2026-11-05 08:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कहाँ बस्ला प्रदेशसभा ? यसरी हुँदैछ राजधानी कहाँ रहन्छ भन्ने गृहकार्य

कात्तिक २३, काठमाडौं । निर्वाचन मिति नजिकिँदै गर्दा प्रदेशसभा बैठक कहाँ बस्छ भन्ने चासो बढदै गएको छ । 

प्रदेशको अस्थायी राजधानी तोक्ने गृहकार्य भइनसकेको र सरकारले प्रदेश प्रमुखहरूको नियुक्ति समेत गरिनसकेकाले प्रदेशसभाको बैठकस्थलको समेत टुंगो लाग्न नसकेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्तिसम्बन्धी काम सरकारले छिट्टै गर्ने बताए। 

‘प्रदेशको राजधानी कहाँ रहन्छ भन्ने गृहकार्य भएको छ,’ उनले भने, ‘सरकारको विभिन्न च्यानलबाट सम्भावित स्थानमा रहेका पूर्वाधारबारे जानकारी लिने काम भइरहेको छ।’

संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको सचिवालय गठनका लागि प्रदेशसभाको बैठक सञ्चालन हुनुपर्छ। बैठक सञ्चालनका लागि सचिवालय आवश्यक पर्छ। यस्तो कानुन बन्न प्रदेशसभाको अधिवेशन बस्नुपर्छ। 

प्रदेशसभा सचिवको नियुक्ति प्रदेशसभाका सभामुखको सिफारिसमा प्रदेश प्रमुखबाट हुनुपर्छ। संविधानको धारा १९५ अनुसार प्रदेशसभाको काम कारबाही सञ्चालन र व्यवस्थापनका लागि आवश्यक सचिवालयको व्यवस्था प्रदेश कानुनअनुसार हुनेछ । 

प्रदेशसभा गठन नहुँदासम्म उसको क्षेत्राधिकारमा पर्ने कानुन निर्माणको समेत जिम्मेवारी पाएको संविधानसभाबाट रूपान्तरित व्यवस्थापिका संसदबाट सरकारले त्यससम्बन्धी कुनै कानुन नबनाई समय खेर फालेको थियो।

संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक कक्ष तयारीको गृहकार्य गरिरहेको संसद सचिवालयले प्रदेशसभा बैठक तयारीको कार्यक्षेत्र आफ्नो नभएको जनाएको छ। ‘सरकारले हामीलाई त्यस्तो केही भनेको छैन,’ संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले भने, ‘विज्ञताको दृष्टिले हामीले केही अवधारणा र अनौपचारिक अध्ययन गरे पनि तयारी थाल्ने निकाय हामी होइनौं।’ 

सिंहदरबार नै सुनसान पारेर सरकारका अधिकांश मन्त्रीहरू (आफैं उम्मेदवार भएका कारण) आ–आफ्नो गृहक्षेत्रको चुनावी अभियानमा छन्। ‘म आफैं पनि चुनावी अभियानमै छु,’ पोखराबाट मन्त्री थापाले भने, ‘तर पनि प्रदेशको राजधानी, प्रदेश प्रमुख नियुक्ति जस्तो संवेदनशील विषयमा सरकार गम्भीर नहुने कुरै भएन।’

स्रोतका अनुसार चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक पृष्ठभूमिका वरिष्ठ व्यक्तिहरूलाई प्रदेश प्रमुख नियुक्ति गर्ने गृहकार्य गरेका छन्। ‘राजनीतिक नेताहरूको व्यवस्थापनमा सहयोग पुग्ने गरी प्रदेश प्रमुखको नियुक्ति हुन्छ,’ स्रोतले भन्यो।

संसदीय मामिलामन्त्री थापाले भने प्रदेश प्रमुखमा क–कसलाई नियुक्त गर्ने भन्नेमा छलफल नभएको बताए। ‘व्यक्तिका विषयमा प्रवेश गरेका छैनौं,’ उनले भने, ‘प्रदेशको राजधानीलगायतका विषयमा गृहकार्य नगरी बस्ने कुरा छैन।’ प्रदेशसभाको दुई तिहाइले परिवर्तन गर्न सक्ने संवैधानिक व्यवस्था भए पनि तत्कालको मुकाम तोक्ने दायित्व सरकारको हो ।

सात प्रदेशमध्ये ४ नम्बरको राजधानी पोखरा भन्नेमा एक मत भए पनि बाँकी सबै प्रदेशको राजधानीबारे साना–ठूला विवाद छन् । संविधान जारी हुनुअघि अस्तित्वमा रहेका ५ विकास क्षेत्रका केन्द्रहरूमा पनि तत्कालै प्रदेशसभा र सचिवालय सञ्चालन गर्न मिल्ने बैठक कक्ष नभएको सरकारी अधिकारीहरू बताउँछन् ।

संघीय राजधानीमा समेत संसदको आफ्नै सभाहल छैन। संविधानसभायता नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएको संसद् सचिवालयले त्यसैको पुन:संरचना गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सञ्चालनको गृहकार्य गरिरहेको छ । -कान्तिपुर दैनिक  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट