2026-07-24 10:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार गठनबारे एमालेमा वामदेवको फरक मत

पुस १५, काठमाडौँ । एमाले उपाध्यक्ष वामदेव गौतम राष्ट्रपतिले अध्यादेश स्वीकृत गरिसकेको परिप्रेक्ष्यमा राष्ट्रिय सभा गठनपछि मात्र नयाँ सरकार बन्ने फरक बुझाइमा छन् । 

बिहीबारको स्थायी समिति बैठकमा गौतमले कांग्रेसले सबै प्रक्रिया अड्काएर सत्ता लम्ब्याउन चाहिरहेका वेला अध्यादेशका सम्बन्धमा पार्टी बहुमतीय अडानमा अडिन नहुने फरक धारणा राखेका थिए ।

‘मैले अध्यादेश हेर्न पाएको छैन, तर पहिले राष्ट्रिय सभा गठन हुन्छ, त्यसपछि मात्र नयाँ सरकार बन्छ,’ गौतमले भने, ‘राष्ट्रिय सभाले सरकार बनाउने होइन, तर, एकतिहाइ महिला सदस्यको सुनिश्चितताका लागि संविधानले राष्ट्रिय सभालाई पनि प्रतिनिधिसभासँगै जोडेकाले कन्फ्युजन सिर्जना भएर सरकार बनाउने कुरासँग पनि जोडिएकाले निर्वाचन आयोगले अडान राख्यो, त्यसकारण भविष्यमा संविधानमा भएका कमजोरी सच्याउनुपर्ने देखिएको छ ।’

राष्ट्रपतिले लामो परामर्शपछि राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश स्वीकृत गरेको भन्दै गौतमले राष्ट्रिय सभा बनेपछि प्रतिनिधिसभाको पनि निर्वाचन परिणाम सार्वजनिक हुने बताए । 

संविधानकै कमजोरीका कारण कांग्रेसले ताजा जनादेशपछि पनि दुई महिनासम्म सरकारमा बसेर भद्रगोल गर्ने मौका पाएको उनको जिकिर छ । 

बहुमतीय प्रक्रियाबाट राष्ट्रिय सभा गठन गर्ने अडान कायम राख्दा प्रक्रिया लम्बिन सक्ने भन्दै बिहीबार वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालसहित स्थायी समितिमा धेरै सदस्यले लचकता देखाउनुको विकल्प नरहेको धारणा राखेका थिए । -नयाँ पत्रिका दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक