2026-09-22 04:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै बाबुवाट बारम्बार बलात्कार, गर्भवती भएपछि भ्रुण हत्या

पुस १५, काठमाडौँ । काभ्रेको पनौती नपा ११ भुमिडाँडामा १७ बर्षिया छोरीले आफ्नै बाबुले पटक पटक बलात्कार गरेको जाहेरी दिएकी छिन् । 

सुन्दा पत्ताउन मुस्किल यो घटनापछि बाबुको विश्वासमा समेत प्रश्न चिन्ह खडा गरेको छ । जिल्लाको पनौती ११ भुमिडाँडाकी १७ बर्षिया बलात्कृत हुने युवतीले जाहेरीमा आफूलाई पहिलो पटक सौतिनी आमाको माईती बारा गएको समयमा बुबाले बलात्कार गरेको उल्लेख गरेकी छिन् । 

ईलाका प्रहरी कार्यालय बनेपा प्रहरी निरिक्षक सुनिलजंग शाहले सुरुमा पत्याउने मुस्किल घटनाको जाहेरी दिन आएपछि अचम्ममा परेको सुनाए । अाजकाे राजधानी दैनिकमा खवर छ ।

किशोरीले दिएको जाहेरीलाई पहिलो प्राथमिकतामा राखेर कारवाही अघि बढाएको शाहले बताए । बलात्कारको आरोपी ३७ बर्षिया व्यक्तिका दुई श्रीमती रहेकोमा उनी जेठी श्रीमती तर्फको जेठी छोरी हुन् । 

जेठी श्रीमती बलात्कारको आरोपीसँग नबसेपछि उनले कान्छी श्रीमती ल्याएका थिए । जेठी श्रीमतीका एक छोरा र एक छोरी छन् भने कान्छी श्रीमतीको एउटा छोरी छ । 

कान्छी श्रीमती कामको शिलशिलामा बहराईन गएपछि आरोपी समेत अरब राष्ट्रहरुमा कामको शिलशिलामा जाने गरेका थिए । करिब तीन बर्षअघि अरबवाट नेपाल आएपछि छोरी कान्छी श्रीमतीको माईत बारामा गएको समयमा जाहेरी दिने किशोरीलाई बलात्कार गरेका थिए । 

त्यसपछि पनौती भुमिडाँडामा आएर उनलाई बुबाले पटक पटक बलात्कार गरेका थिए । बलात्कारपछि केही बर्षअघि उनी गर्भवती समेत बनेपछि बुबाले घरमै गर्भपतन हुने औषधी सेवन गराएको उनले जाहेरीमा उल्लेख गरेकी छिन् ।

छोरीको गर्भ रहेपछि पनि बाबुले उनलाई बलात्कार गर्न नछाँडेको जाहेरीमा उल्लेख गरेकी छिन् । अन्तिम पटक बाबुले उनलाई मंसिर १९ गते बलात्कार गरेका थिए । 

सुरुमा आफ्नै बाबुले बलात्कार गर्ने गरेको सौतिनी आमालाई बताउन नसकेपनि ति किशोरीले सौतिनी आमासँग बाबुले गर्ने गरेको अपराध बताएपछि आमाकै सहयोगमा उनले प्रहरीसँग जाहेरी दिएकी हुन् । 

आफन्त र परिवारहरुवाटै घरमा र गाँउमै कुरा मिलाउन दवाव आएपनि उनीहरुले अन्यायमा परेकाले न्यायका लागि भएपनि जाहेरी दिएको प्रहरीसँग बताएका छन् । 

प्रहरीलाई उनीहरुले मंसिर १९ गतेनै जाहेरी दिएपनि प्रहरीले यो घटना सार्वजनिक गरेको थिएन । प्रहरीले आरोपीलाई हाडनाता करणी उद्योगमा मुद्धा दर्ता गराएको छ भने आरोपी बुबा प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो