१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् प्रदेश राजधानी बनाउँदा अपनाउनुपर्ने मापदण्ड

४ पुष २०७४, मंगलवार ०२:०१

पुस ४, काठमाडौं । प्रदेश राजधानीका लागि नयाँ सहरको विकास गर्नु उचित हुने विभिन्न अध्ययन तथा अन्य देशको अनुभवले देखाएको छ ।

अहिले प्रदेश राजधानीका लागि प्रचारमा ल्याइएका कुनै पनि सहर राजधानी बन्नका लागि आवश्यक सबै मापदण्ड पुगेको नभएकाले त्यसका लागि नयाँ सहर नै बनाउनुपर्ने आवश्यकता देखिएको हो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

केन्द्रीयता : प्रदेशको राजधानी सम्बन्धित प्रदेशको केन्द्रमा हुनुपर्छ, ता कि सबै क्षेत्रका मानिसलाई राजधानी आउन–जान पायक परोस् । त्यस्तै, राजधानी सहर अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा पर्‍यो भने त्यहाँ पछि उपलब्ध हुने सुविधा देशका भन्दा विदेशी नागरिकले धेरै उपयोग गर्ने सम्भावना हुन सक्छ ।

जमिन र पानीको पर्याप्तता : राजधानीका लागि बनाइने सहरमा व्यवस्थित सहरीकरणका लागि पर्याप्त जमिन आवश्यक हुन्छ । साथै, पानीको समेत पर्याप्त व्यवस्था हुनुपर्छ । सहरीकरण बढ्दै जाँदा पानीको अभावसमेत बढ्दै जाने हुन्छ, त्यसैले शताब्दीयौँ पछिका लागि समेत आवश्यक पानीको उपलब्धतासमेत हेर्नुपर्ने हुन्छ ।

प्राकृतिक भिरालोपन : नेपालका धेरै सहर बर्खाको वेलामा डुबानमा पर्ने गर्छन् । प्रदेशको राजधानी बन्ने सहर त्यसरी डुबान नपर्ने खालको हुनुपर्छ । उदाहरणका लागि भारतमा चण्डीगढ सहरलाई राजधानी बनाउने सन्दर्भमा १ प्रतिशत प्राकृतिक भिरालोपन हुनुपर्ने मापदण्डका आधारमा तय गरिएको थियो ।

उचित हावापानी : प्रदेश राजधानी बन्ने सहर अत्यन्तै जाडो वा अत्यन्तै गर्मी हुने किसिमको हुनुहुँदैन । सबै मौसममा सकेसम्म सहज हावापानी भएको सहरमा राजधानी राख्नुपर्छ । त्यस्तै, प्राकृतिक सुन्दरताका हिसाबले पनि त्यो सहर उपयुक्त हुन आवश्यक छ ।

आर्थिक क्षमता : प्रदेश राजधानी आर्थिक विकासलाई तल्लो तहसम्म लैजाने माध्यमसमेत हो । प्रदेश राजधानीले सहरी विकासलाई केन्द्र र स्थानीय तहसम्म जोड्ने काम गर्छन् । त्यसो हुँदा आर्थिक विकासका लागि आवश्यक स्रोत, पूर्वाधार र सेवा तल्लो तहसम्म प्रदान गर्ने क्षमतासमेत ती क्षेत्रमा हुनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ