2026-09-22 03:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश राजधानीको चर्चासँगै जग्गाको भाउ यसरी आकासियो

पुस १६, काठमाडौं । देश राजधानीको चर्चासँगै जग्गाको मूल्य अत्यधिक बढ्न थालेको पाइएको छ। 

यो खबर प्रशान्त वलीले आजको नेपाल समाचार पत्रमा लेखेका छन् । सरकारद्वारा गठित उच्चस्तरीय समितिले प्रदेश १ को सुनसरी, प्रदेश २ को जनकपुर, प्रदेश ३ को काठमाडौं, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत, प्रदेश ७ को धनगढीलाई सम्भावित राजधानी प्रस्ताव गरेको छ।

मुस्किलले २ देखि ३ लाख रुपियाँ कट्ठा पर्ने जग्गा अहिले १५ देखि २० लाख रुपियाँमा कारोबार भइरहेको दाङ घोराही उपमहानगरपालिका–७ का राकेश बस्नेतले बताए। 

यस्तै ३ लाख रुपियाँ मिटर पर्ने जग्गा अहिले प्रतिमिटर ५ देखि ६ लाख रुपियाँमा कारोबार भइरहेको सुर्खेतका व्यवसायी रामचन्द्र शाहीले बताए। जनकपुर–२३ का अहमद हुस्सेनले ३० देखि ३५ लाख प्रति कट्ठा पर्ने जग्गा राजधानीको चर्चा भएसँगै बढेर ४० लाख रुपियाँ पुगेको जानकारी दिए।

सुनसरीमा केहीअघि ७० लाख रुपियाँसम्म पर्ने एउटा घडेरीको मूल्य अहिले ८० लाखदेखि १ करोड रुपियाँसम्म पुगेको स्थानीय भोजराज निरौलाले बताए। धनगढीमा पनि जग्गाको कारोबारमा विगतको भन्दा वृद्धि भएको छ। 

काठमाडौं केन्द्रीय राजधानी भएकाले पनि जग्गा कारोबारमा खासै प्रभाव परेको छैन।

पोखरामा भने जग्गाको भाउ अहिलेसम्म यथास्थितिमै छ। पोखरा महानगरपालिकाले त्यस क्षेत्रमा जग्गा खण्डीकरण गर्न रोक लगाएकाले जग्गाको कारोबार नभएको हो।

प्रदेश राजधानीको चर्चासँगै खेतीयोग्य जमिन खण्डीकरण हुने क्रम तीव्ररूपमा बढ्न थालेको छ। विकास विस्तारका नाममा जग्गाधनीहरूले खेतीयोग्य जमिनमा सडक सञ्जाल बढाउन थालेपछि जमिन टुक्राटुक्रा हुन थालेको हो। 

देशभर करिब १ लाख हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन प्लटिङ गरी घडेरीका रूपमा परिणत गरिएको कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले जानकारी दिए।

सरकार गम्भीर नबन्दा र अहिलेसम्म भू–उपयोग ऐन नआउँदा खेतीयोग्य जमिन विस्तारै मासिँदै गएको सरोकारवाला बताउँछन्। खेतीयोग्य जमिनलाई घडेरीका रूपमा प्लटिङ गरी किनबेच गरिँदा कृषि उत्पादनमा समेत कमी आउन थालेको उपभोक्ता अधिकारीकर्मी दर्शन आचार्यले बताए।

भएका जग्गालाई उत्पादनशील बनाउने नीति भए पनि सो नीतिले मात्रै नपुगेकाले भू–उपयोग ऐन बन्ने क्रम अन्तिम चरणमा पुगेको जानकारी दिँदै सह–प्रवक्ता सापकोटाले थपे– ‘ऐनले प्लटिङ रोक्ने काम गर्छ। कृषियोग्य जमिन गैरकृषि प्रयोजनका रूपमा प्रयोग गर्न पाइँदैन। सो ऐन आएपछि समस्या समाधान हुन सक्छ।’

कृषि प्रधान देश भनिए पनि खेतीयोग्य जमिन प्लटिङ हुँदै जाँदा उत्पादनमा ह्रास आउन थालेको हो। १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर क्षेत्रफल रहेको नेपालको कुल खेतीयोग्य जमिन ४० लाख हेक्टर क्षेत्रफल मात्र रहेको कृषि विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो