२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धन तोड्ने रणनीति: देखियो खतरनाक खेल

२०७४, १८ पुष मंगलवार ०१:२२

पुस १८, काठमाडौं । कांग्रेस-राजपालगायत लोकतान्त्रिक गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेको छ। 

एमाले-माओवादीबीच पार्टी एकता हुन नदिने रणनीतिका साथ लोकतान्त्रिक गठबन्धनले दाहाललाई फकाउने रणनीति अख्तियार गरेको हो।निर्वाचन परिणामपछि खुम्चिएको कांग्रेसले एमाले-माओवादी गठबन्धन तोड्न राजनीतिक अभियान नै चलाएको छ। 

दाहाललाई फकाउन उसले ‘प्रलोभन’ देखाउनेदेखि घुमाउरो शैलीमा सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) को मुद्दा देखाएर खबरदारीसमेत गर्न थालेको छ। यो खबर रामकृष्ण अधिकारीले आजको अन्नपूर्ण पोष्टमा लेखेका छन् ।

दाहाललाई कांग्रेसले आगामी पाँच वर्षका लागि प्रधानमन्त्री बन्न ‘अफर’ मात्रै गरेको छैन, द्वन्द्वकालको मुद्दा कांग्रेस-माओवादीले मात्रै टीआरसीमार्फत टुंगो लगाउन सक्नेसम्मको प्रस्ताव पठाएको छ। 

दाहालले वाम गठबन्धनमै रुचि देखाएमा टीआरसीको मुद्दामा माओवादी नेताहरू अन्तर्राष्ट्रिय अदालतमा तानिने घुमाउरो भाषामा कांग्रेस नेताहरूले प्रेसर दिएको स्रोतले बतायो। दाहाल के गर्दा फकिन्छन्, त्यही अस्त्रको प्रयोग अहिले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले गर्न खोजेको छ। 

‘वाम एकता टुटाउन अनेक तिक्डम र प्रयास जारी नै छन्,’ माओवादी केन्द्रका नेता मणि थापाले भने, ‘तर जतिसुकै कोसिस गरे पनि त्यस्तो योजना सफल हुने देखिँदैन।’

एमाले-माओवादीबीच पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेको, नेताहरूको पदीय व्यवस्थापनमा अझै ठोस प्रगति हुन नसकेको र नयाँ सरकार गठनका लागि अझै महिना दिन लाग्ने देखिएपछि लोकतान्त्रिक गठबन्धनले आफ्नो ‘मुभ’ बढाएको हो। एमाले-माओवादीमा देखिएको अलमलमा खेल्न सकिने विश्वासमा लोकतान्त्रिक गठबन्धन देखिन्छ।

सोमबार मात्रै पनि दाहालको ‘मुड’ बुझ्न र एमालेसँगको गठबन्धन टिकाउ नहुने सन्देश दिन राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो र कांग्रेस सांसद अमरेश सिंह दाहालनिवास खुमलटार पुगेका थिए। दिउँसो ३ बजे महतो र सिंहले दाहालसँग करिब ४५ मिनेट गोप्य वार्ता गर्दै संविधान संशोधन, गठबन्धनलगायत विषयमा धारणा बुझ्ने प्रयास गरेका थिए। कांग्रेस नेताहरूले दाहाललाई फकाउन प्रयास गरिरहेकै बेला सोमबार महतो र सिंह दाहालनिवास छिरेका हुन्।

यो भेटलाई दाहालको निजी सचिवालयले भने खुलाउन चाहेको छैन तर भेटको पुष्टि राजपा अध्यक्षमण्डलका नेता महतोले गरेका छन्। ‘प्रचण्डजीसँग व्यक्तिगत रूपमा भेट गर्न गएको हुँ,’ महतोले अन्नपूर्णसँग भने। आइतबार मात्रै पनि कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले माओवादी अध्यक्ष दाहाललाई वाम गठबन्धनबाट अलग्याउनुपर्ने बताएका थिए। 

उनले पोखराको एक कार्यक्रममा भनेका थिए, ‘दाहाललाई गठबन्धनबाट अलग्याउने कुरा उठेको छ, साथीहरूले कुरा गर्नुपर्‍यो भनेका छन्, म कुरा गर्ने मनिस्थितिमा छु।’

शशांकले दाहाललाई वाम गठबन्धनबाट अलग्याउन सके मात्रै अहिलेको सन्दर्भमा आफूहरूको रणनीति सफल हुने जिकिर गरेका थिए। त्यसको भोलिपल्टै काग्रेस सांसद सिंह र महतो दाहालनिवास पुग्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ। सोमबारका लागि तोकिएको माओवादी सचिवालयको बैठक स्थगन भएपछि दाहालसँग महतो र सिंहले भेट गरेका थिए। 

‘हामीले संविधान संशोधनका विषयमा प्रचण्डको कुरा बुझ्न खोजेका थियौं, माओवादीले यसअगाडि संविधान संशोधनको कुरा गरेको र त्यहीअनुसार छलफल पनि भएको थियो। संविधान संशोधन गर्ने गरी नै प्रचण्ड प्रधानमन्त्री पनि बनेका थिए,’ महतोले भने, ‘तर अहिले चुनावको नतिजा आइसकेपछि उहाँको धारणा के रहेछ भनेर बुझ्न गएको हुँ।’

महतोका अनुसार दाहालले संविधान संशोधनका विषयमा अझै पनि आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए। लोकतान्त्रिक गठबन्धनले एमालेसँगको सहकार्य तोडेमा कांग्रेस, माओवादी, संघीय समाजवादी र राजपा सम्मिलित गठबन्धन सरकारको प्रधानमन्त्री बन्न पाउने प्रस्ताव दाहालसामु यसअघि नै राखेको थियो। 

त्यस्तो प्रस्ताव दाहाललाई स्वयं कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पुस १ गतेको भेटमै गरेका थिए। त्यसको खुलासा दाहालले पार्टी बैठकमा गरेका थिए।

कांग्रेस ६३, माओवादी ५३, संघीय समाजवादी १७ र राजपा १६ गरी प्रतिनिधिसभामा कुल १४९ सिट पुग्ने र त्यस्तो सरकारको सम्भावना रहेको जिकिर गर्दै दाहाललाई कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेको हो। संसद्मा बहुमत प्राप्त गर्न कुल १३८ सिट भए पुग्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली