२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीका ठगी : चार महिनामै आठ सय उजुरी

२०७४, १७ मंसिर आईतवार ०२:३८

मन्सिर १७. काठमाडौं | चालू आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीमा हुने ठगीका करिब आठ सय उजुरी परेका छन्। चालू आव २०७४/७५ को साउनदेखि कात्तिकसम्म आफू ठगिएको भन्दै सात सय ९४ जना कामदारले वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्।

वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेकाहरू आफू ठगिएको भन्दै उजुरी दिन आउने गरेको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए। उजुरी दिनेको संख्या अहिले बढ्दो क्रममा छ। विभागमा सबैभन्दा बढी व्यक्तिगत ठगीका उजुरी परेका छन्। ‘कुनै पनि इजाजत कम्पनी नभएका व्यक्तिले विदेश पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको उजुरी दिने बढी छन्’, उनले भने। तर संस्थागत उजुरीमा भने कमी आएको छ। संस्थागत उजुरी भन्नाले म्यानपावर कम्पनीबाट भएको ठगी हो।

चालू आर्थिक वर्षको चार महिनामा म्यानपावर कम्पनीबाट ठगीमा परेको भन्दै तीन सय ८९ जना कामदारले उजुरी दिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। पछिल्लो समय व्यक्तिगत ठगीका घटना पनि बढिरहेका छन्। यस्तै व्यक्तिगत ठगीका चार सय पाँच वटा उजुरी दर्ता भएका छन्। रोजगारीका लागि दैनिक करिब दुई हजार नेपाली विभिन्न मुलुक जाने गरेका छन्। ऋण खोजेर वा जग्गा जमिन धितो राखेर विदेश पलायन हुने युवा स्वदेशमै दलाल र म्यानपावर व्यवसायीबाट ठगिइरहेका छन्। चालू आवको चार महिनामा मात्रै डेढ लाखभन्दा बढी युवा विदेश गइसकेका छन्।

चालू आवको चार महिनामा मात्रै डेढ लाखभन्दा बढी युवा विदेश पलायन भइसकेका छन्।

यसरी विदेश जानेले नेपालमा सम्झौता भएअनुसार काम नपाएको भन्दै व्यापक उजुरी दिने गरेका छन्। तलब र अन्य सुविधा पनि यहाँ भनेजस्तो दिइँदैन। म्यानपावर कम्पनीले पठाउँदा एउटा कम्पनी भन्ने र उता गएपछि अर्को कम्पनीमा काम गर्नुपर्ने कारण पनि बढी समस्या हुने गरेको विभागले जानकारी दिएको छ। ‘विदेश जाने बेलामा नेपाल सरकारले तोकेभन्दा बढी रकम तिर्ने र पछि समस्यामा परेर नेपाल आएपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको संख्या धेरै छ’, अधिकारीले भने, ‘संस्थागतभन्दा व्यक्तिगत उजुरीका समस्या समाधान गर्न कठिन हुन्छ।’

व्यक्तिगततर्फ उजुरी गर्न आउनेमा कन्सल्टेन्सीबाट ठगिएका बढी हुने गरेको विभागको भनाइ छ। खाडी र मलेसिया जाने कामदारभन्दा अमेरिका, पोर्चुगल, पोल्यान्डलगायत देश पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको संख्या बढी छ। यस्तो उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने गरेको विभागले जनाएको छ।

संस्थागततर्फ आफू ठगीएको भन्दै साउनमा एक सय १२, भदौमा ९८, असोजमा ६३ र कात्तिकमा एक सय १६ जना कामदारले उजुरी दिएका छन्। यसैगरी व्यक्तिगततर्फ आफू ठगिएको भन्दै साउनमा एक सय १८, भदौमा ९०, असोजमा ६९ र कात्तिकमा एक सय २८ जना कामदारले विभागमा उजुरी दर्ता गराएको अधिकारीले बताए।

पाँच सय उजुरीको छिनोफानो

विभागमा दर्ता भएका सात सय ९४ उजुरीमध्ये चार सय ७२ को छिनोफानो भएको अधिकारीको भनाइ छ। विभागले चालू आवको चार महिनामै तीन सय ९७ वटा संस्थागततर्फ परेका उजुरीको छिनाफानो गरिसकेको छ। यसमा कात्तिकमा एक सय ५७, असोजमा ५०, भदौमा एक सय १३ र साउनमा ५७ वटा उजुरीको टुंगो लगाइएको छ। यसैगरी विभागले व्यक्तिगत ठगीतर्फ परेका चार सय पाँच उजुरीमध्ये ७४ वटा मात्रैको छिनोफानो गरेको छ।

यसमा विभागले कात्तिकमा १०, असोजमा १५, भदौमा २१ र साउनमा २८ वटा उजुरीको छिनोफानो लगाउँदै पीडितलाई क्षतिपूति दिलाएको थियो। विभागका दर्ता भएका चार सय पाँचवटा व्यक्तिगत उजुरीकर्ताले २३ करोड दुई लाख पाँच करोड रुपैयाँभन्दा बढी बिगो रकम भराइएको छ।

यसैगरी विभागमा दर्ता भएका तीन सय ८९ जना संस्थागत उजुरीकर्ताले नौ करोड ७५ लाख रुपैयाँभन्दा बढीको दाबी गरेका थिए। यसमा विभागले दुई करोड दुई लाख रुपैयाँभन्दा बढी बिगो रकम म्यानपावर कम्पनीसँग भराई पीडितलाई उपलब्ध गराएको छ।

९१ उजुरी अदालतमा

विभागले चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ९१ वटा उजुरी अदालतमा दर्ता गरेको छ। विभागका अनुसार म्यानपावर कम्पनीका नाममा आउने संस्थागततर्फको उजुरी अदालतमा गएको छैन। विभागले पीडित र म्यानपावर कम्पनीलाई एकै ठाउँमा राखेर मिलाउँदै पीडितलाई क्षतिपूर्ति दिलाएको अधिकारीले बताए। तर व्यक्तिगत उजुरी भने कानुनको दायरामा बढी जाने गरेका छन्। चार महिनामा अदालतमा दर्ता भएका सबै उजुरी व्यक्तिगत ठगीका रहेको उनले जानकारी दिए।

व्यक्तिगत उजुरीकर्ताबाट अदालतमा ११ करोड ५५ लाख रुपैयाँबराबरको बिगो दाबी गरिएको छ। विभागले अहिलेसम्म म्यानपावर कम्पनीलाई कामदार पठाउँदा सम्झौता अनुसार सेवा सुविधा उपलब्ध गराउन नसकेको र विभागको नियम उल्लंघन गरेको भन्दै ४२ लाख रुपैयाँ जरिवाना गरिएको छ।  – अन्नपूर्णपोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग