२ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच वर्षमा तीन अर्बको लागुऔषध बरामद

१३ पुष २०७४, बिहीबार ०२:०४

पुस १३, काठमाडौं । नेपालमा भारतबाट आयातीत नियन्त्रित लागुऔषधको करोबार बढ्दै गएको छ । 

लागुऔषध नियन्त्रण ब्युरोले बरामद गरेकोमध्ये ३३ प्रतिशत लागुऔषध भारतबाट आयातीत नियन्त्रित औषधिजन्य लागुऔषध रहेको पाइएको हो । ब्युरोको तथ्यांकअनुसार पाँच वर्षयता देशभर ३ अर्ब १६ करोड ८ लाख ९१ हजार दुई सयबराबरको लागुऔषध बरामद भएको छ । अाजकाे नयाँ पत्रिकामा खबर छापिएकाे छ ।

त्यसमध्ये नियन्त्रित औषधिजन्य लागुऔषध मात्रै १ अर्ब ९ करोड १४ लाख ७१ हजार २ सय रुपैयाँबराबरको बरामद भएको छ । यो संख्या बरामद भएका औषधको ३३ प्रतिशत हो ।

त्यही अवधिमा हिरोइन, कोकिन, चरेस र गाँजाजन्य लागुऔषध २ अर्ब ६ करोड ९४ लाख २० हजार रुपैयाँबराबरको बरामद भएको छ ।

ब्युरोका डिएसपी प्रेमबहादुर शाही नियन्त्रित लागुऔषध भारतीय बजारमा सजिलै पाइने र नाफा पनि धेरै हुने भएकाले कारोबारीको ध्यान यसतर्फ गएको बताउँछन् । 

उनले भने, ‘भारतमा एक सेट लागुऔषध २ सयदेखि ३ सय रुपैयाँमा सजिलै किन्न पाइन्छ । त्यही औषधि नेपाली बजारमा प्रतिसेट १२ सय रुपैयाँमा सजिलै बिक्छ । त्यसकारण पनि भारतीय लागुऔषध कारोबारी यस धन्दामा संलग्न भएको देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कैलालीको मोहना नदीमा डुबेर २ किशोरको मृत्यु कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई मातृशोक बारीमा उम्रिएको च्याउ खाँदा तनहुँमा १० जना बिरामी तीनकुनेमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु काठमाडौंका यी स्थानमा आज बिजुली काटिंदैछ तिब्बत र आन्ध्र महासागरमा आज बिहान गयो भूकम्प मौलिक संस्कृति नै नेपालीको जग हो :- प्रधानमन्त्री ओली यस्तो छ आज, विदेशी मुद्राको विनिमयदर मौसम : आज देशका यी स्थानमा वर्षा र हिमपातको सम्भावना ‘मूर्ति चोर को हो ? वंश मास्ने को हो ?’ भन्दै दिवा स्वप्न नदेख्न पूर्वराजालाई प्रचण्डको चेतावनी नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घट्यो, यस्तो छ पछिल्लो मूल्य सूची अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ हिजो साँझ काठमाडौँ आएको अमेरिकी एयरफोर्सको विमान फर्कियो, किन आएको थियो? मन्त्री पाण्डेलाई कारबाही माग गर्दै सांसद बजगाईंद्वारा कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी पावर बैंकका कारण विमान दुर्घटना ! दैलेखमा रुखले थिचेर दुई जनाको मृत्यु युगान्डामा नेपालको दोस्रो जित, हङकङलाई ६ विकेटले हरायो महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ