यस्तो छ मलेसिया हुँदै अमेरिकासम्म मानव तस्करको जालो

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
4 Min Read

पुस २०, काठमाडौं । नेपालबाट विभिन्न देशहुँदै अमेरिकासम्म मानव तस्करको जालो रहेको पाइएको छ ।

उनीहरूले मलेसिया, सिंगापुर, बैंकक, नाइजेरिया हुँदै मेक्सिकोसम्मको रुट प्रयोग गर्ने गरेका छन्। लाखौँ रुपैयाँ खर्चेर अमेरिका हिँडेका तीन युवायुवती विभिन्न मुलुकमा अलपत्र परेर नेपाल फर्किएपछि यो तथ्य बाहिर आएको हो।

यो खबर टेकराज थामीले आजको नयाँ पत्रिकामा लेखेका छन्। ताप्लेजुङ लेलेप–९ की हिमा शेर्पा, दाङका चन्द्र शाही ठकुरी र दोलखा सुस्पा क्षमावती–१ की छिरिङ डोमा शेर्पा तस्करहरुबाट ठगिएर हालै स्वदेश फर्किएका छन्।

उनीहरू दुई वर्षअघि मलेसियाबाट सिंगापुर हुँदै अमेरिका गएका थिए। उनीहरूसँगै अमेरिका हिँडेका ताप्लेजुङ पापुङ–२ का चुङ्दाक शेर्पा भने फ्रान्समा अलपत्र छन्।

ताप्लेजुङकी शेर्पाका अनुसार बाग्लुङ रिधा–८ का सागर श्रीष मगरले आकर्षक रोजगार लगाइदिने प्रलोभन दिएपछि उनीहरू अमेरिका हिँडेका थिए। यसका लागि हिमाले सागरलाई २० लाख दिइसकेकी छिन्। त्यस्तै, अन्य पीडित चन्द्र शाही ठकुरी र चुङ्दाक शेर्पाले पाँच–पाँच लाख र छिरिङ डोमा शेर्पाले १५ लाख बुझाइसकेका छन्।

हिमाका अनुसार पहिलो चरणमा सागरले उनीहरूलाई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मलेसिया लगेका थिए। केही दिनको मलेसिया बसाइपछि सिंगापुरमा १७ दिन राखियो र बैंकक लगियो।

बैंककमा उनीहरूलाई दुई महिना राखियो। उनीहरूमध्ये चुङ्दाकलाई भने नाइजेरिया हुँदै मेक्सिको लगियो। हिमा, चन्द्र र छिरिङलाई भने भारतको नयाँदिल्ली ल्याइयो।

दिल्लीमा करिब नौ महिना बसेपछि उनीहरू अहिले नेपाल फर्किएका छन्। उनीहरूसँगै गएका चुङ्दाकलाई भने मेक्सिको अध्यागमनले फ्रान्स आउने जहाजमा फिर्ता पठाएको छ।

अमेरिका प्रवेश गराएपछि प्रत्येकसँग ३२ लाख रुपैयाँ असुल्ने सागरको योजना रहेको हिमा शेर्पाले बताइन्। सोही कारण उनले सुरुमै प्रत्येकसँग पाँचदेखि २० लाखसम्म रकम लिएका थिए।

साथै, उनले पासपोर्ट र नागरिकता पनि लिए। तर, अमेरिका नपुर्‍याई सबैलाई बीचबाटोमै अलपत्र छाडेर सागर बेपत्ता भएका छन्। ‘हामीलाई ३२ लाखमा अमेरिका लैजान्छु भनेर विभिन्न प्रलोभन देखायो।

हामी बहकियौँ र उसैको पछि लाग्यौँ। उसले मलेसिया, बैंकक, सिंगापुर, नाइजेरिया, मेक्सिको हुँदै अमेरिका प्रवेश गराउँछु भनेका थियो,’ हिमाले भनिन्, ‘हामीलाई सिंगापुरसम्म त लग्यो, त्यसपछि दुई वर्षसम्म विभिन्न मुलुकमा अलपत्र बनाएर राख्यो। उसलाई भेट्न धेरै कोसिस ग¥यौँ, तर ऊ सम्पर्कमा आएको छैन।’

हिमा शेर्पाको बयान

मेरो घर ताप्लेजुङ लेलेप–९ हो। मैले १० कक्षासम्म पढेकी छु। गाउँमा रोजगार छैन। विदेश जाने मनस्थिति बन्यो। यही क्रममा बाग्लुङ रिधा–८ का सागर श्रीष मागरसँग भेट भयो। उसले ३२ लाख रुपैयाँमा अमेरिका लगिदिन्छु भन्यो। विभिन्न प्रलोभन दियो। म प्रभावित भएँ। अन्ततः अमेरिका जाने मनस्थितिमा पुगेँ।

त्यसवेला उसले मलेसियाबाट सिंगापुर हुँदै अमेरिका जाने भनेको थियो। पैसा जम्मा गरेर काठमाडौं आएँ। मसँगै लैजान उसले अरू तीनजनालाई पनि तयार गरेको रहेछ। करिब दुई वर्षअघि हामी मलेसिया उड्यौँ। केही दिन हामी त्यहीँ बस्यौँ।

त्यसपछि हामी सिंगापुर जानुपर्ने भयो। त्यहाँ हामीलाई १७ दिन राख्यो। त्यसपछि बैंकक जानुपर्छ भन्यो। हामीले त्यसै गर्‍यौँ। बैंककमा हामीलाई दुई महिना राख्यो। त्यसवेलासम्म मैले पटक–पटक गरी १८ लाख दिइसकेकी थिएँ। पासपोर्ट पनि उसैसँग थियो। मसँगैका साथीहरूले पनि रकम बुझाइसकेका थिए।

चारमध्ये म र दोलखाकी छिरिङ डोमालाई अब भारतको दिल्ली जानुपर्छ भन्यो। हामीले त्यहीवेला नै नेपाल पर्कन चाहेका थियौँ। तर, रकम र पासपोर्ट उसले लिइसकेको थियो। उसले भनेअनुसार मान्नुको हामीसँग विकल्प थिएन।

हामी दिल्ली आयौँ। दिल्लीमा नौ महिनाभन्दा धेरै दिन बितायौँ। होटेलमा आफ्नै खर्चले खायौँ। खर्च सकिएपछि हामी नेपाल फर्कियौँ। अहिले उसलाई सम्पर्क गर्न खोजिरहेका छौँ, तर ऊ सम्पर्कविहीन छ।

सागरले २५ भन्दा धेरै युवायुवतीलाई नाइजेरिया लगेर अलपत्र छाडेको हिमाले बताइन्। उनले केही युवा मेक्सिको लगेर छाडेको हिमाको भनाइ छ। ‘सागरले नाइजेरियामा २५ भन्दा धेरै युवायुवतीलाई अलपत्र बनाएको छ।

नाइजेरियामा जेसन श्रीष मगर भन्ने यसको आफ्नै दाइ छ। पीडितहरू सबैको पासपोर्ट उसैसँग छ। पासपोर्ट नभएर धेरैजना नेपाल फर्किन सकेका छैनन्। उसको विरुद्ध कसैले बोले बोको हराममार्फत ठीक पारिदिने धम्की दिने गरेको छ,’ उनले भनिन्।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply