2026-09-22 07:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनालग टिभी चलाईरहेकाहरुलाई आयो यास्तो खुशीको खबर !

मङ्सिर २, काठमाडौं । एनालग प्रविधिमा प्रसारण हुने टेलिभिजन थप एक महिना बन्द नहुने भएको छ । डिजिटल टेलिभिजन प्रसारण सुरु गरिसक्नुपर्ने म्याद गुज्रिएपछि सरकारले बिहीबारदेखि एनालग प्रविधिको टेलिभिजन प्रसारण बन्द गराएको थियो । 

बिहीबारदेखि नै महानगर बासिन्दाको टेलिभिजन प्रसारण एक्कासि बन्द भएपछि उनीहरूले त्यसको विरोध गरेका थिए । सरकारी निर्णयको चौतर्फी विरोध भएपछि सूचना तथा सञ्चार मन्त्रालयले एनालग प्रविधिको प्रसारण थप एक महिना बन्द नगर्ने निर्णय गरेको हो । यो खबर कृष्ण रिजालले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन् । 

मन्त्रालयले आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखी डिजिटल टेलिभिजन प्रसारणलाई थप एक महिना पर सारेको जनाएको छ । अर्थात् अझै एक महिना एनालग प्रविधिमा प्रसारित टेलिभिजन बन्द नहुने भएको हो । 

‘देशमा निकट भविष्यमै हुन गइरहेको निर्वाचनका लागि मतदाता शिक्षा प्रसारण भइरहेको छ,’ मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘केबल व्यवसायी महासंघका प्रतिनिधिलगायत व्यवसायीको समेत छलफलले एक महिनाका लागि एनालग टेलिभिजन प्रसारण गर्न सकिने निर्णय गरियो ।’

सरकारले २०६९ मा राष्ट्रिय नियमावलीमा संशोधन गरी केबल सञ्चालकहरूलाई एनालगबाट डिजिटल प्रणालीमा लैजाने व्यवस्था गरेको थियो । त्यसअनुसार पहिलो चरणमा गत वैशाख १५ गतेदेखि काठमाडौं महानगरपालिका, ललितपुर, विराटनगर, वीरगन्ज र पोखरा उपमहानगरपालिकामा र कात्तिक १५ गतेदेखि बाँकी उपमहानगरपालिका तथा नगरपालिकामा रहेको एनालग केबल टेलिभिजन डिजिटलमा रूपान्तरित भइसक्नुपर्ने हो ।

तर, हालसम्म पनि सबै एनालग टिभी डिजिटलमा रूपान्तरित हुन सकेको छैन । मन्त्रालयले १४ कात्तिकमा सूचना निकाल्दै एनालग टिभीलाई डिजिटलमा रूपान्तरण गर्न १५ दिने म्याद दिएको थियो । म्याद सकिएको दिन बिहीबार सरकारले ७ ओटा केबल टेलभिजन सेवा प्रदायकको एनालग प्रसारणमा रोक लगाएको थियो ।

तत्काललाई ३५ च्यानल

सरकारले निर्वाचनका लागि भन्दै एनालग प्रसारणलाई एक महिनासम्मका लागि निरन्तरता दिने निर्णय गरे पनि प्रसारण हुने च्यानलको संख्या भने कटाएको छ । 

डिजिटलमा रूपान्तरण नभएसम्मलाई एनालग प्रविधिमा ३५ वटा च्यानल मात्रै प्रसारण गर्न सकिने व्यवस्था गरेको हो । यसअनुसार अब एनालग प्रविधिमा प्रसारणरत टेलिभिजनमा ३५ वटा च्यानल मात्रै आउनेछ । तर, नेपाली च्यानललाई भने अनिवार्य गरिएको छ ।

कार्यतालिका बुझाउन ७ दिने म्याद

मन्त्रालयले एनालग टिभी प्रसारणलाई डिजिटलमा रूपान्तरण गर्ने सम्बन्धमा विस्तृत कार्यतालिका पेस गर्न केबल टेलिभिजन प्रदायकलाई ७ दिने म्याद दिएको छ । उक्त समयसम्ममा सेवा प्रदायकले कार्यतालिका बुझाइसक्नुपर्नेछ ।

कसरी जोड्ने डिजिटल टिभी ?

उपभोक्ताले आफ्ना पुरानै टेलिभिजनमा सेटअप बक्स जोडेर डिजिटल टेलिभिजन प्रसारण सेवा लिन सक्छन् । डिटिएच, आइपिटिभी, डिटिटिबीलगायतका टेलिभिजन प्रसारण प्रणाली सुरुवाती चरणदेखि नै डिजिटल प्रविधिमा सञ्चालनमा छन् । 

अहिले केबल वितरकहरू आफैँले डिजिटल प्रणालीमा आधारित प्रसारण केन्द्र (डिजिटल हेडइन्ड) स्थापना गरेर टेलिभिजन प्रसारणलाई डिजिटल बनाइरहेका छन् । जसअनुसार एनालग प्रविधिमा सेवा लिइरहेका उपभोक्ताले अनिवार्य रूपमा सेटअप बक्स जडान गर्नुपर्ने हुन्छ । 

डिजिटल टेलिभिजनमा फोटो तथा भिडियो सफा र वास्तविक देखिन्छ तथा आवाज पनि स्पष्ट सुनिन्छ । एनालग प्रवधिको केबल टिभीको प्रसारणलाई डिजिटलाइज्ड गरेपछि हालको भन्दा उच्च गुणस्तरयुक्त अडियो तथा भिडियोका साथ टेलिभिजन हेर्न सकिन्छ । डिजिटल टेलिभिजनमा इन्टरनेट, गेम, रेकर्डिङलगायत भ्यालु एडेड सर्भिस पनि उपलब्ध हुन्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो