2026-09-22 05:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको जनमत घटेन सिट मात्रै घट्यो

पुस ३, काठमाडौं । कांग्रेसले समानुपातिकभन्दा प्रत्यक्ष निर्वाचनमा धेरै मत पाएको छ । 

प्रत्यक्षतर्फ ३५ लाख ९० हजार ७९३ मत पाएको कांग्रेसले समानुपातिकतर्फ ३१ लाख २८ हजार ३८९ मत ल्याएको छ । स्थानीय तहको निर्वाचनमा कांग्रेसले २९ लाख ८२ हजार २४० मत पाएको थियो । तर, त्यतिखेरको भन्दा अहिलेको निर्वाचनमा पाएको मत एक लाख ४६ हजार १४९ ले बढी छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेस एमालेभन्दा ५७ सिटले पछि प¥यो । एमालेले प्रत्यक्षतर्फ ३० लाख ८२ हजार २७७ मत ल्यायो । उसले समानुपातिकतर्फ ३१ लाख ७३ हजार ४९४ मत पायो । यो मत प्रत्यक्षमा पाएकोभन्दा ९१ हजार २१७ बढी हो ।

माओवादीले स्थानीय तहको निर्वाचनमा १६ लाख दुई हजार ४५० मत पाएको थियो । यसपटक समानुपातिकमा दुई लाख ९८ हजार ७२९ कम मत पाएको छ ।

एमाले : समानुपातिकमा ३१ लाख ७३ हजार ४९४ मत, तर प्रत्यक्षमा ८० सिट

कांग्रेस : समानुपातिकमा ३१ लाख २८ हजार ३८९ मत, तर प्रत्यक्षमा २३ सिट

माओवादी : समानुपातिकमा १३ लाख ३ हजार ७२९ मत, तर प्रत्यक्षमा ३६ सिट

राजपा : समानुपातिकमा ४ लाख ७२ हजार २५४ मत, प्रत्यक्षमा ११ सिट

फोरम : समानुपातिकमा ४ लाख ७० हजार २०१ मत, प्रत्यक्षमा १० सिट

अन्य : समानुपातिकमा ९ लाख ९६ हजार ६९५ मत, प्रत्यक्षमा ५ सिट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो