२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनले नेपाललाई गर्यो यस्तो प्रस्ताव, अब के गर्छ नेपाल ?

२०७४, १२ पुष बुधबार ०२:४४

पुस १२, काठमाडौँ । चीनले तिब्बती गतिविधि नियन्त्रण गर्ने संयुक्त सुरक्षा संयन्त्र निर्माण गरेर तातोपानी नाका खोल्ने सन्देश दिएको छ । 

गत शनिबार खासामा भएको दुईपक्षीय बैठकमा चीनले प्रस्तुत गरेको ‘ज्वाइन्ट कमान्ड मेकानिज्म’ र ‘ज्वाइन्ट कमान्ड मेकानिज्म अफिस’ स्थापनाको प्रस्ताव लिएर सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी काठमाडौं आएका छन् । गत असारमा रसुवामा पनि यस्तो संयन्त्र गठन भइसकेको छ ।

तिब्बतको खासामा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग चीनको सीमा सुरक्षा हेर्ने सिनियर कर्नेल वाङ जिङ त्याङ्वीले दुई दस्ताबेज पेस गरेका थिए । ‘प्रतिवेदन लिएर काठमाडौं आएको छु । गृह मन्त्रालयले जे निर्देशन दिन्छ, त्यहीअनुसार अघि बढ्छु,’ सिडिओ तामाङले नयाँ पत्रिकासँग भने ।

उनका अनुसार सीमावर्ती क्षेत्रमा तिब्बतीहरूको गतिविधि भइरहेको चिनियाँ अधिकारीहरूको आशंका थियो । उनीहरूले बाह्रबिसेमा यस्ता गतिविधि भइरहेको दलिल नै पेस गरेका थिए । तर, नेपाली अधिकारीले त्यस्तो नरहेको स्पष्ट पारेका थिए ।

‘सिडिओ, जिल्ला प्रहरी प्रमुख, सशस्त्र सीमा बलका प्रमुख अनि अप्रेसन अफिसरको तहमा संयुक्त कमान्ड बनाउने, संयुक्त गस्तीदेखि चेकिङसम्म गर्ने, कार्यालय स्थापना गर्नेसम्मको प्रस्ताव आएको छ,’ तामाङले भने, ‘चीनको सुरक्षाका लागि सूचना दिएबापत सघाउने नेपाली सुरक्षाकर्मीलाई पुरस्कृत गर्नेसमेतको चिनियाँ प्रस्ताव छ ।’ त्यसबापत नेपाललाई आर्थिक भार नपर्ने चिनियाँ अधिकारीहरूले बैठकमा बताएका थिए ।

चिनियाँ अधिकारीले खोजे सुरक्षाको आश्वस्त

‘चिनियाँ अधिकारीहरू सुरक्षाका हिसाबले आश्वस्त हुन खोजेको बुझियो । मैले माथिल्लो निकायमा यो प्रस्ताव पुर्याउने र त्यहाँ सहमति भए अर्को बैठक सिन्धुपाल्चोकमा बोलाए हस्ताक्षर गर्न सकिने जवाफ दिएको छु,’ सिडिओ तामाङले भने । 

नेपाली पक्षले तिब्बतीहरूको गतिविधि नभएको र नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका थिए । बैठकमा नेपालबाट १३ जना र चीनबाट आठजना सहभागी थिए ।

नेपाल र चीनबीच प्रधानमन्त्री, परराष्ट्रमन्त्री, परराष्ट्रसचिव तथा स्थानीय जिल्ला प्रशासन प्रमुखस्तरका विभिन्न बैठकमा तातोपानी नाकाबारे छलफल हुँदै आएका छन् । 

चीनले यसअघि खासा क्षेत्रको भौगर्भिक जटिलतालाई कारण देखाउँदै नाका खोल्न असमर्थता जनाउँदै आएको थियो । भूकम्पपछि चीनले खासा क्षेत्रका १३ सय परिवारलाई सिगात्से तथा न्यालमलगायत क्षेत्रमा लगेर पुनस्र्थापित गरिसकेको छ ।

रसुवामा असारदेखि ज्वाइन्ट एक्सन सेन्टर

चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेको रसुवागढी केरुङ नाकामा दुवै पक्ष सम्मिलित ‘नेपाल चाइना बोर्डर ल इन्फोर्समेन्ट ज्वाइन्ट एक्सन सेन्टर’ असार अन्तिम सातादेखि सञ्चालनमा छ । 

२३ असारमा रसुवाका सिडिओ चोमेन्द्र न्यौपाने चीनको जिलोङ काउन्टीका प्रमुख गाओ हुइवाईबीच समझदारीपत्रमा हस्ताक्षर भएलगत्तै यो नाका सञ्चालनमा आएको हो । 

‘नेपाललाई आर्थिक भार नपर्ने गरी संयुक्त संयन्त्र बनाएका छौँ, चिनियाँ अधिकारीले त्यसलाई रोलमोडलका रूपमा प्रस्तुत गरेर अन्य नाकामा पनि यस्तै संयन्त्र गठन गर्नुपर्छ भनेका थिए,’ रसुवाका सिडिओ न्यौपानेले भने । सीमापार अपराध नियन्त्रण, आतंकवाद नियन्त्रण, सूचना आदनप्रदानलगायत क्षेत्रमा संयुक्त संयन्त्रले काम गरिरहेको उनले बताए ।

नाका खुल्ने ३ आधार: अस्मान तामाङ, सिडिओ

१. खासाबाट तिब्बततिर अत्यन्तै राम्रो बाटो बनेको छ । खासाबाट बस्ती हटिसकेको छ, केवल सुरक्षाकर्मी मात्र छन् ।

२. खासादेखि मितेरी पुलसम्म चार स्थानमा बाटो निर्माण भइरहेको छ ।

३. उनीहरूकै उद्योगी–व्यापारीले नाका खोल्न सल्लाह दिँदै आएका रहेछन् । दुई महिनाभित्र नेपालसम्म आउने एक्सेस रोड खोल्ने र सन् २०१९ सम्म फराकिलो बाटो बनाउने वचन तिब्बत सरकारले दिएको रहेछ । -नयाँ पत्रिका दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली