2026-09-19 06:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा १५ उम्मेदवार प्रतिस्पर्धी, को-को छन ? (नामावलीसहित)

कात्तिक ९, दार्चुला । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा १५ उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । 

जिल्लामा कसैकोपनि उम्मेदवारी फिर्ता नभएपछि बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरको हो। कार्यालयले उम्मेदवारलाई बुधबार नै निर्वाचन चिह्न प्रदान गरेको मुख्य निर्वाचन अधिकृतले जनाएका छन् । 

आइतबार भएको मनोनयन दर्तामा यहाबाट १५ जनालेउम्मेदवारी दिएका थिए । एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले संयुक्त रूपमा प्रतिनिधिसभाका लागि एमालेका गणेशसिंह ठगुन्ना र प्रदेशका लागि कबाट ग्याल्बुसिंह बोहरा (एमाले) र खबाट माओवादी केन्द्रका मानबहादुर धामीलाई उम्मेदवार बनाएको छ । 

त्यस्तै कांग्रेसले प्रतिनिधिसभामा विक्रमसिंह धामीलाई उठाएको छ । प्रदेशसभामा भने क क्षेत्रबाट मदन गिरी र खबाट जगदीशबहादुर पालको उम्मेदवारी दर्ता भएकोमुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकोछ ।

नया“ शक्ति नेपाल पार्टीबाट जितेन्द्रसिंह महरले प्रतिनिधिसभा तथा प्रदेशका लागि क्षत्र कबाट नन्दनसिंह महर र क्षेत्र खबाट बहादुरसिंह ठगुन्ना उम्मेदवार बनेका छन् । 

जनसमाजवादी पार्टीबाट प्रदेश क क्षेत्रमा मनोज दमाई र खमा हरिभानसिंह ठगुन्ना उम्मेदवार बनेका छन् । राष्ट्रिय जनमोर्चाका मनवीर दमाई प्रतिनिधिसभा र प्रदेशका लागि क क्ष्ँेत्रबाट मात्र मदन दमाईको उम्मेदवारी छ । 

प्रतिनिधिसभाका लागि स्वतन्त्रमा रघुवीरसिंह ठगुन्नाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जनसमाजवादी पार्टीका उम्मेदवार एमालेमा जनसमाजवादी पार्टी नेपालका प्रतिनिधि उम्मेदवार धनबहादुर कु“वर बुधबार पत्रकार सम्मेलन गरी एमाले प्रवेश गरका छन् ।

स्थानीय तह चुनावमा टिकट नपाएपछि एमालेछाडेका कु“वर पुनः पार्टीमा फर्किएका हुन् । पार्टीले टिकट नदिए पनि उनी दुहु गाउ“पालिकामा स्वतन्त्रबाट अध्यक्षमा उठेका थिए । 

उतिबेला जिल्ला कमिटीले पार्टी निर्देशनविपरीत स्थानीय तहमा उम्मेदवार बनाएपछि पत्रकार सम्मेलन गररे एमाले छाडेका थिए । -कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई