By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    3 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    21 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    24 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    24 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    24 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सात मुख्यमन्त्रीमा तीन दर्जन आकांक्षी, कुन दलबाट कति छन् ? (सुचिसहित)
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सात मुख्यमन्त्रीमा तीन दर्जन आकांक्षी, कुन दलबाट कति छन् ? (सुचिसहित)
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

सात मुख्यमन्त्रीमा तीन दर्जन आकांक्षी, कुन दलबाट कति छन् ? (सुचिसहित)

साझासवाल
Last updated: December 4, 2017 2:26 am
साझासवाल
6 Min Read
Share

मंसिर १८, काठमाडौं । पार्टीको केन्द्रीय राजनीति त्याग गर्दै मुख्यमन्त्री बन्ने लोभमा केही नेता प्रदेशसभाको निर्वाचनमा होमिएका छन्। पूर्वमन्त्री, पूर्वसांसदसमेत भइसकेका र केन्द्रीय राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने ती नेताहरू आफूलाई मुख्यमन्त्रीको दाबीसहित मत मागिरहेका छन्। यो खबर हामीले आजको राजधानीबाट लिएका हौ ।।

प्रदेशसभाको उम्मेदवार बनेका नेताहरू अब केन्द्रीय राजनीति नभई प्रदेशकै राजनीतिको नेतृत्व गर्नेगरी प्रदेशतर्फ फर्केका हुन्। सर्वसाधारण जनताका बीचमा पुगिरहेका उनीहरूले आफू प्रदेशसभाका उम्मेदवार मात्रै नभई भावी मुख्यमन्त्रीको उम्मेदवारसमेत रहेको दाबी गर्दै आफैंलाई मतदान गरी विजयी बनाउन आग्रह गरिरहेका छन्।

यद्यपि अहिलेसम्म कुनै पनि पार्टीले मुख्यमन्त्रीको आधिकारिक निर्णय गरेका छैन। निर्वाचनपछि पार्टीको हैसियत एवं अन्य पार्टीसँग हुने तालमेलका आधारमा प्रदेश सरकार निर्माण हुने भएकाले निर्वाचनबाट आउने परिणामपछि नै मुख्यमन्त्रीको निर्णय गरिने नेताहरू बताउँछन्।

एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनबाट मुख्यमन्त्री बन्नेको होडबाजी नै छ। कांग्रेसभन्दा बढी मुख्यमन्त्रीका दाबेदार वाम गठबन्धनबाट बढी छन्। सर्वसाधारणसँग मत माग्दै प्रचारप्रसारमा रहेका उनीहरूले आफू भावी मुख्यमन्त्रीको उम्मेदवार रहेकाले आफ्नो पक्षमा मतदान गरिदिन आग्रह गरिरहेका छन्।

पूर्वपर्यटनमन्त्री तथा दुईपटक सांसद भइसकेका एमालेका सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्रीका दाबेदार हुन्। मुख्यमन्त्री बन्नैका लागि उनी सुनसरी–२ को प्रदेशसभा (ख) बाट उम्मेदवार छन्।

प्रदेश १ मा आचार्यसँग भोजपुर–१९ख० बाट प्रदेशसभाको उम्मेदवार बनेका एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश १ का उपप्रमुख शेरधन राईले पनि भावी मुख्यमन्त्रीको दाबेदारका रूपमा आफूलाई प्रस्तुत गरे। उनको क्षेत्रमा निर्वाचन सम्पन्न भइसकेको छ।

माओवादी केन्द्रका नेता टंक आम्बुहाङले पनि मुख्यमन्त्रीको दाबी गर्दै मत मागे। उनको क्षेत्र ताप्लेजुङ १ (ख) मा निर्वाचन भइसकेको छ।

प्रदेश १ मा वाम गठबन्धनको प्रदेशसभातर्फ बहुमत आउने पूर्वअनुमानका साथ यहाँ मुख्यमन्त्रीका दाबेदारको संख्या बढी भएको छ।

कसका दाबेदार कति ?

कांग्रेस–६

एमाले–१४

माओवादी केन्द्र–५

राजपा नेपाल–७

फोरम नेपाल–३

प्रदेश २ मा मुख्यमन्त्रीको दौडमा वाम गठबन्धनका तर्फबाट तीन जना नेता छन्। एमाले स्थायी कमिटीका सदस्य एवं प्रदेश २ का संयोजक सत्यनारायण मण्डल, पोलिटब्युरो सदस्य एवं प्रदेश २ का सहसंयोजक नागेन्द्र चौधरी, माओवादी केन्द्रका नेता भरत साह वाम गठबन्धनबाट भावी मुख्यमन्त्रीका दाबेदारका छन्।

प्रदेश २ मा कांग्रेसको तर्फबाट पूर्वराष्ट्रपतिका छोरासमेत रहेका नेता डा चन्द्रमोहन यादव र प्रेमकिशोरप्रसाद साहले मुख्यमन्त्रीको दाबीसहित चुनावी प्रचारप्रसारमा छन्।

यादव धनुषा ४ (क) र साह धनुषा १ (क) बाट प्रदेशसभाका लागि चुनावी प्रतिस्पर्धामा छन्। राजपा नेपाल र फोरम नेपालको मधेसवादी गठबन्धनले बहुमत ल्याए आफ्नै नेतृत्वमा प्रदेश सरकार गठन गर्ने दाबी गर्दै आएका छन्।

आफ्नो बहुमत आउने पूर्वअनुमानका गर्दै मधेसवादी गठबन्धनबाट भावी मुख्यमन्त्रीका लागि दाबेदार अन्य पार्टीभन्दा बढी छन्।

मधेसवादी गठबन्धनबाट मुख्यमन्त्रीमा राजपा नेपालबाट राजकुमार लेखी, मनीष सुमन, परमेश्वर साह, सुरिता साह, रानी तिवारी, उपेन्द्र महतो र जितेन्द्रप्रसाद सोनारको छ।

लेखी सप्तरी–१ (क), सुमन सप्तरी–२ (ख), साह धनुषा–३ (ख), सुरिता महोतरी–२ (ख), तिवारी महोत्तरी–३ (ख), महतो सर्लाही–१ (क) र सोनार बारा–४ (ख) बाट प्रतिस्पर्धामा छन्।

यसैगरी फोरम नेपालबाट पार्टीका उपाध्यक्ष लालबाबु राउतका साथै पारसप्रसाद साह, शैलेन्द्र साह पनि भावी मुख्यमन्त्रीको दाबेदार छन्। राउत पर्सा–१ (ख), पारस बारा–३ (ख) र शैलेन्द्र सप्तरी–२ (क) बाट उम्मेदवार छन्।

प्रदेश ३ मा एमाले उपाध्यक्ष एवं प्रदेश ३ की संयोजक अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्यत्रय राजेन्द्र पाण्डे, अरुण नेपाल, पशुपति चौलागाईं, माओवादी केन्द्रबाट शालिकराम जमरकट्टेल र कांग्रेसबाट इन्द्र बानियाँले भावी मुख्यमन्त्रीका रूपमा आफूलाई प्रस्तुत गरिरहेका छन्।

प्रदेश ४ को मुख्यमन्त्रीका लागि एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङ प्रतिस्पर्धामा छन्। पार्टीको प्रदेश प्रमुख, पूर्ववनमन्त्री एवं पूर्वसांसद रहेका किरणले आफूलाई मुख्यमन्त्री बनाउन भन्दै पार्टीमा लबिङसमेत थालेका छन्।

पूर्वपर्यटनमन्त्री एवं पूर्वसांसद पृथ्वीसुब्बाले आफू पार्टीको सचिव एवं संगठन विभाग प्रमुखसमेत भएकाले आफू नै भावी मुख्यमन्त्री बन्नुपर्ने दाबी गरिरहेका छन्। किरण तनहुँ–२ (ख) र पृथ्वीसुब्बा लमजुङ–१ (ख) बाट प्रदेशसभाका उम्मेदवार छन्। दुवैको क्षेत्रमा निर्वाचन भइसकेको छ।

माओवादी केन्द्रबाट प्रदेश ४, ५ र ७ मा कसैले पनि मुख्यमन्त्रीको दाबी गरेका छैनन्। कांग्रेसबाट प्रदेश ४ मा ध्रुव वाग्लेले दाबी गरेका छन्। तनहुँ–२ (ख) बाट प्रदेशसभाका उम्मेदवार वाग्ले तनहुँका पूर्वपार्टी सभापति र पूर्वसांसदसमेत हुन्।

प्रदेश ५ मा वाम गठबन्धनबाट भावी मुख्यमन्त्रीका एक मात्र उम्मेदवारका रूपमा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल छन्। एमाले र माओवादीका शीर्ष नेताले भावी मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि उनी दाङ–२ (क) बाट उम्मेदवार छन्।

प्रदेश ५ मा भावी मुख्यमन्त्रीका लागि कांग्रेसबाट अहिलेसम्म खुलेर कसैले दाबी गरेका छैनन्। यसैगरी प्रदेश ६ मा एमाले पोलिटब्युरो सदस्यद्वय यमलाल कँडेल र प्रकाश ज्वालाको दाबी छ।

माओवादीबाट प्रदेश ६ को भावी मुख्यमन्त्रीका लागि महेन्द्रबहादुर शाही र नरेश भण्डारी दाबीमा छन्।

प्रदेश ६ मै कांग्रेसबाट भावी मुख्यमन्त्रीको दाबी गर्ने पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही छन्। सुदूरपश्चिमको प्रदेश ७ मा एमालेबाट मुख्यमन्त्रीको मुख्य दाबेदारका रूपमा कर्णबहादुर थापा छन्।

पार्टीको पोलिटब्युरो सदस्य एवं पूर्वउद्योगमन्त्री रहेका थापा समानुपातिकतर्फको प्रदेशसभा उम्मेदवार छन्। यसैगरी कांग्रेसबाट बहादुरसिंह थापाले भावी मुख्यमन्त्रीको दाबी गरिरहेका छन्।

कञ्चनपुर २ (ख) बाट उम्मेदवार बनेका थापा पूर्वसांसद हुन्। (राजधानी दैनिक)

Share This Article
Facebook Email Copy Link Print
Previous Article दुई लाख सेवाग्राही लाईसेन्सबिहीनः किन पाइँदैन स्मार्ट लाईसेन्स ?
Next Article चुनावको मुखैमा पर्वत काँग्रेसलाई पर्यो यो कस्तो आपत…
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

९४ क्षेत्रको मतगणना जारी

5 months ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

रास्वपा बैठक जारी

1 year ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

मलद्वारमा लुकाइएको तीन किलो ३ सय ग्राम सुन यसरी झिकियो

57 years ago
पत्रपत्रिकाबाटबाग्लुङ्ग - BGL

ढोरपाटन शिकार आरक्षणमा एसएलआर फेला

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?