नेपाल प्रजापरिषद् पार्टी एमालेमा बिलय

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

कात्तिक २३, काठमाडौँ । नेकपा (एमाले) र नेपाल प्रजापरिषद् पार्टीबीच एकीकरण भएको छ ।

आज चावहिलमा आयोजित कार्यक्रममा एमाले र परिषद्बीच पार्टी एकीकरण गरिएको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

एमालेका अध्यक्ष ओली र प्रजापरिषद्का कार्यवाहक अध्यक्ष गोविन्दप्रसाद दुलालले दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकीकरण भएको घोषणा गर्नुभएको हो ।

शहीदको सपना पूरा गर्न र राष्ट्रियताको संरक्षण गरी लोकतन्त्रलाई बलियो बनाउन, स्वतन्त्रता र स्वाभिमानको अनुभूति गराई राष्ट्रको सर्वाङ्गीण विकास गर्नका लागि दुई पार्टीबीच एकीकरण गरिएको सहमतिपत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रममा अध्यक्ष ओलीले विकास र समृद्धिका लागि एमालेबाहेक अरु कुनै पार्टी नभएको दाबी गर्नुभयो । उहाँले एमालेसँग मुलुक समृद्ध बनाउने योजना र संकल्प रहेकाले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका बहुमतसहित विजयी गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा परिषद्का कार्यवाहक अध्यक्ष दुलालले एमालेले राष्ट्रप्रति देखाएको अडानका कारण आफूहरु समाहित भएको बताउनुभयो । प्रजापरिषद् विसं ‘१९९३ मा स्थापना भएको पुरानो पार्टी हो ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply