२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा १३ सय नेपालीको रोजगारी गुमाउँदै

२०७४, ३० आश्विन सोमबार ०२:०८

असोज ३०, काठमाडौं | बैदेशिक रोजगारी अन्तर्गत कतारमा १३ सय नेपालीले रोजगार गुमाने भएका छन् । कतार स्थिति युनाइटेड क्लिनिङ कम्पनीमा कार्यरत करिब १३ सय नेपालीले रोजगारी गुमाउने निश्चित जस्तै देखिएको छ ।

कम्पनीले यही महिनादेखि तलब दिन सकेको छैन भने भिषा समेत नविकरण गरिदिएको छैन । तलब नपाएपछी नेपाली मात्र नभई अन्य देशका थप करिव ८०० कामदारहरु समेत मारमा परेका छन् । कम्पनीले तलब र भिषा नदिएपछी कयौं पिडितहरु दुतावासमा पुगेका छन् भने कानुनी प्रक्रिया समेत सुरु गरिएको छ । पीडितहरूले तलबसहित स्वदेश पठाइदिनका लागि कतारको श्रम विभाग र अदालतमा उजुरी समेत दिएका छन् । 

कतारका विभिन्न मन्त्रालय, प्रहरी, सेना, अदालत, बन्दरगाह, बैंक, निजी क्षेत्रका ठूला कार्यालयलगायत क्षेत्रमा क्लिनरको रुपमा मजदुर र कार्यालय सहयोगी पठाउने गरेको यस कम्पनी बन्द हुने स्थितिमा पुगिसकेको त्यहाँ स्थित पिडित नेपालीहरुले जनाएका छन्  ।

समस्याबारे बिभिन्न उजुरी परेपछी कतारको श्रम विभागले कम्पनीका सञ्चालक/प्रतिनिधिलाई उपस्थित हुन बोलाउँदा पनि पुगेका छैनन् । दूतावासलेआफ्नो सम्पर्कमा आएका कामदारलाई श्रम विभाग पठाएको छ । टिकट जुटाउन सक्ने केही कामदार भने स्वदेश फिर्न थालेका छन् । भिसाको म्याद नभएका कामदार खोज तथा अनुसन्धान केन्द्र (डिपोर्टटेसन सेन्टर) बाट नेपाल आएका छन्। समस्या पछी आफ्नै खर्चमा फर्किनेहरू आफूले पाउनुपर्ने बाँकी तलब, पाउनुपर्ने अन्य सबै सुविधालाई त्यागेर फर्किएका हुन् । न्यायका लागि कतारकोअदालत धाएर अदालतले पीडितको पक्षमा फैसला दिए पनि कम्पनीले फैसला कार्यान्वयन गर्ने क्षमता नभएको भन्दै पीडित कामदारले अर्को कम्पनीमा काम गर्ने वातावरण मिलाइदिनुपर्ने बताउछन्। नेपाली दूतावासका श्रम काउन्सिलर गिरिजा शर्माले पीडितको हितका लागि दूतावासले सक्दो कोसिस गरिरहेको बताइन्। – कान्तिपुरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ