2026-09-22 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एटीएम ह्याकरको निशानामा नेपाल, कति सुरक्षित छन् नेपालका एटीएम ?

कात्तिक २८, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार ठमेलबाट बुल्गेरियन नागरिक भिटालिया भ्यासिलिभिच नेकिटलाई पक्राउ गरेको छ । उनी एटीएम प्रयोगकर्ताको गोप्य डाटा अनधिकृत रुपमा चोर्न प्रयोग हुने कार्ड स्किमर मेसिनसहित पक्राउ परेका हुन् । 

दुई महिना यता एटीएम मेसिनबाट विभिन्न प्रविधि प्रयोग गरेर अनधिकृत रुपमा रकम निकाल्ने गिरोहका सदस्य पक्राउ परेको यो तेस्रो घटना हो ।

कात्तिक १४ गते नेपाल आएका भिटालियाले कति एटीएम प्रयोगकर्ताको डाटा अनधिकृत रुपमा हात पारेका छन् भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार उनले एकै दिनमा सयौं एटीएम प्रयोगकर्ताको कोड नम्बर हात पारेका हुन सक्छन् ।

ठमेलको डिस्कभरी होटलको उनी बसेको कोठा छापा मारेर प्रहरीले ग्लोबल आईएमई बैंक, सानिमा बैंक तथा नबिल बैंकको एटीएम मेसिनबाट रकम निकालेका ३ थान स्लिप, विद्युतीय उपकरणहरु खोल्न प्रयोग हुने विभिन्न ५ थान औजारसमेत बरामद गरेको छ ।

पछिल्ला वर्षहरुमा पूर्वी युरोपेली देशका ह्याकरहरु नेपालमा पर्यटकको भेषमा आउने र कमजोर सुरक्षा प्रणालीसहितका नेपाली एटीएम मेसिनबाट प्रयोगकर्ताको एटीएम कार्डको पिन नम्बर र अन्य कोड नम्बर चोरी गरी रकम निकाल्ने गरेका घटना बढेको देखिन्छ । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो