2026-09-22 05:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस नेता सिटौलामाथि अपजसको भारी

पुस २, झापा | झापाबाट उदाएर कांग्रेसभित्र प्रभावशाली छवि र स्थान बनाएका नेता कृष्णप्रसाद सिटौलाका लागि  यसपटकको निर्वाचन बिर्सनलायक रह्यो। उनी आफै त हारे नै, गृहजिल्लाका अन्य उम्मेदवारको हारको अपजस पनि उनकै थाप्लोमा आइलागेको छ। 

त्यसैले अन्य उम्मेदवार पार्टीको हारपछि निराश भएका कार्यकर्तालाई भेट्दै, मतदातालाई आभार प्रकट गर्दै हिँडिरहँदा सिटौला भने काठमाडौं गइसकेका छन्। उनको अनुपस्थितिमै सही, जिल्लाका नेताकार्यकर्ता भने उनीविरुद्ध सार्वजनिक रुपमै आक्रोश पोख्दै हिँडिरहेका छन्। उनको आफ्नै क्षेत्रका कार्यकर्ता पनि सिटौला विपक्षी दलका कार्यकर्ताको उक्साहटमा लागेर फसेको बताइरहेका छन्। ‘माओवादी र एमालेका नेताहरु तपाईं कुनै हालतमा चुनाव लड्नुपर्छ हामी जिताउँछौं भन्दै उहाँलाई दबाब दिँदारहेछन्’, भद्रपुर कांग्रेसका एक पदाधिकारीले भने, ‘अनि आफ्नै केही कार्यकर्ता पनि सिटौला चुनाव लडे खर्चको जोहो हुने लोभले उक्साउँदा रहेछन्। परिस्थितिको आकलनमा उहाँ पुरै चुक्दा समस्या आयो।’

त्यसो त सिटौलाप्रतिको आक्रोश झापा १ मा सबैभन्दा धेरै छ। विश्वप्रकाश शर्माको पराजयमा सिटौलाकै भूमिका मुख्य रहेको भन्दै कार्यकर्ता पंक्ति आक्रोश व्यक्त गरिरहेको छ। ‘झापामा कांग्रेस पराजयको एउटा मुख्य कारण सिटौलाको दम्भ नै हो’, झापा क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सहसचिव रुपसागर अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोखेका छन्, ‘आफू समानुपातिकमा बसेर राप्रपासँग तालमेल गरेको भए नतिजा अर्कै आउनसक्थ्यो।’ सिटौलालाई अपजस लगाउनेमा कार्यकर्ता मात्रै छैनन्, केही उम्मेदवारले पनि उनैलाई अपजसको भारी बोकाइरहेका छन्।

मुख्यतया सिटौलाको आफ्नै क्षेत्र झापा ३ र युवा नेता विश्वप्रकाश शर्माको क्षेत्र झापा १ लाई कांग्रेसले आफ्नो सम्भावित जित हुने क्षेत्रमा राखेको थियो। झापा १ र ३ नजिते मेची अञ्चल निल हुने भविष्यवाणी नेताहरुको थियो। भयो पनि त्यस्तै। मेचीका चार जिल्लामा रहेका नौ प्रतिनिधिसभा र १८ प्रदेशसभा सिट कतै पनि कांग्रेसले जित दर्ता गर्न सकेन। अझ झापामा त शर्माबाहेक कांग्रेसका सबै उम्मेदवार १३ हजारभन्दा बढी मतान्तरमा पराजित भए। सिटौला आफैं पनि राजेन्द्र लिङ्देनसँग १३ हजारभन्दा बढी अन्तरले पराजित भए। सबैभन्दा कम अन्तर अर्थात् २ हजार ८ सय ६३ मतले पराजित बनेका शर्माका समर्थक यो हारका पछि सिटौला नै मुख्य कारण बनेको बताइरहेका छन्।

यसो हुनुका पछि केही निश्चित कारण छन्, जसलाई सिटौला र उनका समर्थकले सोझै नकार्न सकिरहेका छैनन्। सिटौलाले निर्वाचन क्षेत्र निर्धारणको बेलैदेखि गरेको गल्तीले झापामा जित सम्भव नभएको कांग्रेस नेताहरुको भनाइ छ। ‘यसपटक झापामा क्षेत्र नम्बर १ र ३ हामीले जितको आशा राखेको क्षेत्र थिए’, प्रदेशसभामा पराजित एक कांग्रेस उम्मेदवारले भने, ‘तर क्षेत्र निर्धारणका बेलैदेखि सिटौलाले चलखेल गरे। चुनावको मुखमा आइपुग्दा झनै बढी दम्भ देखाएर बर्बादै बनाए।’

क्षेत्र निर्धारणका क्रममा सिटौलाकै जोडबलमा उनको घर भएको भद्रपुरको वडा नम्बर १० र ९ झापा १ मा पारिएको चर्चा त्यसबेलै व्यापक भएको थियो। स्थानीय चुनावमा कांग्रेस यी दुवै वडामा एक हजारभन्दा ठूलो मतान्तरले पछि परेको थियो। ‘हरेक राजनीतिज्ञ आफ्नो वडा आफ्नै क्षेत्रमा परोस् भन्ने चाहन्छन्’, ती उम्मेदवारले भने, ‘तर उहाँले कांग्रेस कमजोर भएका वडा आफ्नो क्षेत्रमा राख्न नचाहेर एकातिर हाल्न लगाउनुभयो।’

जिल्लाका अधिकांश कांग्रेस उम्मेदवार स्थानीय चुनावमा देखिएको मतान्तरकै हाराहारी र केही त्योभन्दा बढी अन्तरमा पराजित हुँदा शर्माले भने मतान्तर घटाएका थिए। उनले झन्डै नौ हजार मत कांग्रेसबाहिरबाट ल्याएको समानुपातिक नतिजाले देखाउँछ। झापा १ मा समानुपातिकमा कांग्रेसले २४ हजार हाराहारी मत ल्याउँदा प्रत्यक्षमा शर्माले ३३ हजारभन्दा बढी मत ल्याएका थिए। ‘१७ हजार ४२ मतले कांग्रेस पछि रहेको ठाउँमा २८ सयमा झार्न सकियो’, ती नेताको भनाइ छ, ‘तर सिटौलाकै वडाले डुबायो।’ -यो खबर राजु अधिकारीले आजको नागरिक दैनिकमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो