Skip to content
Friday, July 17, 2026 Nepali Online Media

शिक्षा मन्त्रीलाई बर्खार्त गर्ने प्रधानमन्त्रीको चेतावनी

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डा.गोविन्द केसी फेरि अनसन बस्नुपर्ने अवस्था आएमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

काठमाडौं नेसनल मेडिकल कलेजलाई सिट निर्धारण गर्न दिएको पत्र तत्काल फिर्ता गर्न शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले डा. केसीकै अगाडि मन्त्री श्रेष्ठलाई टेलिफोन गरेका थिए । ‘पूर्वाधार नभएको मेडिकल कलेजलाई सिट निर्धारण गर्न दिएको पत्र तत्काल फिर्ता नगरे तपाईंलाई शिक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाउनेछु,’ देउवाको भनाइ उद्धृत गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले भने ।

देउवाले तीन दिनअघि राष्ट्रपतिलाई भेटेर चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गरिदिन आग्रह गरेको जानकारी गराएका थिए । ‘अत्यावश्यक अध्यादेश भएकाले तपाईंले रोकेर राख्ने कानुनी अधिकार छैन, त्यसैले चाँडै प्रमाणीकरण गर्नुस् भनेको छु,’ देउवाले भने ।

उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले अध्यादेश प्रमाणीकरण नभएको समय पारी विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजलाई एमबिबिएसको सिट निर्धारण गर्न भन्दै मेडिकल काउन्सिललाई पत्र पठाएपछि डा. केसीले प्रधानमन्त्री देउवालाई भेटेको उनका सहयोगी ओमप्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार केसीले प्रधानमन्त्रीसँग राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश प्रमाणीकरण गराउन पहल गर्न आग्रह गरेका थिए ।

डा. केसीले आगामी सोमबारसम्म अध्यादेश प्रमाणीकरण नभए र काठमाडौं नेसनल मेडिकल कलेजलाई सिट दिन शिक्षा मन्त्रालयलले पठाएको पत्र फिर्ता नभए अनशन थाल्ने प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । -नयाँ पत्रिका दैनिक