2026-09-22 05:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसद बन्न राजपा र फोरममा चलखेल

पुस ८, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालभित्र प्रतिनिधिसभा समानुपातिक सांसद बन्न चलखेल सुरु भएको छ । 

दुबै दललाई प्रतिनिधिसभा समानुपातिकमा क्लस्टर (समावेशी सूची) मिलाउनुपर्ने बाध्यता नरहेपछि नेताहरु चलखेलमा लागेका हुन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० मा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्धारण गरिएको कुल सदस्य संख्याको १० प्रतिशतभन्दा कम सिट प्राप्त गर्ने दलले कम्तीमा एक तिहाइ महिला निर्वाचित हुने गरी यथासम्भव अन्य समावेशी आधार मिलाइ निर्वाचन हुने उम्मेदवारको सूची पठाउनुपर्ने व्यवस्था छ।

यस्तो प्रावधानले राजपा र संघीय फोरमले समावेशी आधारमात्र मिलाउनुपर्नेछ।  ऐनको यस्तो प्रावधानले राजपा र फोरमलाई क्लस्टरमा रहेकाहरुलाई मात्रै समानुपातिकमा सिफारिस गरनुपर्ने बाध्यता हटेको छ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले प्रतिनिसभा समानुपातिकतर्फ १० प्रतिशतभन्दा कम सिट संख्या प्राप्त गर्ने दलले समानुपातिकतर्फ सबै क्लस्टर मिलाउनुपर्ने बाध्यात्मक व्यवस्था ऐनमा नगरिएको बताए।  राजपा र फोरम दुवै दलले समानुपातिकमा ६/६ सदस्य सिट पाउने भएका छन्।

तीमध्ये सबै सिटमा महिला पठाउनुपर्नेछ। दोस्रो संविधानसभा चुनावमा मधेस केन्द्रित दलहरुले समानुपातिक सूचीमा सिफारिस गरेका नामध्ये केही नाम पार्टी अध्यक्षका श्रीमती र परिवारका सदस्य रहेका थिए। क्लस्टर मिलाउनुपर्ने बाध्यता नरहेपछि यसपटक पनि राजपा र संघीय फोरममा यस्तै स्थिति देखिने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो