By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    3 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    3 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    3 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    7 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    6 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: समानुपातिकमा अलमलिए मतदाता, वामलाई घाटा, लोकतान्त्रिकलाई फाइदा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > समानुपातिकमा अलमलिए मतदाता, वामलाई घाटा, लोकतान्त्रिकलाई फाइदा
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

समानुपातिकमा अलमलिए मतदाता, वामलाई घाटा, लोकतान्त्रिकलाई फाइदा

साझासवाल
Last updated: November 30, 2017 2:14 am
साझासवाल
5 Min Read
Share

मंसिर १४, काठमाडौं । गत १० मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फ मतदानका क्रममा मतदाता अलमलिएका छन् । विशेष गरेर वाम गठबन्धन दलको समानुपातिक चुनाव चिह्नमा मतदानका क्रममा मतदाता अलमलिएसँगै प्रत्यक्षको तुलनामा समानुपातिकतर्फ मत बदर बढी हुने देखिएको छ । यो खबर हामीले आजको राजधानीबाट लिएका हौ।

मतदाता शिक्षाको अभाव र दलहरूले गठबन्धन बनाएर निर्वाचनमा होमिएको तर निर्वाचन चिह्न र मतदान गर्ने तरिकाबारे मतदातालाई समयमा नसिकाउँदा उनीहरू निर्वाचनमा अलमलमा परेका हुन् ।

वाम गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायतले प्रत्यक्षतर्फ साझा उम्मेदवार बनाएर निर्वाचनमा सहभागी भए पनि समानुपातिकमा भने दुवै दलले आ–आफ्नो चुनाव चिह्न लिएर चुनाव लडेका थिए । प्रत्यक्षतर्फ साझा उम्मेदवारी दिएर निर्वाचनमा होमिएका दलहरूले आफ्नो दललाई मात्र भोट माग्न प्राविधिक समस्यासमेत थपिएको थियो । गठबन्धनका कारण एमाले र माओवादी केन्द्रले समानुपातिकतर्फ भोट माग्दा वाम गठबन्धनका नाममा माग्ने गरे पनि मतदान गर्ने तरिकाबारे भने चासो दिएका थिएनन् ।

दलहरूले मतपत्रबारे आवश्यक शिक्षा नदिनु र निर्वाचन आयोगले खटाएका कर्मचारीसमेत सबै स्थानमा पुगेर मतदाता शिक्षा दिन नसक्दा मतदातामा भने अलमल देखिएको हो ।

निर्वाचनलगत्तै मतदातासँग समानुपातिक मतपत्रबारे जानकारी लिँदा कतिले गत स्थानीय निर्वाचनमा जस्तै वारपार नै मत दायर गरेको, कतिपयले सूर्य र हसियाँ हथौडामध्ये एउटामा मात्र मत दायर गरेको, कतिपयले प्रदेशसभामा छुँदा पनि नछोई प्रतिनिधिसभातर्फ मात्र एक मत एमालेलाई र एक मत हसियाँ हथौडामा लगाएर प्रदेशसभामा मत नै नदेखिएको लगायत त्रुटि भेटिएको थियो ।

भोजपुरकी करिब ५५ वर्षीया मतदाताले आफूले सुरुकै लाइनमा रहेको सूर्य र हसियाँ हथौडामा मत दिएको बताइन् । उनले दुवै दलले एक÷एक ठाउँमा भोट दिनु भनेर मागेकाले दुवैलाई दिएको बताइन् । उनले एक भोट प्रतिनिधिसभा र एक भोट प्रदेशसभामा दिनुपर्नेमा प्रतिनिधिसभामा मात्र दायर गरेपछि उनको मत बदर देखिएको छ ।

खोटाङ साकेला गाउँपालिका–१ चण्डेश्वरी मावि मतदान केन्द्रका एक मतदाताले भने आफूले समानुपातिकतर्फ प्रतिनिधिसभामा पनि सूर्य र हसियाँ हथौडा तथा प्रदेशसभातर्फ पनि सूर्य र हथौडामा मतदान गरेको बताए ।

समानुपातिकमा प्रतिनिधिसभातर्फ एक दल र प्रदेशसभातर्फ एक दललाई भोट दिनुपर्नेमा मतदाता शिक्षा अभावका कारण मतदाताले भने कतिले प्रतिनिधिसभातर्फ दुवै दललाई मात्र दिएको, कतिले प्रतिनिधिसभा प्रदेशसभामा रहेका वाम गठबन्धनका सबै चुनाव चिह्नमा दिएको, कतिले सुरुको एउटा चिह्नमा मात्र दिएर अर्कोमा नदिएको समेत पाइएको हो ।

पहाडी जिल्लाका अधिकांश ग्रामीण भेगका मतदाताले आफूहरूलाई मतदान गर्ने तरिकाबारे सिकाउन दलका प्रतिनिधि र आयोगले खटाएका कोही पनि कर्मचारी नआएको बताएका छन् । 

उनीहरूले भोट माग्न एक पटक उम्मेदवार र नेता कार्यकर्ता आए पनि कसरी भोट लगाउने भन्नेबारे नसिकाएको बताएका छन् ।नेकपा माओवादी केन्द्रकी पोटिलब्युरो सदस्य तथा पूर्वसंविधानसभा सदस्य दुर्गा जयन्ती राई आफूहरू भोट माग्दै गाउँगाउँ पुगे पनि मतदाता शिक्षासम्बन्धी चेतना दिन नसकेको स्वीकार गर्छिन् । ‘हामी भोट माग्दै गाउँगाउँ त पुगेका हौं, तर यसरी भोट दिनुपर्छ भनेर सबैतिर बुझाउन नसकिएको भने पक्कै हो,’ उनले राजधानीसँग भनिन् ।

नेकपा एमाले नेता तथा निवर्तमान सांसद विशाल भट्टराई गठबन्धन भएकाले आफ्नो दललाई मात्रै पनि भोट माग्न नमिल्ने भएकाले एक÷एक भोट जसलाई मन पर्छ त्यसलाई दिनुस् भनेर माग्दा मतदाता अलमलमा परेको पाइएको बताए ।

‘गठबन्धनलाई समस्या के भने एउटा दललाई मात्र भोट दिनुस् भन्न पनि नमिल्ने, सँगै अर्को दलको साथी पनि हुने भयो,’ उनले भने, ‘एउटा सूर्यमा एउटा गोलाकारमा जुन मन पर्छ त्यसमा दिनुस् भनियो, त्यसो गर्दा धेरै मत बिग्रिएको पक्कै पनि हुनुपर्छ, एउटै चिह्न नहुनु दुर्भाग्य नै हो ।’

वामलाई घाटा, लोकतान्त्रिकलाई फाइदा

वाम तालमेल गरेर एमाले र माओवादी केन्द्र निर्वाचनमा सहभागी भए पनि आ–आफ्नै चुनाव चिह्न हुँदा लोकतान्त्रिक गठबन्धनलाई भने फाइदा पुग्ने देखिएको छ । 

मतदातालाई मतदान गर्ने तरिकाबारे शिक्षा दिन नसक्दा वाम गठबन्धनको धेरै मत बिग्रिने देखिएकाले त्यसको प्रत्यक्ष फाइदा नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई पुग्ने भएको छ ।

निवर्तमान सांसद तथा एमाले नेता भट्टराई समानुपातिकमा वाम गठबन्धनको बढी मत बिग्रिएको हुनसक्ने र कांग्रेसको मत कम बिग्रेको हुनसक्ने बताउँछन्।

‘कांग्रेसले प्रत्यक्ष र समानुपातिक दुवैमा रूखमा भोट माग्यो, माग्न पनि सजिलो हुने भयो, मतदातालाई भोट हाल्न पनि सजिलो नै हुने भयो,’ उनले भने, ‘तर गठबन्धन दललाई प्राविधिक समस्या थियो, साझा उम्मेदवार हुँदा समानुपातिकमा छुट्टाछुट्टै भोट मागेर हिँड्न पनि मिल्ने थिएन, यसले वाम गठबन्धनलाई घाटा लोकतान्त्रिकलाई फाइदा हुने नै भयो ।’

Share This Article
Facebook Email Copy Link Print
Previous Article पहिलोपटक हान्दा हामी सडकमै थियौँ, दोस्रो पटकमा त्रिशूलीमा खस्यौं (इन्दिराले जे देखिन्)
Next Article छाउपडीविरुद्ध बोल्न किन डराउँछन् उम्मेदवार ?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTMमोरङ्ग - MRG

जोगबनी नाका: यताका गाडी यतै, उताका गाडी उतै

57 years ago
काठमाडौँ - KTMबिचित्र संसार

यी युवती जसको नितम्ब देखेरै हुन्छन मान्छे फिदा,यिनले नितम्ब बाटै करोडौं कमाउँछिन्

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

युएई जान लागेका युवासँग अवैध शुल्क अशुल्ने ग्रीन स्टार ओभरसिजमा विभागको छापा

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचार

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?