२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उदयपुर बम विस्फोट: देख्नेहरू रुन्छन्, घाइतेहरू सम्झाउँछन्

२०७४, १५ मंसिर शुक्रबार ०३:२७

मङ्सिर १५, काठमाडौँ । २३ वर्षीया मीरा कटुवाललाई देख्नेहरूको आँखामा आँसु छचल्किन्छ । आफ्नो अवस्था देखेर अरूले आँसु पुछेको देख्दा उनी आँसु झार्दिनन् । शिक्षण अस्पतालको शड्ढयाबाट सम्झाउँदै भन्छिन्, ‘खुट्टा गुमेको हो । मस्तिष्क केही भएको छैन । नरुनुस् ।'

आफूलाई हेर्न आउने सर्वसाधारणसामु ‘बोल्ड' देखिए पनि प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार बिहान आफूलाई भेट्न आउँदा भने कटुवाल भावुक भइन् । उदयपुरको कटारीमा भएको बम विस्फोटनमा उनको बायाँ खुट्टा गुमेको छ, तैपनि हरेस खाएकी छैनन् । 

बैसाखीको सहारामा राजनीतिक मैदानमा देखिने कसम खाएकी छन् । उनी भन्छिन, ‘जनताको सेवा गर्न राजनीतिको विकल्प छैन ।' शिक्षण अस्पतालको अर्थोपेडिक वार्डमा भर्ना उनको बायाँ खुट्टा काटिएको छ । 

बमको छर्राले घाउ बनाएको अर्को खुट्टामा पोलेको अनुभूति भइरहन्छ । दायाँ खुट्टाको पनि छाला उप्किएको ठाउँमा दुखिरहन्छ । त्यही दुखिरहेको छोरीको घाउमा मलम लगाउन र स्याहार्न उनकी आमा आउँदै छिन् ।


उदयपुर क्षेत्र नं २ का कांग्रेस उम्मेदवार नारायण कार्की र कटुवालसहित सात जना चढेको बोलेरो गाडीमा बुधबार बिहान अज्ञात व्यक्तिले गराएको बम विस्फोटनमा पर्‍यो । उनीहरू नेपालटारस्थित चुनावी सभा सम्बोधन गर्न जाँदै थिए । 

बीच बाटोमै बम विस्फोटले घाइते भए । गाडीचालक राजन कार्कीको छेउमा बसेकी कटुवालको बायाँ खुट्टा र उम्मेदवार कार्कीको दायाँ खुट्टाको बीचमा बम पड्किएको थियो । ‘विस्फोटलगत्तै ड्राइभरमाथि घोप्टिन पुगेँछु', कटवालले घटना सम्झँदै भनिन्, ‘आफू जन्मे÷हुर्केको ठाउँमा चुनावी सभा भएकाले गएकी थिएँ । विस्फोटमा मार्न खोजेका रहेछन् ।'

उनी उदय श्री बहुमुखी क्याम्पसको नेविसंघ सभापति हुन् । नौ कक्षादेखि नै विद्यार्थी राजनीतिमा सक्रिय उनी स्थानीय तहमा लोकप्रिय थिइन् । उदयपुरगढी गाउँपालिका—१ मा घर भए पनि उनी कटारीमा डेरा लिएर बस्थिन् । 

बहिनी र भाइ काठमाडौंमा अध्ययनरत भए पनि उनी स्थानीय गाउँघरमै सक्रिय थिइन् । बीएड गरेकी कटुवाल कार्यालय सचिवका रूपमा कांग्रेस उम्मेदवार कार्कीको प्रचारप्रसारमा सक्रिय थिइन् । गढी गाउँपालिकाको उपप्रमुखमा उनको नाम सिफारिस गरिएको थियो । तर, उमेर सानो भएको भन्दै अर्कैलाई टिकट दिइयो ।

खुट्टा काट्नुपर्दा सुरुमा त उनलाई मरेकै भए पनि हुन्थ्यो होला भन्ने लाग्यो । विस्तारै मन सम्हाल्दै लगिन् । उनी भन्छिन्, ‘एउटा खुट्टा नभएर के भयो त ? मस्तिष्क त केही भएको छैन । गन्तव्यमा हिँडिसकेको व्यक्ति बीच बाटोमा पुगेर हार खानु हुँदैन भन्ने भावना आयो ।' उनको शरीरमा रगतको मात्रा न्यून भएकाले चिकित्सकले दुई पिन्ट रगत चढाइसकेका छन् । 

घटनास्थलमै उनलाई आफ्नो खुट्टा जोडिन सम्भव छैन, काटेर भए पनि बाँच्नुपर्छ भन्ने लागेको थियो र हेलिकोप्टरबाट तत्कालै शिक्षण अस्पताल ल्याइएको थियो । उनी आफ्नो खुट्टाभन्दा पनि ‘बाबा'ले सम्बोधन गर्ने कांग्रेस उम्मेदवार कार्कीको अवस्थाबारे चिन्तित थिइन् । आफ्नो र उहाँको पनि चिन्ताजनक अवस्थाले बेहोस भएछुँ', उनले एक दिन अगाडिको घटना स्मरण गरिन् ।

कांग्रेस उम्मेदवार कार्कीको अनुहार चिनिँदैन, हातमा प्लास्टर गरिएको छ । भेट्न आएका शुभचिन्तक बिहीबार सुँक्क-सुँक्क गर्दै थिए, सम्झाउन हम्मे-हम्मे परेको थियो । उनको दायाँ खुट्टा नजिकै बम पड्किएको थियो । छर्राले खुट्टा, हात र अनुहारमा चोट लागेको छ । उनलाई चोटभन्दा बढी भोटको चिन्ता छ । उनी भन्छन्, ‘पहाडमा घरदैलो गर्दा हामी उत्साहित थियौं । अरू आत्तिएका थिए ।'

‘जनतासँग हुन्छु, जनताबीच पुग्छु भन्ने खालको मान्छे हुँ', अस्पतालको शड्ढयामा भेट्न आएका शुभेच्छुकसँग उनले भने, ‘खुट्टाको अप्रेसन भयो । अब चुनावी सभामा जान सक्नुहुन्न चुप लागेर बस्नुस् भनेर डा.साबको सल्लाह छ तर मन मान्दैन ।' ०६४ सालको निर्वाचनमा हारेका उनले ०७० सालको चुनावमा भने जितेका थिए । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ