2026-09-22 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीलाई नसघाएपछि छोरा–छोरीसहित पत्नीलाई घर निकाला

कात्तिक २५, मुगु । आफूले रोजेको पार्टीलाई सहयोग नगरेको भन्दै निमा छिरिङ तामाङले दुई छोरा–छोरीसहित पत्नीलाई घर निकाला गरेका छन्। 

जिल्लाको पूर्वी क्षेत्र मुगुम कार्मारोङ्ग गाँउपालिका-८ माँग्री गाउँका ३१ वर्षीय तामाङले आफ्नो पार्टी नेपाली कांग्रेसलाई सहयोग नगरेको भन्दै पत्नी २६ वर्षीया कर्मा छुइकित तामाङलाई घर निकाला गरेका हुन् ।

पत्नी कर्माले वैशाखामा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेलाई मतदान गरेको र मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा समेत एमालेलाई सहयोग गर्न लागेको भन्दै पत्नीसहित दुई नबालक छोरा–छोरीलाई घर निकाला गरेका हुन्।

वैशाखमा सम्पन्न स्थानीय चुनावमा निमाकी आमा एमालेको तर्फबाट वडा सदस्यमा विजयी भएकी थिइन्। निमाले पत्नी कर्माले आफ्नी आमालाई चुनावी प्रचारप्रसारमा सहयोग गरेको र आफूले भनेको मान्छेलाई मतदान नगरी सासुसहित सबै एमालेका उम्मेदवारलाई भोट दिएको आक्रोश अहिलेको चुनावमा पोखेका हुन्।

यही विषयलाई लिएर निमाले पहिलो पटक गएको जेठ ५ गते पत्नी कर्मालाई कुटपिट गरी घर निकाला गरेका थिए। गाँउलेले जेठ १० गते दुबै जनालाई मिलापत्र गरी निमाको घरमा पठाएका भएपनि कार्तिक १२ गते पुन निमाले पत्नी कर्मालाई मंसिर १० को चुनावमा एमालेलाई सहयोग गर्न लागेको भन्दै कुटपिट गरेर घर निकाला गरेको सोही वडाका सोनाम तामाङले अन्नपूर्णलाई जानकारी दिए। 

आफूले भनेको पार्टीलाई सहयोग नगरेको नाममा पत्नीमाथि कुटपिट गर्दै निमाले घरबाट निकालेपछि कर्मा दुई छोरा–छोरीसहित छिमेकिको घरमा कोठा मागेर बस्दै आएकी छिन्। 

यद्यपी कर्माले श्रीमानले घरबाट निकाले पनि न्यायका निम्ति कुनै निकायमा उजुरी नदिएको उनका छिमेकीले बताएका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो