By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    33 minutes ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    56 minutes ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    1 hour ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    4 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    4 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    5 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अकुत सम्पत्तिमा तानिए पूर्वआईजीपी अर्याल
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > अकुत सम्पत्तिमा तानिए पूर्वआईजीपी अर्याल
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

अकुत सम्पत्तिमा तानिए पूर्वआईजीपी अर्याल

साझासवाल
Last updated: November 6, 2017 1:42 am
साझासवाल
4 Min Read
Share

कात्तिक २०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनको आशंकामा आइतबार पूर्वमुख्यसचिव, सचिव, पूर्वसचिव र पूर्वआईजीपी लगायतसँग बयान लिएको छ ।

अख्तियारले नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिदका लागि मध्यस्थकर्ता नियुक्त गर्दा तीन करोड रुपैयाँ भ्रष्टाचार भएको आशंकामा पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, बहालवाला सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग पनि बयान लिएको हो भने पदीय दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपसहित परेको उजुरीमा छानबिनका लागि पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, बहालवाला सचिव गजेन्द्र ठाकुर र दुई डीएसपीलाई झिकाएको हो ।

चीन र थाइल्यान्डबाट विद्युत् ट्रान्सफर्मर खरिद गर्दा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकसहितका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि गैरकानुनी रूपले मध्यस्थकर्ता नियुक्त गरी तीन करोड रुपैयाँ हानि-नोक्सानी भएको भन्दै परेको उजुरीमा क्षेत्री, कार्की र पण्डितसँग बयान लिएको हो ।

चीनको हुवेई सनलाइट र थाइल्यान्डको सहवन्त इलेक्ट्रिक कम्पनीबाट उत्पादित ट्रान्सफर्मर खरिदमा अनियमितता भएको किटानीसहित अख्तियारले ०७० साल भदौमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त प्रकरणमा विशेष अदालतबाट प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक रामेश्वर यादवसहित दर्जन प्रतिवादीले भ्रष्टाचार गरेको ठहरसमेत भएको छ । अदालतमा मुद्दा दायरपछि मध्यस्थकर्ता नियुक्ति गरेका कारण सरकारलाई झन्डै तीन करोड नोक्सान भएको दाबीसहित उजुरी परेको हो ।

– पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिदका लागि मध्यस्थकर्ता नियुक्त गर्दा तीन करोड रुपैयाँ भ्रष्टाचार गरेको आशंका

– सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डित पनि तानिए

– प्राधिकरणका तत्कालीन बोर्ड सदस्य सन्तोषनारायण श्रेष्ठ, लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र ज्ञानचन्द्र पाण्डे र विवेक तातेडलाई पनि बयानमा डाक्ने तयारी

– पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, बहालवाला सचिव गजेन्द्र ठाकुर र दुई डीएसपीले पदीय दुरुपयोग गरी पाँच करोड बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरी

पूर्वमुख्यसचिव क्षेत्री, तत्कालीन ऊर्जासचिव कार्की र पण्डितले ट्रान्सफर्मर खरिदका नाममा अनावश्यक रूपमा ६ जना मध्यस्थकर्ता (आर्बिटेटर) नियुक्त गरेका कारण राज्यलाई हानि-नोक्सानी भएको दाबी उजुरीकर्ताको छ । प्राधिकरण बोर्डले त्यतिबेला दुवै विदेशी कम्पनीबाट ट्रान्सफर्मर खरिद कार्यका लागि ‘आर्बिट्रेसन’ मा जाने निर्णय ग‍रेको थियो । सचिवको हैसियतमा बोर्ड बैठकको अध्यक्षता गरेका उनीहरूमाथि भ्रष्टाचार आरोप लागेको हो ।

प्राधिकरणका जिम्मेवार पदाधिकारीविरुद्ध मुद्दा दर्ता भइसकेपछि पनि बद्नियतपूर्वक मध्यस्थकर्ता नियुक्त गरेका कारण झन्डै तीन करोड रुपैयाँ नोक्सान भएको दाबी उजुरीकर्ताको छ । ‘आर्बिटेटरका विषयमा परेको उजुरी गम्भीर प्रकृतिको देखिएका कारण बयानमा डाकिएको हो । बिहान ११ बजे नै उहाँहरू अख्तियारमा हाजिर हुनुभएको थियो,’ अख्तियार उच्च स्रोतले अन्नपूर्णसँग भन्यो, ‘फेरि अर्कोपल्ट आवश्यक परेका बेला बयानमा उपस्थित हुने गरी उहाँहरूलाई फिर्ता पठाइएको छ ।’

प्रारम्भिक अनुसन्धानबाट अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न आर्बिटेटर नियुक्त गरिएको निष्कर्षमा अख्तियार पुगेको छ । आर्बिट्रेसनबाट कुनै उपलब्धि नभएको देखिएपछि सम्बद्ध अधिकारीलाई बयानमा डाकिएको हो । बयान लिइएका कार्की हाल नेपाल ट्रस्टको कार्यालयका प्रमुख हुन् । स्रोतका अनुसार सोही प्रकरणमा प्राधिकरणका तत्कालीन बोर्ड सदस्यहरू सन्तोषनारायण श्रेष्ठ, लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मि श्र, ज्ञानचन्द्र पाण्डे र विवेक तातेडलाई पनि बयानमा डाक्ने तयारी भइरहेको छ ।

प्राधिकरणले चाइनास्थित कम्पनीबाट दुई हजार सेट र थाइल्यान्डस्थित कम्पनीबाट १३ सय सेट ट्रान्सफर्मर खरिदको निर्णय लिएको थियो । तामाको तार भन्दै खरिद गरिएका ट्रान्सफर्मरमा आल्मुनियम भेटिएपछि त्यतिबेला अख्तियारले छानबिन गरेको थियो । ट्रान्सफर्मर एकपछि अर्को पक्रेर काम नलाग्ने भएपछि अख्तियार कारबाहीमा उत्रेको हो ।

अख्तियारले अकुत सम्पत्ति आर्जनमा प्रहरी प्रमुख अर्याल र शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव गजेन्द्र ठाकुरमाथि छानबिन थालेको छ । उनीहरूसँगै काठमाडौं महानगरअन्तर्गतका प्रहरी नायब उपरीक्षक (डीएसपी) धनपति सापकोटा र राजुनाथ पाण्डेसँग पनि बयान लिइएको छ । अर्यालले पदमा रहँदा करिब पाँच करोड रुपैयाँबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरी थियो ।

अख्तियारले यसअघि अर्याल र सचिव ठाकुरसँग १३ पन्ने सम्पत्ति विवरण भराएको थियो । ‘अकुत सम्पत्तिमा केही तथ्य भेटिएको छ । त्यसैले बयानमा बोलाउनुपरेको हो,’ स्रोतले भन्यो, ‘मुद्दा चल्ने वा नचल्ने विषयमा अनुसन्धानपछि नै निष्कर्षमा पुग्न सकिएला । अकुतमा अख्तियारको निगरानीमा अहिले दुई सय जना छन् । यी चार जना त्यही अन्तर्गतका हुन् ।’ अर्यालले फागुनमा प्रहरी प्रमुखबाट अवकाश पाएका थिए । अन्नपुर्ण पोष्ट दैनिक 

Share This Article
Facebook Email Copy Link Print
Previous Article किशोरकिशोरीका अमेरिका सपनाः कलिलैमा अवैध बाटो
Next Article एमालेले धोका दिएको भन्दै माओवादीद्वारा गठबन्धन टुटेको घोषणा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

अर्को साल बिहे गर्ने सोच्दै हुनुहुन्छ ? मंसिरभित्रै गर्नुस नत्र एक वर्ष कुर्नुपर्छ

57 years ago
काठमाडौँ - KTMविश्व

अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट चाहिने

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

जापानमा अप्रिलदेखि विद्यार्थीहरुलाई जुनसुकै काममा ‘वर्कीङ भिषा’, यस्तो छ नियम

57 years ago
काठमाडौँ - KTMसमाज

‘अमृत सूर्यमुखी’ तेल बिक्री वितरणमा रोक, कुहिएका कीरा र मुसाजस्तो वस्तु भेटिए

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?