2026-09-22 08:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेभिवेट नेताविरुद्ध बागी, कुन नेताकोबिरुद्ध को ?

कात्तिक १७, काठमाडौं । विहिबार ४५ जिल्लामा भएको विभिन्न मनोनयनमा हेभिवेट नेताविरुद्ध बागी उम्मेदवारी परेको छ । 

रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशी

तनहुँ १ मा रामचन्द्र पौडेलविरुद्ध कांग्रेस नेता गोविन्दराज जोशीले उम्मेदवारी दिएका छन् । ०४८, ५१ र ५६ मा सोही क्षेत्रबाट जितेका जोशीले यसपालि आफ्नो क्षेत्रमा पौडेलले अतिक्रमण गरेको आरोप लगाइरहेका छन् । नारा–जुलुससहित उम्मेदवारी दर्ता गरेका जोशीले आफू आधिकारिक भएको र पौडेल बागी भएको दाबी गरेका छन् ।

उदयपुर २ मा एमाले र माओवादी दुवै

उदयपुर २ मा एमाले र माओवादी केन्द्र दुवैले प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । एमालेका पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले साँझ ६ बजे अध्यक्ष केपी ओलीको हस्ताक्षरसहितको मनोनयनपत्र दर्ता गराएका हुन् । 

उदयपुर १ मा एमाले र २ मा माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति भए पनि खतिवडाले पार्टी अध्यक्षले हस्ताक्षर गरेको मनोनयनपत्रसहित उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रमा माओवादीले सुरेश राईको उम्मेदवारी दर्ता गराएको छ ।

माधव नेपालविरुद्ध एमालेकै एलपी श्रेष्ठ

काठमाडौं २ मा नेता माधवकुमार नेपालविरुद्ध एमाले काठमाडौं जिल्ला कमिटी सदस्य एलपी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

महोत्तरीमा महन्थ ठाकुरविरुद्ध पूर्वसांसद

महोत्तरी ३ बाट उम्मेदवार बनेका राजपा अध्यक्ष महन्थ ठाकुरविरुद्ध पार्टीकै निवर्तमान सांसद चन्द्रेश्वर झाले उम्मेवारी दिएका छन् । समानुपातिक निर्वाचन प्रणालीमा १ नम्बर सूचीमा रहेका उनी प्रत्यक्षमा लड्न आएका हुन् । 

सर्लाहीबाट निर्वाचन लड्दै आएका ठाकुर कांग्रेसको आग्रहमा महोत्तरी पुगेका हुन् । दोस्रो संविधानसभा निर्वाचनमा स्वतन्त्र निर्वाचित झा केही महिनाअघि मात्रै राजपा प्रवेश गरेका थिए ।

सप्तरीमा उपेन्द्र यादवविरुद्ध पनि बागी

सप्तरी २ मा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले बागी उम्मेदवार दिएका छन् । राजपा र फोरमबीच प्रदेश २ मा तालमेल भएको छ । तर, पार्टीले सल्लाह नगरी उम्मेदवार छनोट गरेको भन्दै ठाकुरले उम्मेदवारी दिएका हुन् ।

सल्यानमा माओवादीका दुईजना बागी

सल्यानमा वाम गठबन्धनका आधिकारिक उम्मेदवार टेकबहादुर बस्नेतविरुद्ध माओवादी केन्द्रका पोलिटब्युरो सदस्य उमाकान्त शर्मा र जिल्ला नेता ज्ञानबहादुर वलीले उम्मेदवारी दिएका हुन् । 

प्रदेश सभातर्फ (क) मा पनि वाम गठबन्धनका आधिकारिक उम्मेदवार एमालेका गुलावजंग शाहविरुद्ध माओवादीका पोलिटब्युरो सदस्य भीमप्रकाश शर्माले बागी उम्मेदवारी दिए । यस्तै, प्रदेशतर्फ (ख) मा पनि वाम गठबन्धनका आधिकारिक उम्मेदवार प्रकाश ज्वालाविरुद्ध माओवादी केन्द्रकै जितबहादुर पुनले उम्मेदवारी दिएका छन् ।

कोमल वलीको स्वतन्त्र उम्मेदवारी

लोकगायिका कोमल ओलीले दाङ ३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन् । एक महिनाअघि राप्रपा त्यागेर एमाले प्रवेश गरेकी उनले शीर्ष नेताहरूले आफ्नो प्रतिबद्धता कार्यान्वयन नगरेकाले स्वतन्त्र उम्मेदवारी दिएको बताएकी छिन् । यो खबर हामीले नयाँ पत्रिकाबाट लिएका हौ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो