2026-09-22 07:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो चरणको निर्वाचनमा कस्तो छ दलको तयारी ?

मंसिर ११, काठमाडौं । कांग्रेसले पहिलो चरणमा उम्मेदवार बनेका नेतालाई आवश्यकताअनुसार दोस्रो चरण निर्वाचनका लागि खटाउने भएको छ । 

पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र प्रदेश सभाका ७४ क्षेत्रमा आइतबार निर्वाचन सकिएपछि कांग्रेसले उनीहरूलाई दोस्रो चरणमा खटाउने नीति लिएको हो। 

निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणले आवश्यकताअनुसार प्रतिनिधिसभाका ३५ सहित प्रदेश सभाका उम्मेदवारलाई बाँकी ४५ जिल्लामा खटाउने जानकारी दिए। यो खबर रमेश सापकोटा, वीरेन्द्र ओलीले आजको नयाँ पत्रिकामा लेखेका छन्।

‘निर्वाचन सकिए पनि केही उम्मेदवार प्राविधिक काममा जिल्लामै व्यस्त हुन सक्छन् तर अन्य ठाउँमा प्रचारमा जान तयार हुनेलाई हामी तत्काल खटाउँछौँ,’ खाणले भने, ‘४५ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाए पनि उम्मेदवार भइसकेकालाई विशेष प्रतिनिधिका रूपमा खटाउने तयारीमा छौँ।’ पहिलो चरणको निर्वाचन भए पनि मतगणना दोस्रो चरणको निर्वाचनपछि मात्र हुने भएकाले उम्मेदवार भइसकेका नेतालाई पनि प्रचारमा खटाएर पार्टीका पक्षमा थप माहोल बनाउने नीति कांग्रेसले लिएको हो। 

वाम गठबन्धन बन्दा धेरै सिट जित्न दबाबमा परेको कांग्रेसले प्रचारलाई थप प्रभावकारी बनाउन नेताहरूलाई जिल्लाको तल्लो तहसम्मै परिचालनको नीति लिएको छ। ‘हामी पहिलो चरणमा उम्मेदवारलाई पनि सोध्छौँ, जानुपर्ने ठाउँमा पठाउँछौँ। उहाँहरूको प्रभावकारिताअनुसार पठाउने तयारी छ,’ खाणले भने।

पहिलो चरणका शीर्ष नेता दोस्रो चरणको निर्वाचनमा केन्द्रित गर्दै एमाले

पहिलो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा उम्मेदवार भएका एमाले शीर्ष नेता दोस्रो चरणको निर्वाचनमा केन्द्रित हुने भएका छन्। पहिलो चरणमा उम्मेदवार भएका योगेश भट्टराई, शेरधन राई, पृथ्वी सुब्बा गुरुङ, अरुण नेपाल, राजेन्द्र पाण्डेलगायत नेता चुनावी प्रचारप्रसारमा खटिनेछन्। एमालेबाट पहिलो चरणभन्दा दोस्रो चरणको निर्वाचनमा धेरै शीर्ष नेता छन्।

एमाले सचिवसमेत रहेका भट्टराईले पहिलो चरणमा निर्वाचन भइसकेका क्षेत्रका नेतालाई चुनावी गतिविधिमा खटाइने बताए। ‘पहिलो चरणको निर्वाचन भर्खर सकिएको छ,’ उनले भने, ‘पहिलो चरणको निर्वाचनमा उम्मेदवार भएका शीर्ष नेतालाई कार्यतालिका बनाई खटाउँछौँ।’ निर्वाचन प्रचारप्रसारलाई आक्रामक बनाउन नेताहरूलाई व्यवस्थित रूपमा परिचालन गर्ने उनको भनाइ छ।

दोस्रो चरणको निर्वाचन प्रचारप्रसारमा जुट्दै माओवादी नेता

पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै माओवादी केन्द्रका सबै शीर्ष नेता दोस्रो चरणको निर्वाचन प्रचारप्रसारमा केन्द्रित हुने भएका छन्। दोस्रो चरणको निर्वाचन २१ मंसिरमा हुँदै छ। 

माओवादीले पहिलो चरणमा निर्वाचन भएका जिल्लाका उम्मेदवार कहाँ–कहाँ खटिने भन्ने विषयमा निर्णय नगरेको नेता शक्तिबहादुर बस्नेतले बताए। पहिलो चरणमा उम्मेदवार भएका नेता बस्नेत, वर्षमान पुन, जनार्दन शर्मा, अग्नि सापकोटा, कृष्णबहादुर महरालगायत नेता दोस्रो चरणको निर्वाचनको प्रचारप्रसारमा खटिने भएका छन्। 

जाजरकोटबाट प्रतिनिधिसभा उम्मेदवार रहेका बस्नेतले प्रदेश नम्बर ५ र ६ मा पर्ने जिल्लाका चुनावी कार्यक्रममा आफू केन्द्रित हुने बताए। ‘मेरो निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भइसकेको छ,’ उनले भने, ‘आगामी दिनमा निर्वाचन प्रचारप्रसारमा स्थानीय पार्टी नेता कार्यकर्तासँग सल्लाह गरेर कार्यतालिका बनाई खटिन्छु।’

दुवै राप्रपाले सम्पूर्ण पंक्ति परिचालन गर्ने

राप्रपा र राप्रपा प्रजातान्त्रिकले पहिलो चरणमा निर्वाचन सकिएका जिल्लाका नेता–कार्यकर्तालाई दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा खटाउने भएका छन्। कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट निर्वाचन लडेका दुवै दलले दोस्रो चरणको निर्वाचनका लागि पार्टीको सम्पूर्ण पंक्ति परिचालन गर्ने भएका हुन्। 

कुन नेतालाई कहाँ खटाउने भन्ने विषयमा भने दुवै पार्टीले बैठक बसेर निर्णय गर्ने बताएका छन्। राप्रपा र राप्रपा प्रजातान्त्रिकले प्रतिनिधिसभामा कांग्रेससँगको तालमेलमा चार–चार स्थानमा उम्मेदवारी दिएका छन्। राप्रपाले त्यसबाहेक झापा ३ मा वाम गठबन्धनसँगको तालमेलमा महामन्त्री राजेन्द्र लिङ्देनलाई उम्मेदवार बनाएको छ।

राप्रपा प्रजातान्त्रिकले पनि पहिलो चरणमा निर्वाचन सम्पन्न भएका जिल्लाका नेता–कार्यकर्तालाई दोस्रो चरणको निर्वाचनमा खटाउने प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए। 

‘जसरी भए पनि पार्टीलाई जिताउनु छ, लोकतान्त्रिक गठबन्धनलाई जिताउनु छ, त्यसैले अब पार्टीको सबै पंक्ति दोस्रो चरणमा निर्वाचन हुने स्थानमा खटिन्छन्,’ गुरुङले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो