2026-09-22 07:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेका आफ्ना श्रीमानले शंका गरेपछि… (भिडीयो हेर्नुहोस)

मङ्सिर ६, काठमाडौं । पछिल्लो समय समस्याको समाधानको मुख्य गन्तब्य बनेको सिधा कुरा जनतासँग कार्यक्रममा एउटा नयाँ र रोचक घटनाले प्रवेश गर्यो । 

पत्रकार रवि लामिछानेले न्युज २४ मा संचालन गरेको उक्त कार्यक्रममा  मंगलबार रुदै एक जना महिला आइन । ति महिलाको नाम थियो – मिना । उनि आफ्नै श्रीमानबाट पीडित छिन् । मलेलिसिमा कार्यरत उनकी  श्रीमानले पाईला पाईलामा उनि माथि शंका गरेपछि झोलामा विष बोकेर उनि उक्त कार्यक्रममा आएकी थिईन् । उनले कार्यक्रम अघि बिष खाएर मर्ने सोच पनि बनाईसकेकी थिइन् तर ८ बर्षकी छोरीलाई सम्झेर उनले आफ्नो बिबसता सबै माझ राख्ने गतिलो माध्यम सिधा कुरा जनतासँगलाई देखिन् ।

मीनाको श्रीमान मलेसियामा छन् । १५ बर्षको कलिलो उमेरमा उनले चितवनकै केटासँग विहे गरेकी थिइन् । अहिले उनिहरुको ८ बर्ष कि छोरी समेत छन् । तर रोजगारीको लागि मलेशिया गएका श्रीमानले उनलाई शंका गरीरहेका छन् । आफ्नै दाजुभाईसँग बोल्दा हिँड्दा समेत अनैतिक सम्बन्ध भन्दै अनावश्यक संका गर्ने, फोनमा बारम्बार धम्काउने, सम्बन्ध विच्छेद गर्ने , मार्ने भन्दै धम्काउने, काम गर्ने हरेक कार्यालयमा फोन गरेर कामबाट निकाल्न लगाउने गरेको उनको गुनासो छ ।

विहे गरेको डेढ महिनामा विदेशीएका उनी छोरी हुर्कीसकेपछी ३ बर्षमा मात्र नेपाल आएका थिए । नेपाल आएपछि शंका गर्ने कुटपिट गर्ने गरेको उनि बताउँछिन् ।

श्रीमानको ज्यादतीपछी मिनाले अहिले आफ्नो श्रीमान छाड्न पनि तयार रहेको बताएकी छिन् । त्यसो त श्रीमानले मायाँ गरेमा उनीसंगै जीवन बिताउन पनि राजीनै छिन् । 

लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा आएको यो पृथक घटनामा मिना एक प्रतिनीधि पात्र मात्र हुन् । पछिल्लो समय विदेशमा वस्ने युवाहरुले आफ्नी श्रीमति माथि संका गरेकै कारण सयौको संख्यामा सम्बन्ध विच्छेद भएका छन् । यस घटनाले श्रीमतीकै कारण मात्र पनि सम्बन्ध बिच्छेदको घटना हुँदैनन् त्यसको बिबिध कारण र क्रम जोडिएको हुन्छ भन्ने देखाउन खोजिएको छ, त्यसैले तपाइँ पनि मंगलबारको सिधा कुरा जनतासँग कार्यक्रम हेर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो