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजमा एमबीबीएस पढ्दै थिए ।

यी सबै पक्राउ पर्नुको कारण बडो फिल्मी छ । १४ वर्षअगाडि भारतमा डाक्टर बन्न लालायित एक गुन्डामा आधारित फिल्म बनेको थियो, मुन्नाभाइ एमबीबीएस । निर्देशक राजकुमार हिरानीले बनाएको उक्त हाँस्य फिल्म बाबुको डाक्टर बन्ने सपना पूरा गर्न आपराधिक गतिविधिमा लागेका एक व्यक्तिले अपनाएको उपायमा आधारित थियो । उक्त चलचित्रमा मुन्नाभाइको भूमिका सञ्जय दत्तले निर्वाह गरेका छन् । सहयोगी अरशद वारसीसँग मिलेर प्रवेश परीक्षालगायत सबै परीक्षा दिन एक चिकित्सक अपहरण गरी प्रविधि प्रयोग गरेर मोबाइलमार्फत चिट चोरेर परीक्षा दिई उनी चिकित्सक बन्छन् ।

शनिबार पक्राउ परेका सबैले मुन्नाभाइ फिल्मको यही शैलीमा चिट चोर्ने–चोराउने गरेका थिए । फिल्ममा अयोग्य भए पनि चिकित्सक बन्न लालायित एकजना थिए, यहाँ चारजना निस्किए ।

चिकित्सा शास्त्र अध्ययन संस्थानले शनिबार १७ वटा परीक्षा केन्द्र तोकेको थियो । अधिकांश केन्द्रमा सेटिङमा पास गराउने गिरोह सक्रिय रहेको खुलेको हो । यही गिरोहले नाटकीय शैलीमा प्रविधि प्रयोग गरेर चिट चोराएपछि चार परीक्षार्थीसहित १४ पक्राउ परेका हुन् । – नागरिक दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो