२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतदाता ओसार्न जहाज

२०७४, १४ कार्तिक मंगलवार ०२:१४

कात्तिक १४, काठमाडौं | निर्वाचन आचारसंहिताको दफा ५ खण्ड (ख) ले मोटरबाटो नभएका जिल्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि चारवटा घोडा प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । सोही दफाअनुसार प्रदेशसभा सदस्य उम्मेदवारले भने दुइटासम्म घोडा प्रयोग गर्न पाउँछन् । तर राष्ट्रिय सडक सन्जालले नछोएका जिल्लाका उम्मेदवार घोडा होइन, आचारसंहिता विपरीत हवाइजहाज चार्टर गरी पार्टी नेता, कार्यकर्ता र मतदाता ओसार्न बाध्य छन् ।

वाम गठबन्धनका तर्फबाट हुम्लामा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका माओवादी केन्द्रका छिमी लामालाई पार्टी कमिटीले काठमाडौंबाट ल्याउनुपर्ने २ सय मतदाताको सूची बुझाएको छ । ‘सबैलाई जहाज चार्टर गरेर ल्याउन गाह्रै छ’, लामाले भने, ‘अगुवा नेता, कार्यकर्तालाई भने ल्याउनैपर्ने बाध्यता छ । उम्मेदवारका लागि सबैभन्दा ठूलो खर्च र टाउको दुखाइ यसैमा छ ।’ शुभेच्छुक मतदाताको पनि ५० प्रतिशत हवाइ भाडा आफूले ब्यहोर्नुपरेको उनी सुनाउ‘छन् । प्रचार सामग्री ओसार्न महँगो हवाइ भाडा खर्चनु छँदै छ ।

कर्णाली क्षेत्रका दुई जिल्ला हुम्ला र डोल्पामा मोटरबाटो पुगेको छैन । मोटरबाटो पुगे पनि मुगु र जुम्लाका अगुवा नेता–कार्यकर्ता पनि उम्मेदवारकै खर्चमा जहाज चढेर चुनावका लागि घर फर्कने गरेका छन् । हुम्लाका तल्लो भेगका विद्यार्थी र युवालाई भने आफूले बाजुरा तथा मुगुसम्म मोटर चढेर आई पैदल हिँडेर गाउ‘ आउन अनुरोध गरेको उल्लेख गर्दै लामाले थपे, ‘पॉच वर्ष उद्योग चलाएर चुनाव लड्नेलाई ठिकै छ, पार्टी चलाएर बस्ने इमानदार नेतालाई एकदमै गाह्रो छ ।’

काठमाडौं तथा नेपालगन्जबाट हुम्ला, डोल्पा र मुगुमा जहाज चार्टर भाडा प्रतिव्यक्ति ९ हजारदेखि १५ हजारसम्म छ।

दुर्गममा थोरै भोटले हारजित हुन्छ । त्यसैले आफ्ना पार्टी नेता(कार्यकर्ता र शुभेच्छुक मतदातालाई जिल्ला फर्काउनु कर्णालीका उम्मेदवारको चुनौती बनेको छ । प्रदेशसभातर्फ मुगु ‘क’ मा माओवादी केन्द्रबाट उम्मेदवारीको तयारी गरेका राजु कार्कीले दसैंतिहार सेरोफेरोमै पाच चार्टर गरेर मतदाता ओसारे । त्यस्तै, खत्याड क्षेत्रका झन्डै ३ सय मतदाता उनकै पहलमा गाउ‘ फर्किए । तर, वाम गठबन्धनपछि मुगुका प्रतिनिधिसभा तथा प्रदेशसभा दुवैमा एमाले उम्मेदवार मात्र उठ्ने सहमति भयो । ‘मैले हवाइ र स्थलमार्गबाट करिब ३ सय मतदाता फर्काउन सघाएँ,’ उनले भने, ‘उम्मेदवारी नपाएपछि त्यो खर्च वाम गठबन्धनका लागि भयो भन्ने ठानेको छु ।’

गत संविधानसभामा सदस्य उम्मेदवार भई पराजित एमाले हुम्ला अध्यक्ष दल रावल मोटरबाटोले नछोएको दुर्गम हिमाली जिल्लाका चुनाव निकै महंगो हुने गरेको बताउ‘छन् । अघिल्लो निर्वाचनमा आफूले सबैभन्दा कम दुईपटक जहाज चार्टर गरेको उनको दाबी छ । ‘नेता–कार्यकर्ताको दबाब त असाध्यै हुन्छ । तर, सामान्य उम्मेदवारले सक्दैन,’ उनले भने, ‘चुनावी खर्च थामिनसक्नै छैन ।’ अहिले उनी हुम्ला प्रदेशसभा ‘क’ बाट उम्मेदवार छन् ।

डोल्पामा वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार धनु बुढा अहिले चुनावी प्रचारप्रसारका लागि माथिल्लो भेगमा छन् । तर, उनले काठमाडांै र नेपालगन्जमा रहेका शुभेच्छुक कार्यकर्तालाई हवाइ चार्टर गरेर चुनावअघि जिल्ला ल्याउने व्यवस्था मिलाइसकेको एमाले डोल्पाले जनाएको छ । गत संविधानसभा निर्वाचनमा उनले करिब दर्जनपटक जहाज चार्टर गरेर मतदाता ओसारेका थिए । त्यस्तै, कांग्रेसका उम्मेदवार अंगद बुढाले पनि जिल्ला फर्किने आफ्ना मतदाताको सूची तयार गरिरहेका छन् । ‘मुख्य प्रतिस्पर्धी उम्मेदवार हो भने कम्तीमा ५/७ जहाज चार्टर नगरी चुनाव जित्ने स्थिति छैन । उम्मेदवारको मुख्य खर्च मतदाता ओसार्नै छ,’ डोल्पा कांग्रेसका एक नेताले भने ।

कांग्रेस केन्द्रीय सदस्य एवं हुम्ला ‘ख’ का प्रदेशसभा सदस्य उम्मेदवार जीवनबहादुर शाही १२ देखि १५ हजारसम्म भाडा तिरेर मतदाता ल्याउनु निकै खर्चिलो हुनेबताउ‘छन् । ‘एकातिर हिउ‘ पर्न लागेको छ । चुनाव आउन थालिसक्यो । ठूलो भूगोल छ, उत्तिकै दुर्गम,’ उनले भने, ‘हामीलाई त चुनाव सजाायजस्तै भएको छ ।’ शाहीले ६० मतदाता रहेको नाम्खा गाउ‘पालिका ४ स्थित चालागाउ‘ पुग्न तीन दिन हिँड्नुपर्ने उल्लेख गर्दै भने, ‘सुगम र सहरका धनीलाई सस्तो अनि दुर्गमका गरिबका लागि चुनाव महँगो छ । – यो खबर जनक नेपालले आजको कान्तिपुरमा लेखेक छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ