२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट १६ हजार नेपाली फिर्ता, यस्तो छ कारण

२०७४, १६ पुष आईतवार ०२:३९

पुस १६, क्वालालम्पुर । मलेसियाली सरकारले स्वदेश फर्कन गैरकानुनी आप्रवासी कामदारहरूलाई दिएको समयावधि आइतबार सकिँदै छ । 

उसले गत फेब्रुअरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुन: भर्ना (रिहायरिङ) कार्यक्रमसँगै स्वदेश फिर्नसमेत डिसेम्बर ३१ सम्मको अवधि तोकेको थियो ।यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

उक्त अवधिमा गैरकानुनी हैसियतका करिब १६ हजार नेपाली स्वदेश फर्किएका छन् । वैदेशिक रोजगारीका क्रममा मलेसिया आएपछि विभिन्न कारण गैरकानुनी हैसियतमा रहेका १५ हजार ८ सय ५५ नेपाली कामदार स्वदेश फर्किएको नेपाली दूतावासले जनाएको छ । 

दूतावासको तथ्यांकअनुसार यस वर्ष उक्त संख्यामा एकतर्फी अस्थायी यात्रा अनुमतिपत्र जारी भएको हो । गैरकानुनी हैसियतका नेपाली स्वदेश फिर्न नेपाली दूतावासबाट यात्रा अनुमतिपत्र लिनुपर्ने प्रावधान छ । त्यस्तो पत्रका लागि कामदारले १ सय ६० रिंगिट शुल्क तिर्नुपर्छ । 

तीबाहेक आफूसँग भिसा नभएको, तर राहदानी भएकाहरूले भने यात्रा अनुमतिपत्र लिनु पर्दैन । उनीहरूले सोही राहदानीमा आफैं मलेसियाली अध्यागमन कार्यालयमा पुगेर जरिवाना र आउटपासका लागि अतिरिक्त शुल्क तिरेपछि हवाई टिकट मिलाई नेपाल फर्कन सक्छन् ।

मलेसियाली सरकारले गैरकानुनी कामदारलाई वैधानिकता दिने प्रक्रियामा सामेल गराई पुन: रोजगारी दिन ‘रिहायरिङ’ नामक कार्यक्रम ल्याएको थियो । उसले मुलुकमा रहेका गैरकानुनी कामदार घटाउन स्वदेश फर्कने या वैधानिक प्रक्रियामा सामेल भई काम गर्ने अवसर रोज्न दिएको थियो । उक्त कार्यक्रमको लाभ उठाउँदै हजारौं नेपाली स्वदेश फिरिसकेका छन् । 

सन् २०११ अगस्टदेखि नै गैरकानुनी कामदार हटाउने अभियान चलाएको मलेसियाले ६ वर्षयता आममाफी, वैधानिकीकरण, पुन: रोजगारीलगायत आधा दर्जन अवसरयुक्त कार्यक्रम सञ्चालन गरिसकेको छ । यद्यपि अपेक्षित रूपमा त्यस्ता कामदारको संख्या घट्न नसकेकाले उसले त्यस्ता कामदारविरुद्ध खोजी र धरपकड अभियानसमेत सँगसँगै चलाउँदै आएको छ ।

यस वर्ष घर फिर्ने नेपालीबाट दूतावासले साढे ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । वैधानिक रूपमा करिब २० लाख आप्रवासी कामदार कार्यरत मलेसियामा अझै लाखौं गैरकानुनी हैसियतमा रहेको अनुमान छ ।

मलेसियाबाट यस वर्ष एक हजार ४० जना नेपालीको उद्धार गरिएको छ । नेपाली दूतावासको तथ्यांकअनुसार यसै वर्ष (सन् २०१७) ती नेपालीको उद्धार गरिएको हो । 

उनीहरू घर फिर्ती हवाई टिकट अभावमा मलेसियाका फिर्ती केन्द्रहरूमा अलपत्र थिए । दूतावासले तीमध्ये अधिकांश नेपालीलाई सरकारी सहयोग, निजी संघसंस्था एवं कम्पनीहरूको सहयोगमा उद्धार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा