२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किसानलाई गाई-भैँसी सुत्केरी भत्ता, कसरी पाइन्छ ?

२०७४, २० मंसिर बुधबार ०२:०७

मंसिर २०, काठमाडौं | सरकारले गत वर्ष र यो वर्ष गरी गाई भैँसीलाई सुत्केरी भत्ताबापत सवा करोड रुपैयाँ वितरण गरेको छ । गत वर्षदेखि सुरु भएको कार्यक्रमका लागि पशुसेवा मन्त्रालयमातहतको पशु उत्पादन निर्देशनालयले यो वर्ष ४० जिल्लाका ४ हजार किसानलाई गाई–भैँसी सुत्केरी भत्ताबापत १ करोड रुपैयाँ स्थानीय निकायलाई हस्तान्तरण गरेको हो । 

गत आर्थिक वर्ष २०७३-७४ मा किसानले गाई–भैंसी सुत्केरी भत्ताबापत २३ लाख रुपैयाँ पाएका थिए। पशु उत्पादन निर्देशनालयले गत वर्ष १० जिल्लाका १ हजार किसानलाई भत्ता दिने लक्ष्य लिएकोमा त्यसभन्दा केही कमले भत्ता पाएका हुन्। यद्यपि, ९ सय २१ ले किसानले मात्र भत्ताका लागि आवेदन दिएको निर्देशनालयका पशु विकास अधिकृत मेघराज ढकालले जानकारी दिए। गत वर्ष इलाम, उदयपुर, ललितपुर, नुवाकोट, पर्वत, स्याङ्जा, प्युठान, सुर्खेत, डडेल्धुरा र बैतडीमा कार्यक्रम सञ्चालन भएको थियो। ‘प्रत्येक जिल्लामा १ सय किसानका दरले १ हजारलाई भत्ता वितरण गर्ने लक्ष्य थियो,’ ढकालले भने, ‘तर, त्यसभन्दा थोरैको आवेदन परेकाले सबैले गाई–भैँसी स्याहार्न भत्ता लगेका छन्।’

सरकारले गत वर्षदेखि सुत्केरी गाई–भैँसी स्याहार्ने किसानलाई २ हजार ५ सय रुपैयाँ दिन थालेको हो। गोठमा गर्भाधान भएको वा हुन लागेका गाई–भैँसी पाल्ने किसानले भत्ता लिन सम्बन्धित स्थानीय निकायमा जानकारी दिनुपर्ने निर्देशनालयका पशु विकास अधिकृत मेघराज ढकालले जानकारी दिए। ‘सुत्केरी गाई–भैँसी स्याहार्न किसानलाई सजिलो होस् भन्ने हिसाबले भत्ता वितरण थालिएको हो,’ उनले भने।

घरमा रहेको गाई–भैँसी गर्भाधान भएपछि किसानले सम्बन्धित स्थानीय निकायमा गएर प्रोत्साहन भत्ताका लागि आवेदन दिनुपर्छ। स्थानीय निकायमा रहेको मूल्यांकन समितिले पहिला आवेदन दिने किसानलाई पहिलो प्राथमिकतामा राखेर अनुदान वितरण गर्ने प्रावधान छ। तर, प्रत्येक स्थानीय तहमा निश्चित संख्यामा मात्रै अनुदान दिने गरी कोटा तोकिएको छ। त्यसैले, एउटा स्थानीय तहभित्र पर्नै सबै किसानले आफ्नो घरमा सुत्केरी हुने गाई–भैँसी स्याहार्न भत्ता नपाउन सक्छन्। ‘जसले छिटो नाम टिपायो, उसैले आफ्नो घरमा रहेको गाई–भैँसी सुत्केरी हुनासाथ भत्ता पाउने सम्भावना बढी हुन्छ,’ ढकालले भने। किसानले गाई–भैँसी ब्याएपछि भत्ता पाउन प्रमाणसहित स्थानीय निकायमा जानकारी गराउनुपर्छ। त्यसपछि, मूल्यांकन समितिले एकमुष्ट २ हजार ५ सय रुपैयाँ सुत्केरी गाई–भैँसी स्याहार्न किसानलाई भत्ता उपलब्ध गराउँछ। एउटा स्थानीय तहमा तोकिएको कोटाभन्दा कम आवेदन परेको खण्डमा र मूल्यांकन समितिले उचित ठह¥याएमा एउटै किसानको एक वर्षभित्र एउटाभन्दा बढी गाई–भैँसी ब्याएको प्रमाणका आधारमा भत्ता लिन सक्छन्।

यो वर्ष पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, उदयपुर, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखा, ललितपुर, धादिङ, मकवानपुर, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, गोरखा, लमजुङ, अर्घाखाँची, सल्यान, रुकुम, रोल्पा, प्युठान, गुल्मी, पाल्पा, कालिकोट, सुर्खेत, दैलेख, जाजरकोट, बैतडी, डडेल्धुरा, डोटी र बझाङका साना किसानलाई सुत्केरी भत्ताका लागि बजेट विनियोजन भएको छ। यी जिल्लाका १ सय ८२ स्थानीय तहमा भत्ता दिने गरी बजेट विनियोजन भएको हो। – नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो