2026-09-22 04:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गच्छदारविरुद्ध भगवतीको रिटमा सर्वोच्चले दियो यस्तो आदेश

पुस १५, काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरू दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिने÷नदिनेबारे विपक्षी निर्वाचन आयोगलाई छलफलमा बोलाउन आदेश जारी गरेको हो । 

मतगणनामा धाँधली भएको विषयमा सर्वोच्चले विजयी उम्मेदवार विजयकुमार गच्छदार र आयोगलाई छलफलमा बोलाएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

मतगणनाका क्रममा फर्जी मतपत्र गणना गरेर आफूलाई पराजित गरिएको भन्दै चौधरीले गच्छदारविरुद्ध रिट हालेकी हुन् । उनले दायर गरेको रिटमा निर्वाचन आयोग केन्द्रीय कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरी, प्रतिनिधिसभा क्षेत्र नं ३, निर्वाचन अधिकृत टीकाभूषण घिमिरे र विजयी उम्मेदवार विजयकुमार गच्छदारलाई विपक्षी बनाइएको छ ।

चौधरीले गैरकानुनी मतगणनाबाट आफू पराजित हुनुपरेको भन्दै विजयी उम्मेदवार गच्छदारलाई प्रतिनिधिसभा सदस्यको शपथ नगराउनसमेत माग गरेकी छिन् । 

सुनसरी प्रतिनिधिसभा क्षेत्र नं ३ बाट विजयी कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरेका थिए । निकटतम प्रतिद्वन्द्वी चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरेकी थिइन् ।

मिश्रको रिट खारेज

सर्लाही क्षेत्र नम्बर ४ का राष्ट्रिय जनता पार्टीका उम्मेदवार राकेशकुमार मिश्रले पुनः मतदान गर्न माग गर्दै संवैधानिक इजलासमा दायर गरेको रिट खारेज भएको छ । 

सर्वोच्च अदालतको संवैधानिक इजलासले सर्लाही ४ बाट कांग्रेस उम्मेदवार अमरेशकुमार सिंह विजयी भएको घोषणा खारेज गर्नुपर्ने अवस्था नभएको भन्दै रिट खारेज गरेको हो ।

सर्लाही क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेज भए पनि गोलाकारभित्रको हँसिया–हथौडा चिह्नसमेत मतपत्रमा उल्लेख हुनु त्रुटिपूर्ण भएको भन्दै मिश्रले रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो