2026-07-25 06:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जहाँको मतपरिणाममा छ सबैको चासो

मंसिर ११, काठमाडौं । पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ३२ जिल्लामा आइतबार मतदान सम्पन्न भएको छ ।  

पहिलो चरणका १११ जनप्रतिनिधिका लागि ७०२ उम्मेदवार चुनावी मैदानमा छन्।  यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ। जनमतको कसीमा सात सयभन्दा बढी उम्मेदवार उभिएका भए पनि केही निर्वाचन क्षेत्र गठबन्धनको अभ्यास, उम्मेदवारको व्यक्तित्व र राजनीतिक टकरावका कारण सबैको चासोको केन्द्रमा छ।  

उम्मेदवारीपछि सुरू भएको विवाद, आरोप प्रत्यारोप र सम्भवित नतिजाबारे आआफ्ना विश्लेषण छन् । पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमध्ये बहुचर्चित क्षेत्र हो गोरखा २।  जहाँ लोकतान्त्रिक गठबन्धनका तर्फबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र वाम गठबन्धनका तर्फबाट नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा छन्। 

कुनै समयमा एकै पार्टीका सहयोद्धा भट्टराई र श्रेष्ठबीचको प्रतिस्पर्धा रोचक छ।  पछिल्लो पटक वाम उम्मेदवार श्रेष्ठको पक्षमा केही बुद्धीजीवीले जिताउन अपिल नै जारी गरेपछि यो क्षेत्र थप चर्चामा छ।  

चुनावी सभाका क्रममा भएका घोचपेचले माहोल तरङ्गित छ।  पूर्वप्रधानमन्त्री भट्टराई र नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष श्रेष्ठको चुनावी नतिजा सबैका लागि चासोको केन्द्रमा छ।

सिन्धुपाल्चोकका दुवै निर्वाचन पनि चासोका केन्द्रका छन्।  अन्तिम पटकका लागि भन्दै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा काँग्रेसको सहयोगमा सिन्धुपाल्चोक २ मा प्रतिस्पर्धामा छन्। चार वर्षअघि २०७० को संविधानसभा सदस्यमा सिन्धुपाल्चोक ३ बाट पराजित राणाले यो पटक क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका हुन्।

क्षेत्र फरक भए पनि भूगोल र प्रतिस्पर्धी एकै हुन्।  २०७० मा राणालाई पराजित गरेका एमालेका शेरबहादुर तामाङ नै यो पटक पनि उक्त क्षेत्रमा उम्मेदवार छन्। सिन्धुपाल्चोक २ को चुनावी परिणाम सबैको चासोको विषय छ।

सिन्धुपाल्चोक २ जस्तै १ मा पनि चुनावी माहोल तातेको छ।  विशेषगरी चुनाव प्रचारका क्रममा उम्मेदवारले व्यक्त गरेको अभिव्यक्तिका कारण सिन्धुपाल्चोक १ तरङ्गित छ।  बहालवाला सञ्चारमन्त्री मोहन बस्नेत लोकतान्त्रिक गठबन्धन र पूर्वसञ्चारमन्त्री अग्नि सापकोटा वाम गठबन्धनका तर्फबाट उम्मेदवार छन्।

२०७० को संविधानसभा सदस्य निर्वाचनमा पार्टीको अप्रत्याशित नजिता आउँदा सापकोटा तत्कालीन बागमती अञ्चलबाटै माओवादीबाट निर्वाचित हुने एक मात्र सांसद् थिए। बस्नेत पनि यसअघि सिन्धुपाल्चोक १ को सोही क्षेत्रबाट निवाचित जनप्रतिनिधि हुन्। दुवैको चुनावी भिडन्त रोचक छ।  मतपरिणाम प्रतिस्पर्धी हुने आँकलन गरिएको छ।

नुवाकोटका दुवै क्षेत्रको चुनावी परिणामलाई पनि चासोका साथ हेरिएको छ।  नुवकोटबाट लगातार निर्वाचित हुँदै पटक पटक मन्त्री बनेका डा. रामशरण महत यो पटक पनि नुवाकोट १ बाटै प्रतिस्पर्धामा छन्। महतसँग दुई पटक पराजित हितबहादुर तामाङ वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुन्। गठबन्धनका कारण यो पटकको नतिजालाई निकै चासोका साथ हेरिएको छ।  

काँग्रेसकै अर्का प्रभावशाली नेता अर्जुननरसिंह केसी पनि नुवाकोट २ मा प्रतिस्पर्धामा छन्। वाम गठबन्धनले नारायणप्रसाद खतिवडालाई उम्मेदवार बनाएको छ।  यो क्षेत्रको नतिजा पनि रोचक हुने आँकलन छ।

त्यस्तै पाँचथरबाट कांग्रेसका भीष्मराज आङदेम्बे र एमालेका बसन्त नेम्वाङ तथा सोलुखुम्बुको कांग्रेसका बलबहादुर केसीको भाग्य फैसला पनि यसै चुनावले गर्दै छ। सोलुखुम्बुका हरेक चुनाव जित्दै आएका केसीसँग माओवादीका हेमकुमार राई प्रतिस्पर्धामा छन्।

ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडा र एमालेका यज्ञराज सुनुवार पनि आमने सामने भएका छन्। खतिवडा र सुनुवार दुबै नेता उत्तिकै चर्चित छन्। युवामाझ लोकप्रिय यी दुई नेतामध्ये कसको पक्षमा चुनावी परिणाम जाला भन्ने चासो छ।

माओवादी नेताहरु देव गुरुङ, वर्षमान पुन ‘अनन्त’, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र महेन्द्रबहादुर शाहीको भाग्य फैसला पनि पहिलो चरणको निर्वाचनबाट हुँदैछ। यी पाँचै जना माओवादी नेताहरुका प्रतिस्पर्धा नेपाली कांग्रेससँग छ। ताप्लेजुङबाट एमाले सचिव योगेश भट्टराई र कांग्रेसका केशव दाहाल उम्मेदवार छन्। 

उनीहरुको प्रतिस्पर्धा पनि रोचक हुने अनुमान गरिएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङका मतदाताले भट्टराई र दाहालमध्ये कसलाई जिताउलान् हेर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ