Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

९० लाख तिर्न नसक्दा साउदी जेलमा नेपाली चालक

By kit

पुस १७, काठमाडौँ । माई नगरपालिका–४, इलामकी ३० बर्षिया सरिता राई १७ महिना काखे छोरा र ७ बर्षकी छोरी लिएर काठमाडौंमा भौंतारिरहेकी छिन् ।

साउदी अरवको मालिस जेलमा थुनिएका आफ्ना ३१ बर्षीय पति प्रेमबहादुर राईलाई छुटाउने आसले उनी परराष्ट्र र श्रम मन्त्रालयको ढोका ढकढकाईरहेकी छिन् ।

प्रेमबहादुर कम्पनीलाई ३ लाख १० हजार रियाल (झन्डै ९० लाख रुपैयाँ) भुक्तान गरेपछि मात्रै जेलबाट छुट्ने छन् । पति साउदी जेलमा थुनिएपछि उनको मन स्थिर छैन ।

‘उहाँ निर्दोष छु भन्दै रुनुहुन्छ,’ सरिता भन्छिन्, ‘इलाममा पुख्र्यौली जग्गा बेचेर त्यत्रो रकम आउँदैन। मलाई दैनिक घरको खर्च चलाउन नै मुस्किल छ। त्यत्रो रकम कहाँबाट ल्याउने ?’ आजको कान्तिपुरमा यो खबर छ ।