२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पटकपटक धम्की खेप्दै आएका वसन्तमाथि यसरी भयो गोली प्रहार

२०७४, २२ पुष शनिबार ०२:५६

पुस २१, बुटवल । रुपन्देहीमा फेरि एमाले कार्यकर्ताको गोली हानी हत्या भएको छ । 

देवदह नगरपालिका–२ का फर्निचर व्यवसायी वसन्त पौडेल (बलु) को शुक्रबार हत्या भएको हो । मोटरसाइकलमा आएका दुईजनाले उनलाई गोली हानेका हुन् । छातीमा गोली लागेका पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इप्रका बुटवलका डिएसपी पवन भट्टराईले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

जिम्मा मनोज पुनले लिए

हत्याको जिम्मा मनोज पुनले लिएका छन् । यसअघि युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा पनि उनकै संलग्नता थियो । 

आफू मलेसियाबाट बोलेको भन्दै उनले वसन्तको हत्या ‘आफ्ना केटाहरूले’ गरेको बताएका छन् । केही सञ्चारकर्मीलाई फोन गरेर उनले आफूसँगको रिसइवीका कारण हत्या गरेको बताएका छन् ।


को हुन् वसन्त ?

पौडेल स्थानीय एमाले नेता नीलकण्ठ पौडेलका एक मात्र छोरा हुन् । साबिकको केरवानी गाविसका पूर्वअध्यक्ष नीलकण्ठ देवदह क्षेत्रका समाजसेवी हुन् । विगतमा युवासंघको क्षेत्रीय कोषाध्यक्ष भएर काम गरेका वसन्तले पछि पार्टी सदस्यता लिएका थिए । 

युवासंघका तत्कालीन अध्यक्ष दुर्गा तिवारीसँगै युवासंघको राजनीतिमा सक्रिय वसन्तले उज्ज्वल सःमिल चलाउँदै आएका थिए ।

पटकपटक धम्की खेप्दै आएका थिए वसन्तले

स्थानीय एमाले नेताहरूका अनुसार वसन्तलाई मनोज पुनको नाममा पटकपटक धम्की आउने गरेको थियो । दुर्गा तिवारीको हत्यालगत्तै अब तेरो पालो हो भन्ने धम्की वसन्तले पाएका थिए । 

पटकपटक धम्की आएको कुरा प्रहरी प्रशासनलाई पनि थाहा रहेको स्थानीयको भनाइ छ । पटकपटक धम्की खेप्दै आएका वसन्तले पछिल्लोपटक मोबाइल नम्बर नै परिवर्तन गरेका थिए ।

को हुन् मनोज ?

युवासंघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारी र वसन्त पौडेलकोे हत्यामा संलग्न भनिएका मनोज पुन विगतमा युवासंघकै कार्यकर्ता थिए । रूपन्देहीको देवदह नगरपालिका–६ का मनोज पुन भन्ने मनोज बुढामगरको समूहले पछिल्ला वर्षमा चन्दाआतंक मच्चाउँदै आएको छ । 

मनोज संगठित अपराध, हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेको प्रहरीको भनाइ छ । ४ पुस ०७३ मा युवासंघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा मनोज पुनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

युवासंघद्वारा अनिश्चितकालीन बन्दको घोषणा

पौडेल हत्याको विरोधमा युवासंघ नेपालले शनिबार बिहान ७ बजेदेखि अनिश्चितकालीन रूपन्देही बन्दको घोषणा गरेको छ । 

संघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुजु मल्ल र जिल्ला अध्यक्ष नकुल शाहीले शुक्रबार विज्ञप्ति जारी गर्दैे पौडेलको हत्या अत्यन्तै दुःखद र निन्दनीय भएको भन्दै अनिश्चितकालीन जिल्ला बन्द गर्न बाध्य भएको उल्लेख गरेका छन् । 

‘युवासंघका जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या भएको ठीक एक वर्षपछि फेरि यस्तो घटना घट्नु प्रहरी प्रशासनको कमी–कमजोरी हो, जबसम्म यो घटनामा संलग्न हत्यारा पक्राउ गरिँदैन, तबसम्म हाम्रो आन्दोलन रोकिने छैन,’ विज्ञप्तिमा भनिएको छ ।

यसरी भयो गोली प्रहार

शुक्रबार बिहान करिब ११ बजे वसन्त र उनकी पत्नी ढेकारस्थित सःमिलको कम्पाउन्डभित्र आगो तापेर बसेका थिए । त्यही वेला मोटरसाइकलमा दुईजना आए । 

इप्रका बुटवलका डिएसपी पवन भट्टराईका अनुसार सुरुमा उनीहरूले आफूलाई काठ चाहिएको बताएका थिए । लगत्तै एकजनाले पौडेलमाथि गोली प्रहार गरे । छातीमा गोली लागेका उनी त्यहीँ ढले । 

गोली हानेपछि उनीहरू मोटरसाइकलमै फरार भएका छन् । पौडेललाई तत्काल उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल लगिएको थियो । त्यहीँ उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली