By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    17 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    18 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    18 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    18 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    24 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    7 minutes ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    23 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    24 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसको यस्तो तयारी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसको यस्तो तयारी
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसको यस्तो तयारी

साझासवाल
Last updated: November 23, 2017 3:02 am
साझासवाल
3 Min Read
Share

मङ्सिर ७, काठमाडौं । वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने भएको छ । 

प्रदेश २ को चुनावका लागि उसले राजपा र संघीय फोरमसँग गठबन्धन तयारी गरेको हो। राजपा र फोरम यसअघि नै चुनावी गठबन्धनमा सामेल छन्।

कांग्रेसले राजपासँग चुनावी गठबन्धनका लागि दस्ताबेजको मस्यौदा अध्ययनका लागि पठाइसकेको छ। राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले त्यसलाई अध्ययन गरेपछि कांग्रेस-मधेसवादी गठबन्धनको औपचारिक घोषणा हुनेछ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवानिकट स्रोतका अनुसार पार्टीले नेता विमलेन्द्र निधि र मीनेन्द्र रिजालको अगुवाइमा मधेसवादी दलसित चुनावी गठबन्धन गर्न औपचारिक प्रस्ताव पठाएको हो। निधि स्वास्थ्यलाभका लागि काठमाडौं आएका छन्। प्रदेश २ को चुनाव मंसिर २१ मा हुने भएकाले रिजाल त्यसअघि मोरङको आफ्नै चुनावी क्षेत्रमा व्यस्त हुनेछन्।

देशैभरि वाम गठबन्धनले आक्रामक चुनाव तयारी गरेपछि कांग्रेस फोरम र राजपासँग हात बढाउन प्रयासरत

विराटनगरबाट अन्नपूर्णसँग नेता रिजालले लोकतान्त्रिक गठबन्धनलाई बृहत् स्वरूप दिने प्रयासस्वरूप मधेसकेन्द्रित दलहरूसँग कुरा भइरहेको खुलाए। ‘लोकतान्त्रिक गठबन्धनलाई बृहत् स्वरूप दिन राजपालगायत साथीहरूसित प्रयास भइरहेको छ,’ रिजालले भने, ‘हामी यसलाई ठोस स्वरूपमा ल्याउन कुराकानी गरिरहेका छौं।’ प्रधानमन्त्रीका सल्लाहकार दिनेश भट्टराईले क्षेत्रीय स्तरमा कार्यगत एकता प्रयास भइरहेको बताए।

संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले काठमाडौंमा सहकार्यका लागि कुराकानी भइरहेको जानकारी दिए। उनले अहिलेसम्म ठोस सहमति बनिनसके पनि प्रदेश २ का लागि समझदारी बन्न सक्ने सम्भावना औंल्याए। ‘अहिलेसम्म ठोस निर्णय भइसकेको छैन, काठमाडौंमा हाम्रा साथीहरू कांग्रेससँग कुराकानीमा हुनुहुन्छ,’ यादवले भने।

यसअघि असोज १७ गते एमाले र माओवादीबीच गठबन्धन बनेको २४ घन्टा नबित्दै कांग्रेसले राप्रपा प्रजातान्त्रिक लगायतसँग सहकार्य गर्ने घोषणा गरेको थियो। त्यसयता लोकतान्त्रिक गठबन्धनले विभिन्न चुनाव क्षेत्रमा उम्मेदवारबीच सहमति निर्माण गर्न खोजे पनि वाम गठबन्धनको तुलनामा अड्चनहरू झेल्नुपरेको थियो।

मधेसवादीसँग औपचारिक सहमति नबन्दै कांग्रेसले फोरम अध्यक्ष यादव र राजपा अध्यक्ष ठाकुरलाई सघाउन आफ्ना उम्मेदवार फिर्ता गराइसकेको थियो। तर, धनुषामा निधि र राजपाका अर्का अध्यक्ष राजेन्द्र महतोबीचको टकराव व्यवस्थापन गर्न दुवै पक्षलाई अप्ठ्यारो परेको छ। 

फोरमका केन्द्रीय नेता योगेन्द्र यादवले भने, ‘प्रदेश २ को मुख्य भिडन्त भनेको निधि र महतोकै हो, त्यसलाई मिलाउन सकियो भने गठबन्धन प्रयास अघि बढ्छ। नत्र भन्न सकिन्न।’

राजपा नेता वृषेशचन्द्र लालले कांग्रेस र आफ्नो दलका राष्ट्रिय अध्यक्षका लागि एकअर्कालाई सघाउने दुईपक्षीय नीति बन्न सक्ने तर प्रदेशसभामा भने प्रतिस्पर्धा नै हुने बताए। 

यसअघि केही चरणका बैठकमा गठबन्धन प्रयास भए पनि असफल भएकाले अब उम्मेदवार विशेषका लागि सहयोग आदानप्रदानमा छलफल केन्द्रित हुने उनले जानकारी दिए। ‘अहिले त्यसैका लागि कुराकानी भइरहेको हो, छुट्टै गठबन्धन भनेर जान अलिकति ढिला भइसक्यो,’ लालले भने, ‘तैपनि हेरौं, शीर्ष नेताको तहमा के कुरा हुन्छ।’ अन्नपूर्ण पोष्ट दैनिक 

Share This Article
Facebook Email Copy Link Print
Previous Article आफैं भोट हाल्न पाउँदैनन् महिला ! यस्तो छ कारण
Next Article ‘मतदान गर्न भनेर भोको बस्न भएन, पेट पाल्नका लागि भारत नगई अरू उपाय छैन’
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

काठमाडौंमा घरको छतबाट खसेर एकजनाको मृत्यु

57 years ago
काठमाडौँ - KTMविश्व

कोरोना संक्रमण बढेपछि बेलायतको रेड लिस्टमा पर्यो नेपाल

57 years ago
काठमाडौँ - KTMझापा - JPसमाज

अर्कैसंग बिबाह हुन लागेपछि अंगालोमा बाधिएर प्रेमी-प्रेमिकाद्वारा आत्महत्या

57 years ago
काठमाडौँ - KTMसमाज

श्रीमतीको हत्या गरी शव घरभित्रै गाड्ने काठमाडौँबाट पक्राउ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?