2026-11-05 07:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण लम्बिने भयो वाम एकता प्रक्रिया

पुस २३, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिँदा एमाले-माओवादी एकता प्रक्रिया पनि लम्बिने भएको छ । 

नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालाई सँगसँगै अगाडि बढाउन चाहेका दुई पार्टी एकताका विषयमा समय लिएरै छलफल गर्ने निष्कर्षमा पुगेका छन्। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच एजेन्डा निर्धारणका लागि पहिले छलफल हुने र लगत्तै पार्टी एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि दुई नेताबीचमै भेट भएको छैन। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

एक साताको बीचमा ओली-दाहालबीच एजेन्डा निर्धारणका लागि भेट हुने भने पनि कहिले ओलीको अस्वस्थता त कहिले दाहालको चितवन बसाइका कारण सम्भव हुन सकिरहेको छैन। 

शनिबार दाहाल चितवनबाट काठमाडौं फर्केर सकभर त्यही दिन, नभए आइतबार दुई अध्यक्षको बीचमा छलफल भएपश्चात एकता संयोजन समितिको बैठक बसेर प्रक्रियाअगाडि बढाउने भनिए पनि बैठक बस्नै सकेन। दाहाल शनिबार मौसमको प्रतिकूल अवस्थालाई कारण देखाउँदै काठमाडौं फर्केनन्।

एमाले अध्यक्ष ओली पनि पुस २६ गते उपचारका लागि एक साता लामो बैंकक भ्रमणमा निस्कने तयारीमा छन्। त्यसअगाडि नै दाहाल र ओलीबीच एकता संयोजन समिति बैठकको एजेन्डा निर्धारणका लागि कुरा भए पनि समितिले प्रक्रियालाई तीव्र नपार्ने माओवादीका एक नेताले बताए।

उनका अनुसार सत्तापक्षले नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिएपछि एमाले-माओवादी एकता प्रक्रियाको छलफल पनि लम्बिएको हो। ‘हतारिएर छलफलमा बस्नुपर्ने अवस्था नै छैन, सत्तापक्षले नै नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिएपछि ढुक्कैले विस्तारै छलफल गर्दै अगाडि बढ्न समय मिलेको छ,’ ती नेताले भने।

एकता हुन नदिन शक्तिकेन्द्रहरूको चलखेल बढेकाले एकता प्रक्रिया सुषुप्त रूपमा अगाडि बढाइने उनले बताए। ‘राष्ट्रियसभा निर्वाचनका लागि सत्तापक्षले झन्डै दुई महिनाको समय बाँकी राखेर मिति घोषणा गर्‍यो। यस हिसाबले पनि एकता प्रक्रिया धिमा गतिमा अगाडि बढेको हो,’ उनले भने, ‘यो कुनै खटपट, आशंकाका कारण लम्बिरहेको भने होइन।’

एकताका लागि पार्टीको मूल नेतृत्व, संगठनात्मक संरचना र वैचारिक- राजनीतिक पक्षका विषयमा टुंगो लगाउनुपर्ने छ। प्रधानमन्त्री र पार्टी अध्यक्ष अलग-अलग व्यक्तिले नेतृत्व लिने कि ओलीलाई प्रधानमन्त्री दिएर ओली-दाहाल दुवैलाई पार्टी नेतृत्वको पनि कार्यकारी भूमिका दिएर जाने भन्ने विकल्पमा छलफल भइरहेको छ। तर, यो विषयमा नेताहरूले मिलन बिन्दु निकालिसकेका छैनन्।

पार्टी एकतापछिको संगठनात्मक संरचना कस्तो बन्ने, कुन आकारको संगठन बनाउने भन्ने विषयमा पनि नेताहरूले छलफल टुंगोमा पुर्‍याउन सकिरहेका छैनन्। त्यस्तै, वैचारिक-राजनीतिक विषयमा लोकतान्त्रिक तरिकाले समाजवाद ल्याउने साझा बिन्दु पहिचान गरे पनि जनताको बहुदलीय जनवाद, माओवाद या अर्को कुनै नाम दिने भन्ने विषयमा पनि मिलन बिन्दु पहिल्याउन सकेका छैनन्।

तर, अहिले वैचारिक राजनीतिक लाइनका विषयमा भने छलफल भइरहेको माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए। उनले नेतृत्व निर्माण र संगठनात्मक संरचना के-कस्तो बनाउने भन्नेमा नेताबीच छलफल चलिरहे पनि दुई पार्टी अध्यक्षको छलफलपछि एकता संयोजन समितिको बैठक बसेर गृहकार्य अगाडि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट