२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ प्रचण्ड र ओलीले दिएको विशेष निर्देशन

२०७४, ११ कार्तिक शनिबार ०२:२६

कात्तिक ११, काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै जिल्लामा प्रदेश र जिल्लास्तरीय पार्टी एकता संयोजन समिति तत्काल बनाउन विशेष निर्देशन जारी गरेका छन् । 

पार्टी एकता संयोजन समितिका प्रमुख नेताका रूपमा दुवै नेताले पार्टी एकता र तालमेललाई प्रभावकारी बनाउन शुक्रबार सातबुँदे संयुक्त विशेष निर्देशन जारी गरेका हुन् । एकताको सन्देशलाई क्षेत्र र गाउँमा प्रभावकारी रूपमा पुर्‍याउन संयुक्त परिचालन र चुनावी प्रचार समिति बनाउन एमाले तथा माओवादी केन्द्र दुवै पार्टीको तल्लो पंक्तिलाई निर्देशनमा भनिएको छ । 

केन्द्रमा दुवै पार्टीका प्रमुख र वरिष्ठ नेताहरू रहेको समितिले काम अघि बढाइरहेकाले प्रदेश तथा जिल्ला तहमा पनि बढीमा सात सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्नुपर्ने विशेष निर्देशनमा उल्लेख छ । एकता र तालमेलका लागि गरिएको सहमतिको राजनीतिक दिशाको महत्वलाई गम्भीरतासाथ ग्रहण गर्दै स्थापित गर्न दुवै पार्टी पंक्तिलाई नेताहरूले निर्देशित पनि गरेका छन् ।

१९ कात्तिकबाट ताप्लेजुङ–दार्चुला अभियान

पार्टी एकता संयोजन समितितर्फबाट १९ कात्तिकबाट ताप्लेजुङ–दार्चुला एक हप्ते अभियान सञ्चालन हुने भएको छ । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि मनोनयन सकिएलगत्तै २६ कात्तिकसम्म अभियान सञ्चालन हुने विशेष निर्देशनमा उल्लेख छ । अभियानमा ओली र प्रचण्डसहितका विभिन्न नेताहरूको सहभागिता र सम्बोधन हुने उल्लेख छ ।

दुवै पार्टीका नेताको केन्द्रदेखि जिल्लासम्म संयुक्त सम्बोधन

विशेष निर्देशनमा केन्द्रीय संयोजन समितिका पदाधिकारी तथा सदस्यहरूले दुवै पार्टीको केन्द्रीय तहका बैठकमा सम्बोधन गर्ने निर्देशनमा उल्लेख छ । त्यस्तै, एकता समितिका प्रदेश तथा जिल्लास्तरका पदाधिकारी र सदस्यले प्रदेश र जिल्लास्तरीय बैठकमा अनिवार्य रूपमा संयुक्त सम्बोधन गर्नुपर्ने भनिएको छ ।

भ्रम चिर्न जिल्लामा संयुक्त भेला

एकता र तालमेलको महत्व र भ्रम चिर्न जिल्लास्तरमा पत्रकार, लेखक तथा बुद्धिजीवीहरूको संयुक्त भेला गर्नुपर्ने विशेष निर्देशनमा उल्लेख छ । ‘पार्टी एकता र चुनावी तालमेलको महत्व तथा यसबाट नेपाली जनता तथा नेपाल राष्ट्रले प्राप्त गर्ने उपलब्धिका सम्बन्धमा स्पष्ट पार्न र प्रतिक्रियावादी कित्ताबाट फैलाइएको भ्रमलाई चिर्न जिल्लास्तरमा पत्रकार, लेखक तथा बुद्धिजीवीहरूको संयुक्त भेला आयोजना गर्ने,’ विशेष निर्देशनमा उल्लेख छ ।

लोकतन्त्रका लागि प्रतिस्पर्धा गर्न चुनौती

ओली र प्रचण्डले कांग्रेसलाई लक्षित गर्दै लोकतन्त्रका लागि प्रतिस्पर्धामा उत्रिन चुनौती पनि दिएका छन् । ‘हामीलाई कसैले लोकतन्त्रको प्रमाणपत्र दिनुपर्दैन र हामीभन्दा बढ्ता लोकतान्त्रिक भएर हामीलाई लोकतन्त्रको प्रश्नमा हामीसँग प्रतिस्पर्धा गर्न आउन, हामीलाई उछिन्न त के पछ्याउन मात्र पनि सक्ने छैनन्,’ विशेष निर्देशनमा भनिएको छ, ‘त्यसैले संकीर्ण राजनीतिक स्वार्थका निम्ति प्रतिक्रियावादी कित्ताबाट सिर्जना गरिएको कम्युनिस्ट तानाशाहीको प्रायोजित प्रचारबाट प्रभावित नहुन, त्यस्तो प्रचारबाट कुनै पनि किसिमले भ्रम र त्रासमा नपर्न सम्पूर्ण पार्टी सदस्यहरू एवं आमजनतालाई अपिल गर्छौँ । नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ