२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओबादी नेताले पार्टी एकताबारे असहमति राख्दै यस्तो अभियान थाले (नामसहित)

२०७४, ८ पुष शनिबार ०७:२८

पुस ८, काठमाडौँ । पार्टीको नेतृत्व तहबाट नेकपा (एमाले)सँग एकीकरणको प्रक्रियालाई तीव्र ढङ्गले अघि बढिरहँदा नेकपा (माओवादी केन्द्र)का केही नेताहरूले असहमति प्रकट गर्नुभएको छ । 

पार्टीका कार्यालय सदस्य गोपाल किराँती र सचिवालय सदस्य विश्वभक्त दुलाल (आहुति) को नेतृत्वमा असन्तुष्ट नेताहरूले छुट्टाछुट्टै अभियान थाल्नुभएको छ । आजको गोरखापत्रमा खबर छ ।

छलफल नगरी नै पार्टी एकीकरण गर्न लागिएको भन्दै दुवै जनाले असन्तुष्टि जनाउनुभएको हो । स्रोतका अनुसार एकीकरणअघि पार्टीको तल्लो तहसम्म छलफल गर्न पाउनुपर्ने भन्दै किराँतीले महाधिवेशनको माग गर्नुभएको छ । 

किराँतीले महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यलयमा पत्रसमेत दर्ता गर्नुभएको उहाँ निकट एक नेताले जानकारी दिनुभयो । यद्यपि यसबारे पार्टीले कुनै निर्णय गरेको छैन । 

अर्का नेता आहुतिले भने छलफलको कुनै सम्भावना नै नरहेको भन्दै फरक कम्युनिस्ट आन्दोलन बचाउनुपर्छ भन्नेहरूबीच छुट्टै बहस सुरु गरेको बताउनुभयो । ‘पार्टी एकीकरणको प्रक्रिया र विचारबारे कुनै छलफल नगरी एकैचोटि हामी एक भइसक्यौँ भन्नु भनेको कम्युनिस्ट आन्दोलनको विघटन हो,’ आहुतीले भन्नुभयो, ‘त्यसैले कम्युनिस्ट आन्दोलन बचाइराख्नुपर्छ भन्नेहरूबीच हामीले बहस सुरु गरेका छौँ । ’

किराँतीले पार्टीको मार्गदर्शक सिद्धान्तको रूपमा रहेको ‘माओवाद’ एकीकरण प्रक्रियामा छाड्न लागिएको तथा उत्पीडित समुदायको पहिचानको मुद्दालाई राजनीतिक कार्यक्रमबाट हटाउने योजना बनाइएको भन्दै विरोध गरिरहनुभएको छ । यी दुई विषयलाई छाडेर पार्टी एकीकरण हुँदा आफू त्यसमा सामेल नहुने उहाँले बताउँदै आउनुभएको छ । 

आहुतिले भने दुई पार्टीबीचको एकीकरण ‘कम्युनिस्ट आन्दोलन सकियो’ भन्ने बुझाइबाट हुन लागेको टिप्पणी गर्दै आफूहरूले नयाँ ढङ्गले कम्युनिस्ट आन्दोलन अघि बढाउन छलफल बढाएको बताउनुभयो । 

यो एकीकरण दुई कम्युनिस्ट पार्टीबीचको एकीकरण नभएकोले त्यसमा सहभागी नहुने उहाँले जानकारी दिनुभयो । माओवादीका करिब चार सय जना पोलिटब्युरो सदस्यमध्ये दुवै नेतासँग झन्डै २५ जना पोलिटब्युरो तहका नेताहरू सहभागी रहेको बताइएको छ । पार्टीसँग असन्तुष्ट रहँदै चुनावअघि राजीनामा दिनुभएका लोकेन्द्र विष्ट मगर पनि यो अभियानमा सहभागी हुनुभएको आहुतिले बताउनुभयो । 

उहाँहरूले पार्टी एकीकरणको घोषणा हुने बित्तिकै छुट्टाछुट्टै पार्टी बनाउने योजना बनाउनुभएको बुझिएको छ । एमाले र माओवादीका शीर्ष नेताहरूले तत्काल पार्टी एकीकरण प्रक्रिया अघि बढाउने बताउँदै आउनुभएको छ । 

विगतमा कम्युनिस्ट पार्टीबीच एकीकरण हुँदा पार्टीको सैद्धान्तिक बाटो, तत्कालीन तथा दीर्घकालीन रणनीति, कार्यनीति लगायतका विषयमा छलफल भएको इतिहास भेटिन्छ । 

यस पटक मुलुकका दुई ठूला पार्टीबीच एकता हुँदा यी सब विषयमा छलफल हुने सम्भावना निकै कम देखिएको छ । दुई पार्टीका नेता कार्यकर्ताको बहस नयाँ पार्टीले लिने विचारभन्दा पार्टीमा लिने ‘पद र सरकारको नेतृत्व’मा केन्द्रित देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली