२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१५ माघमै यसरी हुन सक्छ राष्ट्रिय सभाको निर्वाचन

२०७४, २१ पुष शुक्रबार ०२:०१

पुस २१, काठमाडौँ | प्रदेश सभाको समानुपातिक उम्मेदवार छनोटसम्बन्धी अन्तिम विवरण दलहरूले बिहीबार (२० पुस) निर्वाचन आयोगमा पेस गरिसकेका छन् । आयोगले बढीमा तीन दिनभित्र अर्थात् २३ पुसभित्र निर्वाचनको अन्तिम परिणाम घोषणा गर्न सक्छ। 

२४ पुसभित्र प्रदेश प्रमुख नियुक्ति

सरकारले चाहेमा तत्काल प्रदेश प्रमुख नियुक्त गर्न सक्छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार प्रमुख दलहरूसँग यसबारे छलफल पनि गरिसकेका छन्। सोमबार मन्त्रिपरिषद् बैठक बस्ने तयारी छ। चाँडो निर्वाचन गराउने उद्देश्य भए त्यही दिन प्रदेश प्रमुखको नियुक्ति गर्न सक्छ।

२५ पुसभित्र निर्वाचनको मिति घोषणा

निर्वाचन आयोगको परामर्शमा सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने व्यवस्था छ। आयोगले मिति घोषणा भएको बढीमा २५ दिनभित्र निर्वाचन गर्न सकिने बताउँदै आएको छ। जबकि, त्योभन्दा चाँडै निर्वाचन गर्न सकिन्छ। आयोगले २५ माघका लागि मिति तोक्न सरकारलाई सुझाएको छ। सरकारले अहिलेसम्म मिति तोकेको छैन। सरकार र आयोगले चाहेमा १५ माघभित्रै राष्ट्रिय सभा निर्वाचन सम्पन्न गर्न सकिने देखिन्छ।

पुस मसान्तभित्र प्रदेश प्रमुखलाई प्रतिवेदन

आयोगले प्रदेश सभाको निर्वाचन परिणाम घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुखसमक्ष प्रतिवेदन बुझाउने संवैधानिक व्यवस्था छ। सरकारले सोमबारभित्र प्रदेश प्रमुख नियुक्त गरेमा पुस मसान्तभित्रै आयोगले प्रदेश प्रमुखसमक्ष निर्वाचन प्रतिवेदन बुझाउन सक्छ। सरकारलाई सातै प्रदेशका प्रमुख नियुक्त गर्न अप्ठ्यारो भएमा एक प्रदेशको नियुक्त गरेर सातै प्रदेशको जिम्मेवारी दिन सकिने व्यवस्था पनि संविधानमै छ। जुन काम सरकारले चाहेमा तत्काल गर्न सक्छ।

पुस मसान्तभित्र दल दर्ता

आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न पुस मसान्तसम्मको समय दिइसकेको छ। जबकि यो काम पनि बढीमा सात दिनभित्रै सकिन्थ्यो। आयोगकै तालिकाअनुसार पुस मसान्तभित्र दल दर्ता हुनेछन्।

२ माघभित्र प्रदेश सदस्यको शपथ

प्रदेश सभाका ज्येष्ठ सदस्यले प्रदेश प्रमुखसमक्ष र अन्य सदस्यले ज्येष्ठ सदस्यसमक्ष शपथ लिने व्यवस्था छ। यो काम २ माघभित्रै सकिन्छ।

माघ पहिलो साताभित्र निर्वाचन अधिकृत नियुक्त

मिति तोकिएपछि आयोगले न्याय परिषद्को परामर्शमा निर्वाचन अधिकृतको नियुक्ति गर्छ। यो काम बढीमा दुई दिनभित्र सकिन्छ। अति ढिलो गरे माघ पहिलो साताभित्र निर्वाचन अधिकृत तोक्न सकिन्छ।

९ माघभित्र मतदाता नामावली तयार

आयोगले मतदाता नामावली तयार गर्नुपर्ने हुन्छ। राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख मतदाता हुन्छन्। जुन संख्या र नामावली प्रस्टै हुन्छ। आयोगले धेरै ढिलो गरे पनि दुई दिनभित्र यो काम सम्पन्न गर्न सक्छ।

१२ माघभित्र मनोनयन र अन्तिम नामावली प्रकाशन

निर्वाचनका लागि त्यसपछिको काम मनोनयन दर्ताको हो। यो काम पनि बढीमा दुई दिनमै सम्पन्न गर्न सकिन्छ। उम्मेदवारीमाथि दाबीविरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको काम १२ माघभित्र सकिन्छ।

१५ माघमा निर्वाचन

आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेपछि तीन दिन प्रचार–प्रसारको समय छुट्याउँदा पनि १५ माघमा निर्वाचन सम्पन्न गर्न सकिन्छ। हरेक प्रदेशमा छुट्टाछुट्टै मतदान केन्द्र हुने भएकाले मतगणना पनि एक दिनमै सकिन्छ। अर्थात्, मतदान भएको भोलिपल्ट निर्वाचन परिणाम आउनेछ। – यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली