2026-11-05 08:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गैरकानुनी अमेरिका छिर्ने नेपालीको खुट्टामा जीपीएस

मङ्सिर २०, काठमाडौँ |  नेपालदेखि स्थलमार्ग हुँदै गैरकानुनी ढंगले अमेरिका छिर्नेहरू दैनिक तीनदेखि चार जना न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास आइपुग्ने गरेका छन् । तीमध्ये खुट्टामा जीपीएस (व्यक्ति कहाँ पुगेको छ भनेर पत्ता लगाउने मेसिन) बाँधिएका एक जना छन् । 

स्थलगत मार्गबाट आउने केही छुटपुटबाहेक सबै दूतावासको सम्पर्कमा आउने गर्छन् । उनीहरू नेपाली दलालमार्फत नेपालबाट हिँडेर विभिन्न मुलुकका दलाल भेट्दै पैसा बुझाउँदै आइपुगेका हुन्छन् ।

यसरी नेपालबाट क्यारेबियन मुलुक, साउथ अमेरिका, मेक्सिकोको बोर्डर हुँदै अमेरिका आइपुग्न तीन महिनादेखि नौ महिनासम्म लाग्छ । कतै मरुभूमिमा हिँड्दै, मालवाहक ट्रकमा कोचिएर, महिनौं दिनसम्म पानीमात्रै पिएर, कतै पानीजहाज चढ्दै, कतै लुकेर धेरै दुःख झेल्दै आइपुगेका हुन्छन् ।

एउटा व्यक्ति यहाँसम्म आइपुग्दा सामान्यतया ४० देखि ५० लाख खर्च भएको हुन्छ । ‘७५ लाखसम्म दलाललाई बुझाएर आएको मान्छे भेटियो’, दूतावासका एक अधिकारीले भने, ‘ताप्लेजुङको फुङलिङबाट ६ महिना लगाएर, त्यत्रो पैसा खर्च गरेर आइपुगेको मान्छेले कहिले त्यो ऋण तिरिसक्ने ? सुरुका केही महिना त काम गर्न पनि पाउँदैनन् । उनीहरूलाई खान र बाँच्नकै लागि समस्या हुन्छ ।’

उनीहरू अमेरिका छिर्नेबित्तिकै आत्मसमर्पण गर्छन् । इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले हिरासतमा राख्छ र अन्तर्वार्ता लिएर असाइलम (राजनीतिक संरक्षण) फाइल गर्छ । यसरी आइपुगेका सबैले असाइलम फाइल गर्न पाउँछन् । त्यसपछि आइसका अधिकारीहरूले केही रकम धरौटी लिएर मुद्दाअनुसार केहीलाई खुट्टामा जीपीएस लगाएर छोडिदिन्छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले आप्रवासी नीतिमा कडाइ गर्न थालेपछि त्यसरी धरौटी बुझाउनुपर्ने रकमको दर बढेको छ । पहिले मुद्दा हेरेर पाँचदेखि १० हजारसम्म बुझाउनुपथ्र्यो भने अहिले १० हजारभन्दा बढी रकम बुझाइरहेका छन् ।

आइसले अन्तर्वार्ता लिँदा ती नागरिकसँग केही कागजात हुँदैन । ‘उसले नेपाली हुँ भनेको भरमा आइसले सानो नोट दिएर पठाएको हुन्छ । कतिपय खुट्टामा जीपीएस बाँधेकाहरू रुँदै दूतावास आइपुग्छन्’, ती अधिकारीले भने, ‘उनीहरूले पासपोर्ट प्राप्त गर्नका लागि आवश्यक कागजात लिएर आए भने मात्रै हामीले पासपोर्टको प्रक्रिया अघि बढाउँछौं ।’

खुट्टामा जीपीएस बाँधेका व्यक्ति कहाँ पुगे र त्यो ठाउँमा कति समय बिताए भन्ने रेकर्ड हुन्छ । उनीहरूले काम गर्न पाउँदैनन् । नेपालबाट कागज मगाएर दूतावासमा पेस गरेपछि दूतावासले पार्सपोर्टका लागि पहल गर्छ । पासपोर्ट आइपुग्न तीन/चार महिना लाग्छ । त्यसपछि मात्रै उनीहरूले ‘वर्क परमिट’ पाउँछन् । काम गरेर पैसा कमाउन नपाएपछि यो तीन÷चार महिनाको अवधिमा उनीहरूले चरम आर्थिक अभाव झेल्नु परिरहेको छ । – अन्नपूर्ण पोस्टबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट