उम्मेदवारमाथि आक्रमण शृङ्खला बढ्दो, कहाँ कहिले आक्रमण

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
4 Min Read

मङ्सिर २, काठमाडौं । रूकुमबाट नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्मामाथि गत कात्तिक २४ गते आक्रमण भयो ।

माओवादीले सञ्चालन गरेको सशस्त्र सङ्घर्षको आधार क्षेत्र रुकुममा पूर्वलडाकुमाथि भएको आक्रमणलाई विगतमा माओवादी छाडेका सहयोद्धासँग जोडियो।  धेरैको अनुमान थियो, शर्मामाथि माओवादीबाट अलग भएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आक्रमण गर्‍यो। यो खबर नारायण काफ्लेले आजको गोरखापत्रमा लेखेका छन्।

तर, घटनापछि न नेकपाले आक्रमणको जिम्मा लियो न त राज्य संयन्त्रले नै घटनाका दोषी पहिचान गर्न सक्यो।  निर्वाचन आयोगले उम्मेदवार र मतदाताको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण पनि गरायो।  सुरक्षा प्रमुख र गृह मन्त्रालयको समेत कार्यभार समालेका प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारको सुरक्षा गर्न सरकार सक्षम र प्रतिबद्ध रहेको बताए।

तर, क्रमशः उम्मेदवारमाथि आक्रमणका घटना रोकिएका छैनन्।  साताभित्र  नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) अर्थात् वाम र नेपाली काँग्रेस अर्थात् लोकतान्त्रिक गठबन्धनका गरी १० जनाभन्दा बढी उम्मेदवारमाथि आक्रमण भइसकेको छ।  पश्चिम रुकुमबाट सुरु भएको आक्रमणको शृङ्खला पूर्वमा भोजपुरदेखि राजधानीसँगै जोडिएको नुवाकोटसम्म जोडिएको छ।

शुक्रबार बिहान नुवाकोटको ककनीमा काँग्रेस उम्मेदवार डा. रामशरण महतको गाडी लक्षित गरी बम विस्फोट गराइयो।  घटनामा उम्मेदवार महत सुरक्षित रहनुभए पनि अन्य पाँच जना घाइते भए। शुक्रबार नै निवर्तमान सभामुख ओनसरी घर्ती तथा माओवादी केन्द्रका नेताहरू कृष्णबहादुर महरा र वर्षमान पुनमाथि रोल्पामा आक्रमण भयो।

कहाँ कहिले आक्रमण

स्थानीय चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको अवस्थामा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन पनि शान्तिपूर्ण हुने सुरक्षा संयन्त्रको विश्वास थियो।  निर्वाचन आयोगसँगको परामर्शमा गृह मन्त्रालयले सुरक्षा रणनीति लागू गरिसकेको थियो।  पहाडी क्षेत्रमा विप्लव र तराईमा सीमा क्षेत्रबाट भित्रिने साना हतियारलाई चुनावी सुरक्षामा असर पार्ने ‘फ्याक्टर’का रूपमा विश्लेषण भएको थियो।

चुनाव प्रचारप्रसारको गति बढ्दै गर्दा कात्तिक २४ देखि उम्मेदवारमाथि आक्रमणको सिलसिला सुरु भयो।  रुकुम पश्चिममा माओवादी केन्द्रका उम्मेदवार रहेका बिनाविभागीय मन्त्री शर्मामाथि आक्रमण  भयो।

भोलिपल्टै रोल्पामा माओवादीकै उम्मेदवार वर्षमान पुनलाई लक्षित गरी बम आक्रमण भयो। त्यसको २४ घन्टा बित्न नपाउँदै पुनमाथि आक्रमण प्रयाससमेत भयो।  बिहीबार रोल्पाको लिवाङ जाने क्रममा समेत पुनमाथि तेस्रोपटक आक्रमण भयो।

कात्तिक २८ गते वाम गठबन्धनका तर्फबाट भोजपुरमा प्रदेशसभाका उम्मेदवार रहनुभएका शेरधन राईमाथि चुनाव प्रचारका क्रममा आक्रमण भयो।  अङ्गरक्षक र गाडीमा क्षति पुगे पनि उनी सकुशल रहे।

वाम गठबन्धनका नेता लक्षित आक्रमण भइरहेका बेला कात्तिक ३० मा रोल्पामा काँग्रेस उम्मेदवार तथा सिँचाइ राज्यमन्त्री अमरसिंह पुनमाथि आक्रमण भयो। पुन लक्षित गरी बम विस्फोट गराइए पनि उम्मेदवार पुन सुरक्षित रहे।

त्यसै दिन माओवादी केन्द्रबाट गोरखा २ का उम्मेदवार नारायणकाजी श्रेष्ठको गाडी लक्षित गरी आक्रमण भयो।  आक्रमणका क्रममा उम्मेदवार श्रेष्ठ भने गाडीमा थिएनन्। त्यसै दिन बागलुङको गलकोट नगरपालिकामा वाम गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको थियो।

शुक्रबार अघिका आक्रमण उम्मेदवार लक्षित भए पनि क्षतिका दृष्टिले शुक्रबार काँग्रेस उम्मेदवार महतमाथि नुवाकोटमा भएको आक्रमणको प्रकृति फरक देखिएको छ।  चुनाव प्रचारमा हिँडेका पाँच कार्यकर्ता घाइते भएका  छन्।

एउटा गाडी पूर्ण रूपमा क्षति भएको छ।  शुक्रबार नै रोल्पामा निवर्तमान सभामुख ओनसरी घर्ती, माओवादी केन्द्रका रोल्पाका उम्मेदवार वर्षमान पुन र माओवादीकै दाङबाट प्रतिनिधिसभाका उम्मेदवार कृष्णबहादुर महरामाथि आक्रमण भयो।

प्रहरीको स्पष्टोक्ति

नेपाल प्रहरीले भने उम्मेदवार र मतदातामाथि सुरक्षा प्रत्याभूति गर्न प्रहरी लागिपरेको बताएको छ।  कतिपय स्थानमा सुरक्षा संयन्त्रको उपस्थिति कमजोर भएको र निकै टाढाबाट आक्रमणका घटना भएको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले बताए।

उनले भने, “हामीले सुरक्षा सतर्कता अपनाएका छौँ।  कतिपय स्थानमा सुरक्षा संयन्त्रको कम उपस्थिति र टाढाबाटै आक्रमण भएका छन्।  सुरक्षा संयन्त्रबाट पनि तत्कालै प्रतिकार भएका छन्।  हामीले सुरक्षा संयन्त्रलाई सतर्क रहन पनि आवश्यक निर्देशन दिइसकेका छौँ। ”

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply