2026-09-22 07:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ शक्तिका उम्मेदवारसहितको टोली माओवादी केन्द्रमा प्रवेश

मङ्सिर १२, काठमाडौँ  । नयाँ शक्ति पार्टी नेपालका प्रदेश नं.७ का समानुपातिक उम्मेदवारसहित चार जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

टीकापुरमा पत्रकार सम्मेलन गरी प्रदेशसभाका समानुपातिक उम्मेदवार सरस्वती शाह, केन्द्रीय सल्लाहकार सदस्य रोध बहादुर भण्डारी, जिल्ला सदस्य दिल बहदुर ठकुल्ला र संगठित सदस्य बाल कृष्ण सञ्ज्यालले नयाँ शक्ति परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्दै समानुपातिक उम्मेदवार शाहले कम्युनिस्ट भएर काम गर्दै आएको तर, पछिल्लो समयमा नयाँ शक्तिले कम्युनिस्टको नीति, सिद्धान्त छोड्दै गएकोले वाम गठबन्धनमा प्रवेश गरेको बताइन् । उनले पार्टी प्रवेशसँगै आफनो भुमिका र दायित्व निर्वाह गर्दै वाम गठबन्धनलाई जिताउने अभियानमा लाग्ने बताइन् ।

रोध बहादुर भण्डारीले पटकपटक सरकार परिवर्तन भैरहदा देशको विकास नहुने भएकोले स्थायी सरकार बनाई देशलाई नै समृद्धि बनाउनको लागि अहिले वाम गठबन्धनमा प्रवेश गरेको बताए ।

दिल बहादुर ठकुल्लाले नयाँ अवसर तथा स्वार्थको लागि नभई वाम गठबन्धनको स्थायी सरकार गठन र देशको शान्ति सुरक्षामा योगदान पुग्ने भएकोले आफू वाम गठबन्धनमा प्रवेश गरेको बताए । नयाँ पत्रका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो