कात्तिक १३, काठमाडौं । महानगरीय अपराध महाशाखाले १९ भदौमा बरामद गरेको अबैध ८८ केजी सुन तस्करीमा रसुवाको केरुङ नाकामा सुरक्षार्थ खटिएका शसस्त्र प्रहरीको सहयोगी भूमिका रहेको देखिएको छ ।

उच्च स्रोतका अनुसार ८८ केजी सुन ल्याउन प्रयोग भएको गाडी चलाउन ड्राइभर खोजीदिने काम केरुङ नाकाको सुरक्षार्थ खटिएका शसस्त्र प्रहरीका जवान विष्णु पण्डितले गरिदिएका थिए ।

प्रहरीले सुन बरामद भएलगत्तै तस्करीको सुन ओसार्न प्रयोग गरीएको गाडी चलाएका मनोज अधिकारीसहितका तीन चालक पक्राउ गरेको थियो । तिनै चालकहरुले दिएको बयानका आधारमा नेपाल प्रहरीले तस्करीमा शसस्त्र प्रहरीको शंस्कास्पद भूमिकामाथि छानविन सुरु गरेको थियो ।

प्रहरीका अनुसार सुन ओसार्न १५ भदौमै गाडी रसुवाको केरुङ नाका हुँदै चीन पसेको थियो । त्यसैले काठमाडौं प्रहरी परिसरले अनुसन्धानका क्रममा उक्त दिन ड्युटीमा खटिएका सशस्त्र प्रहरीको नामावली माग्दै पत्राचार गरेको थियो । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ ।