<p>असोज ३१, काठमाडौं | दुई महिना अगाडि काठमाडौंमा बरामद भएको ८८ किलो सुन प्रहरीकै सहयोगमा भित्रिएको खुलेको छ । पक्राउ परेका व्यक्तिहरुले सुन बोकेको गाडी प्रहरीले नै चलाएर रसुवागढी भित्र्याएको बयान दिएका छन् । <br></p><p>प्रहरीले सोमबार ८८ किलो सुन तस्करीमा सेटिङ मिलाउने जिम्म लिएका रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको छ। उनले रसुवामा प्रहरीसँग सेटिङ मिलाएर सुन ल्याउने गरेको अनुसन्धनबाट खुलेको छ।</p><p>रसुवामा पक्राउ परेका दुई चालकको बयानअनुसार उक्त सुन ल्याएको गाडी सशस्त्र प्रहरीका एक हवल्दारले नै चलाएर ल्याएका थिए। – यो खबर नबराज मैनालीले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन्।</p>
८८ किलो सुन भएको गाडी प्रहरीले नै चलाएका थिए !
